ओरल सेक्सको मजा र जोखिम

बुधबार, १३ भदौ २०७५, ०५ : ४५ शुक्रवार
ओरल सेक्सको मजा र जोखिम

-गोपाल ढकाल 

मुख तथा जिब्रोले यौनाङ्ग चलाएर गरिने यौन क्रियाकलापलाई ओरल सेक्स भनिन्छ । ओरल सेक्सलाई नेपालीमा मुख मैथुन भनिन्छ । ओरल सेक्सलाई पूर्वीय समाजमा अप्राकृतिक तथा असामान्य मानिन्छ भने पश्चिमा समाजमा ओरल सेक्सलाई सामान्यरुपमा लिइन्छ । 

मोर्डन समाजमा यौनजोडी बीचको सहमतिमा भएको ओरल सेक्सलाई अप्राकृतिक तथा अस्वभाविक मानिदैन । यौन जोडीबीच शारीरिक तथा मानसिक रुपमा समस्या हुँदैन र दुवैले आनन्द लिन सक्छन् भने ओरल सेक्सलाई स्वभाविक मानिन्छ । दुईमध्ये एक जनाको मात्रै चाहनामा ओरल सेक्स गरियो भने त्यो अप्राकृतिक मानिन्छ । 

ओरल सेक्स गर्दा यौन जोडीको पनि चाहना छ वा छैन भने बुझ्नुपर्छ । यौन जोडीमध्ये एकको मात्रै चाहनामा गरियो भने जोडीलाई घिन लाग्न सक्छ । 

ओरल सेक्स व्यक्तिमा मात्रै हैन जनावरमा पनि हुन्छ । गोरुले गाईको योनि चाटेको देखिन्छ । 
वात्स्यायनले समेत ओरल सेक्सका बारेमा उल्लेख गरेको पाइन्छ । जिब्रोले यौनाङ्ग चलाउने, चुस्नेलगायत गरेर ओरल सेक्स गर्न सकिन्छ । विपरीत लिङ्गी तथा समलिङ्गी बीचमा ओरल सेक्स गरेको पाइन्छ । धेरैजसो समलिङ्गीमा ओरल सेक्स गरेको पाइन्छ । 

ओरल सेक्सले दुवैलाई आनन्द
यौनाङ्ग अत्यन्तै संवेदनशील हुन्छ । त्यसैले मुखले यौनाङ्ग चलाइँदा, जिब्रोले चलाउने तथा यौनाङ्ग चलाइमाग्ने दुवैलाई यौनान्द आउँछ । कोही केटीले जिब्राले केटाको यौनाङ्ग चलाइदियो भने दुवैलाई आनन्द आउँछ किनभने जिब्रो पनि यौनको संवेदनशील अंग हो ।

यौनको हिसाबले मुख, गुद्दद्वार र यौनाङ्ग संवेदनशील हुन्छ । त्यसैले जिब्रोले यौनाङ्ग चलाउँदा चलाउनेलाई पनि चरम यौनानन्द प्राप्त हुन्छ । 

महिलाको योनिमा सिमीको दानाजस्तो भंगाकुर हुन्छ । सो दाना लिंगले भन्दा पनि जिब्रोले सजिलोसँग चलाउन सकिन्छ । त्यो दाना पुरुषको जिब्रोले चलाउँदा महिलाले पनि यौनानन्द लिन्छन् भने पुरुषले पनि जिब्रोले यौनानन्द लिन्छन् । 

पुरुषको लिंगको टुप्पो पनि संवेदनशील हुन्छ । त्यसैले महिलाले पनि जिब्रोले पुरुषको लिंग तथा लिंगको टुप्पो चलाउँदा दुवैलाई आनन्द आउँछ । दुवै यौन जोडीलाई यौनानन्द आउने भएकाले पछिल्लो समय ओरल सेक्स गर्नेको संख्या बढेको हो । 

जोखिम पनि छ
ओरल सेक्स गर्ने केटा वा केटीको मुखमा कुनै संक्रमण तथा रोग छ भने त्यसलाई स्वभाविक मानिँदैन । ओरल सेक्स गराउने केटा वा केटीको यौनाङ्गमा पनि कुनै संक्रमण तथा रोग छ भने त्यो पनि स्वभाविक मानिँदैन ।
 संक्रमण भएको अवस्थामा ओरल सेक्स गर्दा रोग सर्ने जोखिम हुन्छ । ओरल सेक्स गर्ने यौन जोडी अनिवार्य रुपमा स्वस्थ हुनुपर्छ । 

जसरी संक्रमित जोडीसँग यौन सम्पर्क गर्दा यौन रोग सर्ने जोखिम हुन्छ, त्यसैगरी ओरल सेक्स गर्ने यौन जोडीमा पनि यौन रोग सर्ने जोखिम हुन्छ । ओरल सेक्स गर्दा यौन जोडीमा यौन रोग भए एक अर्कोमा सर्ने जोखिम हुन्छ । 

