भदौमा फर्निसिङ एक्स्पो

बुधबार, ०२ साउन २०७५, ०४ : ५९ शुक्रवार
भदौमा फर्निसिङ एक्स्पो

आगामी भदौ १४ देखि काठमाडौंको भृकुटीमण्डपमा ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ फर्नेक्स आयोजना हुने भएको छ । नेपाल फर्निचर्स तथा फर्निसिङ संघले कार्यक्रमको आयोजना गर्न लागेको हो ।

एक्स्पोको छैटौं संस्करण फर्नेक्स २०१८ लाई होम डेकोर विशेष बनाइने संघले जनाएको छ । बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ । एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्दैछ । 

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायतका सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले बताएको छ । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष राजेश अग्रवालले बताए । उनले नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्दै उनले नेपाल फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर हुने बाटो अघि बढेको बताए । बर्सेनि आयोजना हुँदै आएको एक्स्पोको छैटौं संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने फर्नेक्स–२०१८ का संयोजक शुभेन्द्र जोशीको भनाइ छ ।
 

Leave A Comment