ग्लोबल फुटसल हुँदै

आइतबार, ०६ साउन २०७५, ०६ : ५१ शुक्रवार
ग्लोबल फुटसल हुँदै

ग्लोबल रिच नेपालको आयोजनामा साउन १२ बाट इन्टर स्कुल ए–लेभल फुटसल टुर्नामेन्ट हुने भएको छ । उक्त फुटसल प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा ए–लेभल स्कुल सहभागी हुनेछन् । एकदिने उक्त प्रतियोगिता ढुकु फुटसल हव, बालुवाटारमा हुँदैछ । खेलकुद प्रतियोगिताले विद्यार्थीहरुलाई आफ्नो कौशलता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने र स्वास्थ्य र मनोबलमा प्रभाव पार्ने भएकाले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ ।  

प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइनेछ । प्रतियोगीमा प्रथम हुनेले ट्रफी र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुनेले रनरअफ ट्रफी र प्रमाणपत्र पाउनेछन् । यो ग्लोबल रिच नेपालले आयोजना गरेको तेस्रो संस्करण हो ।


 

Leave A Comment