‘विदेशमा पढ्न लहडको पछि लाग्नु हुन्न’

आइतबार, १७ भदौ २०७५, ०१ : ०३ शुक्रवार
‘विदेशमा पढ्न लहडको पछि लाग्नु हुन्न’

डेढ दसकदेखि शैक्षिक परामर्श सेवामा कार्यरत बिराज पाण्डे एजुकेसन पार्क कन्सल्टेन्सीका कार्यकारी निर्देशक हुन् । एमबीएससम्मको शिक्षा लिएर शैक्षिक क्षेत्रमा प्रवेश गरेका पाण्डेले अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि आवश्यक सेवा प्रदान गर्छन् । अस्ट्रेलिया, युएसए, युके, न्युजिल्यान्डलगायतका मुलुकमा विद्यार्थी पठाउन सहजीकरण गर्दै आएका पाण्डेसँग शुक्रबारका लागि गरिएको कुराकानी ः

कसरी यो व्यवसायमा आउनु भयो ?
बुटवलमा चाउचाउ फ्याक्ट्री, राइस मिल चलाउँथेँ । रिसर्च गर्दा यो व्ययवसाय राम्रो लागेपछि भाइलाई विदेश जान सहयोग गर्दागर्दै आफँै यो क्षेत्रमा प्रवेश गरेँ ।

यहाँको कन्सल्टेन्सीले कस्तो सेवा दिइरहेको छ ?
विदेश पढ्न चाहने विद्यार्थीलाई आवश्यक सबै प्रकारका सेवा दिन्छौं । शैक्षिक परामर्शसँगै टोफेल, आइएलटिएस, एसइटी तयारी कक्षा सञ्चालन गर्छौं । टोफेलका लागि हाम्रो संस्था टेष्ट सेन्टर पनि हो । डकुमेन्टेसन, भिसा प्रक्रियामा सहजीकरण गर्छौं ।  अस्ट्रेलिया, युएस, युके, न्युजिल्यान्डलाई फोकस गरेका छौं ।  

विद्यार्थीको आकर्षण कस्ता विषयमा छ ?
नेपालबाट अधिकांश प्लस टू सकाएर ब्याच्लर्स पढ्न जाने गरेका छन् । ब्याच्लर्स सकाएर मास्टर्स, रिसर्च, पिएचडी गर्नेको संख्या पनि छ । समग्रमा विजनेस क्षेत्र अध्ययन सबैको प्राथमिकतामा छ । सबै विश्वविद्यालयले अन्डर ग्रयाजुएट र पोष्ट ग्रयाजुएटमा विजनेस मेनेजमेन्ट कोर्स पढाउने गरेका छन् । नर्सिङ, इन्जिनियरिङ, आइटी, पब्लिक हेल्थ, होटल मेनेजमेन्ट, हस्पिटालिटी मेनेजमेन्ट, फिजिक्स, केमेस्ट्रीदेखि विभिन्न विषयमा आकर्षित छन् ।

कुन–कुन देशमा विद्यार्थीका लागि अवसर छ ?
ब्याच्लर्स वा मास्टर्स गरेपछि दुई वर्ष काम गर्न पोष्ट स्टडी वर्क प्याकेजका कारण धेरैको फोकस अस्ट्रेलियामा छ । कोर्श पूरा गरेपछि आफ्नो लगानी उठाउन सकिने भएकाले पनि आकर्षण बढेको हो । अस्ट्रेलियाका लागि डकुमेन्टेसन राम्रोसँग गर्नुपर्छ । त्यहाँ भिसा सक्सेस रेट धेरै राम्रो छ । त्यहाँको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिएको अवसर हो । अमेरिका सधैँ सबै प्रकारका विद्यार्थीलाई अवसर भएको गन्तव्य हो । त्यहाँ भिसा निश्चित हुँदैन । तर राम्रो विद्यार्थीको जहाँ पनि भिसा लाग्छ । युएसमा छात्रवृत्ति धेरै छ । 

