यौनाङ्ग किन देखाउँछन् ?

शुक्रबार, ११ साउन २०७५, ०६ : १६ शुक्रवार
यौनाङ्ग किन देखाउँछन् ?

यौन अंग विपरीत लिङ्गीहरुलाई देखाउने कस्तो समस्या हो ? यस प्रकारको समस्या के कारणले हुने गर्दछ । समाधानका उपायहरु के के हुन सक्छन् ?

बि गुरुङ
यौनाङ्गको प्रदर्शनले व्यक्तिलाई यौन आकर्षणको संकेत सञ्चार गर्छ । कसैले यौनाङ्ग प्रदर्शन गर्दछ भने उसले यौन इच्छा मेटाउनका लागि स्वागत गरेको पनि हुन सक्छ । यौनाङ्ग देखाएर आफैँ पनि यौन आनन्दानुभूतिसमेत लिन सक्छ । 

यौनाङ्ग प्रदर्शन गर्नु यौन सञ्चारको माध्यम पनि हो । स्तन वा यौनाङ्ग देखाएर हेर्ने र देखाउने (हेराउने) दुवैले यौनको सञ्चार गर्न सक्छन् । यौनाङ्ग प्रदर्शन गर्नु यौन इच्छाको संकेतसमेत हो । आफ्नो यौन चाहना बुझाउनका लगि पनि यौनाङ्ग प्रदर्शन गरेका हुन्छन् । 

अंग प्रदर्शन गरेर यौन आनन्द लिने—दिने भन्दा पनि अरूलाई अकर्षण गरी यौन अनुभूति लिनेदिने दुवै कार्य हो । यो महिला–पुरुष दुवैमा हुन्छ । 

पुरुषले पनि महिलालाई यौनाङ्ग देखाएर आकर्षित गर्छन् भने महिलाले पनि पुरुषलाई यौनाङ्ग देखाएर आकर्षित गर्छन् । हाम्रो जस्तो बन्द समाजमा महिलाभन्दा पुरुषहरु बढी योनाङ्गको विज्ञापन गर्छन् । 
कतिपय पुरुषहरु छाति खुला राखेर छातिका राैं समेत देखाएका हुन्छन् । महिलालाई लोभ्याउन पनि त्यसरी पुरुष छाति देखाउँछन् । 

महिलाले पुरुषको र पुरुषले महिलाको यौनाङ्ग देखाउनु तथा हेर्नु अनुचित हैन । यौनाङ्ग देखाउनु तथा हेर्नु कति उचित हो भन्ने कुरा व्यक्तिगत इच्छा—आकांक्षामा भर पर्छ । 

कतिपय महिलाले यौनाङ्ग देखिने गरी लुगा लगाएका हुन्छन् । महिलाले यौनाङ्ग देखाएर यौना अनन्द लिन सक्छन् । कतिपय मानिसको यौनाङ्ग प्रदर्शन गर्ने बानी नै हुन्छ । बाटोमा हिँड्दा, सवारी साधनमा हिँड्दा महिलाले स्तन लगायत शरीरका अंगप्रत्यङ्ग देखाउनु पुरुषलाई आकर्षित गर्नु पनि हो । 

महिलाको हकमा स्तन सौन्दर्य समेत हो । बच्चालाई स्तनपान गराउन मात्रै हैन सौन्दर्यताको हिसाबले समेत महत्वपूर्ण छ । यौन दृष्टिकोणले पनि महत्वपूर्ण छ । महिलाको स्तन हेरेर पुरुष पनि आकर्षित हुन्छन् । लोभिन्छन् । महिलाले विशेष प्रकृतिको ब्रा लगाएर, सर्जरी गर्ने लगायत गरेर पनि स्तन ठूलो देखाएका हुन्छन् । 

यौन असन्तुष्टिले ल्याउने विचलनले समेत केहीले सार्वजनिक स्थानमा यौनाङ्ग देखाउने गर्छन् । यौनप्रतिको कुण्ठाले समेत यस्तो समस्या ल्याउँछ । 

यो महिला र पुरुष दुवैमा देखिन्छन् । यौन इच्छा गुम्साएर राख्नु, उमेर पुगे पनि यौन आनन्द लिने अवसर नपाउनुजस्ता अवस्थाले समेत कसै–कसैमा यस्तो बानीको विकास गरेको देखिन्छ ।

जहाँ पायो त्यहीँ यौनाङ्ग देखाउने कसैको बानी छ भने उसलाई चिकित्सककोमा परामर्शका लागि लैजानुपर्छ । यौन कुण्ठाले उसमा मानसिक समस्या ल्याएको हुनसक्छ । 

सूचना ः याैन सम्बन्धी कुनै जिज्ञासा वा समस्या भए infoshukrabar@gmail.com मा पठाउन सक्नुहुन्छ । हामी तपाइकाे जिज्ञासा विज्ञ चिकित्सक समक्ष पूर्याएर समाधानकाे उपाय खाेज्ने छाैं ।

Leave A Comment