अस्ट्रेलिया जाने विद्यार्थीलाई एजुकेसन फेयर

आइतबार, २० साउन २०७५, ०४ : ४२ शुक्रवार
अस्ट्रेलिया जाने विद्यार्थीलाई एजुकेसन फेयर


नारायण बजाज
अपरेस हेड– ग्लोबल रिच कन्सल्टेन्सी 

अस्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीका लागि आगामी अगष्ट ४ मा एजुकेसन फेयर आयोजना गरेका छौं । यो सम्भवतः नेपालमा हुने सबैभन्दा ठूलो ग्लोबल रिच एजुकेसन फेयर हो । यसमा अस्ट्रेलियाका विभिन्न ३५ वटा कलेज तथा विश्वविद्यालयले भाग लिँदैछन् । विद्यार्थीका लागि फरदर फ्युचर करिअर काउन्सिलिङ वर्कसप पनि आयोजना गरेका छौं । यो विद्यार्थीका लागि ठूलो अवसर हो । नेपालका लागि अस्ट्रेलियाका राजदूतको पनि उपस्थिति रहनेछ । अस्ट्रेलियामा कस्तो अवसर, कलेज, फी, छात्रवृत्तिको बारेमा विद्यार्थी र अभिभावकले सम्बन्धित कलेज र विश्वविद्यालयका प्रतिनिधिसँग छलफल गर्न पाउँछन् ।

ग्लोबल रिचले विगत एक दसकदेखि नेपालका विद्यार्थीलाई विदेशमा अध्ययन गर्न जान सहजीकरण गर्दै आएको छ । उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्शसहित विभिन्न मुलुकका विश्वविद्यालयसँग सम्बन्धन गरी विद्यार्थीको रुचि र छनोटअनुसार भर्ना र भिसा प्रक्रियामा सहयोग गर्दै आएको हो । मुख्य गरी अस्ट्रेलिया हो । त्यहाँका प्रायः सबै विश्वविद्यालयसँग समन्वय गरेर काम गरिरहेका छौं ।

त्यसपछि न्युजिल्यान्ड, युके, युएसका लागि पनि काम गरिरहेका छौं । अहिले नेपाली विद्यार्थीको रोजाइ पढाइ सकिएपछि जागिर र आवासीय भिसा पाउने देश हो । त्यस हिसाबले अहिले अस्ट्रेलिया नम्बर १ मा छ । अस्ट्रेलियामा पढाइ सकिएपछि ओर्क परमिट दिने भएकाले पनि आकर्षण बढेको हो । त्यहाँ विज्ञान, इन्जिनियरिङलगायतमा विद्यार्थीलाई राम्रो अवसर छ । विद्यार्थीको रुचिअनुसार अन्य देश छनोट गर्न सक्छन् । हामीले विद्यार्थीलाई निःशुल्क सेवा दिएका छौं । विद्यार्थीलाई चार्ज गर्नु नपरोस् भन्ने नै हाम्रो प्रमुख ध्येय हो । विद्यार्थीसँग मुनाफा लिने उद्देश्यले होइन सम्बन्धित विश्वविद्यालयबाट नै शुल्क लिन्छौं । 

हरेक व्यक्ति अवसरको खोजी गरिरहेको छ । हाम्रो मुलुकको शिक्षा, यहाँ उत्पादन भएको जनशक्तिले राम्रो अवसर नपाएपछि करिअरका लागि विदेश जाने क्रम बढेको छ । हामीले विद्यार्थीको प्रोफाइलअनुसार अवसरका सम्भावनाको बारेमा बताइदिने हो ।  आर्थिक, शैक्षिक अवस्था हेरेर हामीले सल्लाह दिन्छौं । निर्णय सम्बन्धित विद्यार्थीले नै गर्छन् ।
 

Leave A Comment