विद्यार्थी एजुकेसन पार्कमा किन आउने ?
हामी मुख्य गरी करिअर काउन्सिलिङ गर्छौं । यो क्षेत्रमा डेढ दशकको लामो अनुभव छ । यहाँ टेष्ट दिएका सर्टिफाइड र क्वालिफाइड परामर्शदाता छन् । एजुकेसन पार्क आइएसओ सर्टिफाइड कम्पनी हो । विद्यार्थी आउने बित्तिकै विश्वविद्यालयसँग सिधै आबद्ध गराएर केही समस्या पर्नासाथ सिधा सम्पर्क गरेर समाधान गर्छौं । सेवाकै कारण विद्यार्थी आकर्षित छन् । 

यो क्षेत्रमा कस्ता समस्या छन्, सुधारका लागि के गर्नुपर्छ ?
शैक्षिक परामर्शमा अवसरवादी धेरै छिरेका छन् । राम्रा कम्पनी पनि छन् तर सिजनल काम गर्नेले बजार बिगारेका छन् । कुनै नयाँ गन्तव्य सुरु हुँदा सयभन्दा बढी नयाँ कम्पनी आउँछन् । छोटो समयमा अवसर लिएर हराउँछन् । कुनै पनि व्यवसायमा दुई नम्बरी गर्नु हुँदैन । शिक्षा मन्त्रालयमा भाषा तथा शिक्षा निर्देशनालय छ । त्यसलाई सक्रिय बनाएर काम गर्नुप¥यो । विशुद्ध शैक्षिक क्षेत्र भएकाले व्यवस्थित गर्नुपर्छ । विद्यार्थी विदेश पढेर स्वदेशमै फर्किनु पर्छ भन्ने मान्यताका साथ काम गर्नुपर्छ । मेनपावर जस्तो व्यवहार गर्नु भएन ।  गलत नियत भएकालाई शिक्षा मन्त्रालयले रोक्नु पर्छ । 

विदेश पढेर स्वदेश फर्किने संख्या कस्तो छ ?
विगतको तुलनामा विदेश अध्ययन गरेर नेपाल फर्किने विद्यार्थीको संख्या बढ्दो छ । उता अवसर या पिआर नपाएर होइन । स्वदेशमै केही काम गर्नुपर्छ भन्ने मान्यताले । विदेशमा सीप, पुँजी आर्जन गरेर स्वदेशमै उद्यमी हुनुपर्छ भन्ने सोच बढाएको छ । सन् २०१४ मा पठाएको विद्यार्थी थुप्रै फर्किएका छन् । 

विद्यार्थीको रेस्पोन्स कस्तो छ ?
हामीले युनिभर्सिटीमा पठाउँछौं । विद्यार्थी खुसी छन् । निजी कलेजमा जस्तो विश्वविद्यालय बन्द हुने समस्या हुँदैन । अध्ययन गरेपछि रोजगारीलगायत ग्लोबल मार्केटमा प्रतिस्पर्धा गर्न सक्षम भएका छन् । सन् २००५ मा पठाएका विद्यार्थीले अहिलेसम्म हाम्रो कन्सल्टेन्सीमा सिफारिस गरिरहेका छन् 

विदेश जान चाहने विद्यार्थीलाई यहाँकोे सुझाव  ?
रिसर्च गरेर के विषय पढ्न कुन देश जाने निर्णय लिनुपर्छ । हतार र लहडको आधारमा विषय, कलेज र विश्वविद्यालय छनोट गर्नु हुँदैन । अहिले केही सुधार आएर देश र युनिभर्सिटी आफँैले रोजेर आउन थालेका छन् । सकेसम्म अभिभावकहरुले आफ्नो छोराछोरीले के विषय कहाँ पढ्न जान लागेको छ थाहा पाएर ढुक्क भएर बस्नुपर्छ । मेरिटबेसमा छात्रवृत्ति दिएको हुन्छ । खर्च कति लाग्छ । अवसर कुन विषयमा छ । सबै योजना बनाएर मात्र निर्णयमा पुग्नुपर्छ । 
 

Leave A Comment