आयुष्मानलाई प्रियंकाको लभ लेटर

शुक्रबार, ०१ भदौ २०७५, ०५ : २२ शुक्रवार
आयुष्मानलाई प्रियंकाको लभ लेटर

माया,
हाम्रो जीवनमा काला बादल मडारिँदैनन् भन्दिनँ म,
अथवा, हाम्रो भविष्य ईन्द्रेणी रङका मात्र होलान् भन्दिनँ म,
हाम्रो भविष्य पर्फेक्ट होला र जीवन सहज होला भन्ने वाचा पनि गर्दिनँ,
म के वाचा गर्न सक्छु भने,
मेरो स्वःको प्रत्येक औँस, मेरो समर्पण, मेरो सम्मान र मेरो अटुट प्रेम
मेरो जीवन रहुञ्जेल तिम्रालागि रहनेछ (जस्तो तिमीले पनि भन्ने गरेका छौ)
म यत्ति वाचा गर्न सक्छु, म तिम्रालागि सधैँ यहीँ रहन्छु, 
तिमीलाई सुनिरहन्छु र तिम्रो हात सम्हालिरहनेछु
तिमीलाई महसुस भइरहनेछ मेरो मायाको, 
तिम्रा हरेक कुरा सुनिरहेको महसुस हुनेछ,
हरबखत खुसी दिने प्रयत्न गरिरहनेछु, यो पक्का छ ।
मेरो वाचा छ, म कुनै संकटका बेला तिमीलाई रेखदेख गर्नेछु,
तिमीसँगै संकट समाधानको प्रयास गर्नेछु,
बनाउने छु, तिमीसँगै खस्ने छु र उठ्ने छु तिमीसँगै
म तिमीलाई सधैँ उत्साह जगाउनेछु र तिम्रो सबैभन्दा सशक्त भरोसा हुनेछु
चाहे राम्रो बेला होस् या नराम्रो बेला ।
म तिमीलाई वचन दिन्छु, म सधैँ तिम्रो रक्षिका हुनेछु, सल्लाहकार र परामर्शदाता रहनेछु
तिम्रो हितको साथी हुनेछु, तिम्रो परिवार रहनेछु र सबैसबै म नै रहनेछु ।
यो औँठीसँगै मैले तिमीसँग यो वाचा गरेँ ।
सधैँ तिम्रो,
आयङ्का
 

Leave A Comment