बुढेसकालको सेक्स

शुक्रबार, ०४ साउन २०७५, ०८ : ५० शुक्रवार
बुढेसकालको सेक्स

उमेर जति ढल्किँदै जान्छ, त्यति नै मानिस यौन सम्बन्धका बारेमा खुला हुँदै जान्छ । साथै, व्यवहारमा पनि छिटो परिवर्तन हुन थाल्छ । लामो अनुभव तथा यौन स्वादका बारेमा  पोख्त हुने हुनाले पनि ४० वर्ष पछिका महिला–पुरुषलाई यौन सम्बन्ध नौलो हुँदैन । तिनले जीवनमा लिनुपर्ने धेरै अनुभव लिइसकेका हुन्छन् । त्यसैले बुढेसकालको यौनसम्बन्ध तनावरहित हुन्छ ।

तरुण—तन्नेरीमा जस्तो बुढेसकालको यौन सम्बन्धमा लामो समय कुराकानी तथा गफ हुँदैन । मन मिलेको खण्डमा तुरुन्तै यौन सम्बन्धका लागि तयार हुन्छन् ।  तर त्यसका लागि समय, स्थान र यौन जोडी बीचको मन भने मिल्नुपर्छ । 

बुढेसकालमा सँगै बसेर, शरीरका अंग छोएर, अंगालो हालेर, चुम्बन गरेर पनि यौन आनन्द लिन सकिन्छ । शारीरिक रुपमा यौन सम्पर्क गरेर मात्रै यौनानन्द लिन सकिन्छ भन्ने हुँदैन । कोही महिला—पुरुष सँगै बसेर कुरा गरेर पनि यौनानन्द लिन सक्छन् । सँगै बसेर हेराहेर गरेर पनि बुढेसकालमा यौनान्द लिन सकिन्छ । 

बुढेसकालमा यौन सम्बन्ध राख्दा गर्भ रहने सम्भावना पनि कम हुन्छ । त्यसैले बुढेसकालमा यौन सम्पर्क हुँदैन भन्ने हैन, यौन सम्पर्क राख्दा पनि गर्भ नरहने भएकाले बुढेसकालमा यौन सम्बन्ध प्रायः डर तथा चिन्तारहित हुन्छ । यौनानन्द तथा यौन सुख पनि हुन्छ । 

महिलाको हकमा महिनावारी रोकिँदैमा यौन चाहनामा कमी हुँदैन । यौन चाहना मर्दैन । बरु अनुभवका कारणले बढी यौनानन्द लिन सकिन्छ । बुढेसकालमा  बूढा—बूढीबीच यौन सम्बन्ध तथा प्रेम चलिरहेको छ भने त्यहाँ बुढ्यौलीपनको कल्पना हुँदैन । बुढेसकालको कल्पना नगरेकै राम्रो पनि हो । 

तरुण–तन्नेरीको कल्पना हुन्छ । तरुण–तन्नेरीकै कल्पनामा सहवाससमेत हुन्छ । महिलाले पनि म संसारकै सबैभन्दा सुन्दर पुरुषसँग प्रेम गरिरहेकी छु भन्ने कल्पना गर्छन् भने पुरुषले पनि म संसारकै सबभन्दा सुन्दरीसँग प्रेम गरिरहेको छु भन्ने कल्पना गर्छन् । गर्नुपर्छ । 

बुढेसकालमा पनि यौन जोडीबीच मानसिक रुपमा यौन सम्पर्कका लागि तयार नभैकन यौन प्यास मेटाउन यौनाङ्ग तयार हुँदैनन् । मानसिक रुपमा यौन सम्पर्कका लागि तयार भएपछि मात्रै शारीरिक रुपमा पनि यौन सम्पर्कका लागि यौनाङ्ग तयार हुन्छ । 

बुढेसकालको प्रेम मनोविज्ञानमा खेल्ने किसिमको प्रेम हुुन्छ । दिमागमा संवेदिक र चालक्षेत्र हुन्छन्, जसमध्ये बूढीऔँला, जिब्रो, र यौनाङ्गले बढी क्षेत्र ओगटेको हुन्छ । त्यसैले यी तीन वटा भाग बढी सक्रिय र संवेदिक पनि हुन्छन् । त्यसैले बुढेसकालमा होस वा तन्नेरी अवस्थामा जसको बूढी औँला धेरै चल्छ, जसको जिब्रो धेरै चल्छ, त्यस्ता मानिस बढी सेक्सीसमेत हुन सक्छन् । 

महिलाभन्दा पुरुषमा  सुँघ्ने क्षमता बढी हुन्छ । पुरुषले सुँघ्ने र स्वाद थाहा पाउने क्षमतामा महिलासँग प्रतिस्पर्धा गर्न सक्दैनन् । त्यसैले परस्त्रीसँग सहबास गरेर घरमा आएको पुरुषलाई घरकी श्रीमतीले थाहा पाउन सक्छिन् । त्यसैले कतिपय चलाख पुरुषले घरमा आउनेबित्तिकै लुगा पानीमा भिजाउने गर्छन् वा नुहाउँछन् । यद्यपि बुढेसकालमा सुँघ्ने क्षमता कम हँुदै जान्छ । सुँघ्ने क्षमता कम हुँदै जानुलाई एट्रोफी भनिन्छ । 

यौन संवेदनशील विषयवस्तु हो । बिना समझदारी यौन सम्बन्ध हुँदैन । असमझदारीमा भएको यौन सम्बन्धलाई नेपालको कानुनले पनि वर्जित गरेको छ । बुढेसकालमा पनि समझदारीमा गरेको प्रेम तथा यौन सम्र्कमा यौनानन्द लिन सकिन्छ । भावना साटासाट गरेर पनि यौनानन्द लिन सकिन्छ । 
प्रस्तुतिः उपेन्द्र खड्का


सूचना : याैन सम्बन्धी कुनै समस्या या जिज्ञासा भए हामीलाइ infoshukrabar@gmail.com मा पठाउनुहाेला । विज्ञ मार्फत समाधानकाे प्रयास हुनेछ ।

 

Leave A Comment