ओठमा पानी फोका आउने, एड्स, छालाका समस्या, एलर्जी, फंगस हुने लगायतको यौन रोग सर्ने जोखिम हुन्छ । ब्याटेरिया, भिरङ्गी, भाइरल फंगस, यौनाङ्गमा पीप आउने जस्ता समस्या  हुन्छ । मुसासमेत सर्न सक्छ ।  

पिसाब फेर्न गाह्रो हुने, आँखाको ज्योति गुम्ने, मुटु, मिर्गौला लगायतमा असर गर्छ । पक्षघातको जोखिम हुन्छ । क्लाइमेडिया, हर्पिस प्रो जनाइटालिस भाइरसका कारणले यौनाङ्गमा समस्या ल्याउँछ । 

शरीर स्वस्थ नभएको अवस्थामा ओरल सेक्स गरेको खण्डमा मुखबाट शरीरभरी संक्रमण छिटो फैलने भएकाले ओरल सेक्स अत्यन्तै जोखिम हो ।

गोनोरिया ओरल सेक्सबाट धेरै सर्ने रोग मानिन्छ । गोनोरियाको उपचार सम्भव छैन । गोनोरिया लाग्यो भने औषधिले पनि काम गर्दैन । यसले मानिसलाई मृत्युको मुखसम्म पु¥याउँछ । 

मुख यौन अंग हैन । यौनाङ्गलाई त्यति धेरै सफा पनि नगरिने भएकाले पनि यौनाङ्ग आफैँ पनि फोहोर हुन्छ । यौनाङ्गमा विभिन्न किसिमका ढुसी हुन्छन् । प्राकृतिक यौनाङ्गबीच यौन सम्पर्क गर्दा कण्डम पनि लाउन सकिन्छ । 

तर ओरल सेक्स(मुख मैथुन) गर्दा न जिब्रोमा कण्डम लाइन्छ न त लिंगमा नै कण्डम लगाइन्छ । गर्भ बस्ने डर नहुने भएकाले कण्डम लगायत यौन रोगबाट बच्ने साधनमा ध्यान दिइँदैन । त्यसैले पनि ओरल सेक्स गर्दा जोखिम हुने सम्भावना बढी हुन्छ । 

यौनाङ्गबाट निस्किने रस खाएर निल्दा पनि असर गर्दैन तर यौनाङ्गबाट निस्कने रसमा संक्रमण भएको अवस्थामा भने यौन रोग सर्छ । र्यालबाट सर्ने खतरा हुन्छ । निरन्तर योनिमा जिब्रोले चलाउँदैमा जिब्रोमा समस्या नहुने भए पनि रोगको जोखिम भने सधैँ हुने गर्छ । 

तर ओरल सेक्स वैकल्पिक सेक्स हो । निरन्तर ओरल सेक्स गरिरहने बानी प¥यो भने प्राकृतिक सेक्समा असर पर्ने गर्छ । प्राकृतिक सेक्समा ध्यान जाँदैन । प्राकृतिक सेक्समा ध्यान नगएपछि यौन जोडीबीच समस्या उत्पन्न हुन थाल्छ । 

धेरैजसो समलिङ्गी ओरल सेक्समै भर पर्ने भएकाले त्यस्ता यौन जोडीमा बढी यौन रोग सर्ने जोखिम देखिन्छ । 

मुखमा पनि खाना पचाउने लगायतका विभिन्न ब्याक्टेरिया हुन्छन्, यौनाङ्ग पनि धेरै सफा नहुने अंग भएकाले ओरल सेक्स गर्दा ब्याक्टेरिया सर्ने जोखिम अत्यन्तै जोखिम हुन्छ । 

मुुख मैथुन गर्दा यौनाङ्गको बाहिरी फोहोरले समेत असर गर्ने भएकाले ओरल सेक्स गर्नै परे राम्रोसँग यौनाङ्ग सफा गर्नुपर्छ । ओरल सेक्स गरिसकेपछि पनि राम्रोसँग यौनाङ्ग र मुख कुल्ला गर्नुपर्छ । 

ओरल सेक्समा पनि यौन सन्तुष्टि लिन सकिन्छ तर यो वैकल्पिक सेक्स भएकाले दीर्घकालीन प्रयोग भने गर्नु हुँदैन । अप्राकृतिक सेक्समा बानी पर्न थालेपछि अपराध पनि सुरु हुन थाल्छ । दुईमध्ये एकलाई मात्रै वैकल्पिक चाहना भएको खण्डमा त्यहाँ अपराध हुन्छ । 

पुरुषले पुरुषको यौनाङ्ग चलाएर लिंग उत्तेजित गर्ने, मुखले अरुलाई चुसाएर स्खलन गर्ने साथै महिलाले महिलाको योनी मालिस गरेर, चाटेर, जिब्रो घुसाउने र रसादी चुस्नेजस्ता क्रियाकलाप असामान्य बानी व्यवहार हुन् । त्यसलाई निरुत्साहित गर्नुपर्छ । 
प्रस्तुतिः उपेन्द्र खड्का


(याैनसँग सम्बन्धित कुनै समस्या या जिज्ञासा भए infoshukrabar@gmail.com मा पठाउनुहाेला )

Leave A Comment