कामुक मसाज

शुक्रबार, ०५ असोज २०७५, ०६ : ५६ शुक्रवार
कामुक मसाज

दिनभरको दौडधुप र थकानका साथ घर पुग्दा कहिलेकाहीँ मनमा लाग्दो हो कसैले यसो हल्का मसाज गरिदिए कति आनन्द आउँथ्यो होला । कहिलेकाहीँ पार्टनरले यसो ज्यान थिचिदिँदा, टाउको मुसार्दा पनि क्या आनन्द आउँछ । 

थकान मेटाउने मात्रै हैन ज्यान चङ्गा बनाउनसमेत मसाज प्रभावकारी हुन्छ । मसाजले ज्यानबाट हराएको स्फुर्ति फर्किन्छ । मुड अन हुन्छ । तनाव हराउँछ । यो त भयो सामान्य मसाजको फाइदा । यसमा पार्टनरबाट कामुक मजास पाउन सकियो भने झन् के होला ?
गर्ने हो त ? ल यी उपाय अपनाउनुस् न । त्यत्ति गाह्रो पनि छैन ।

आफ्नो पार्टनरलाई कामुक मसाज गर्न पहिला सुरक्षित स्थानको चयन गर्नुस् । सुत्ने कोठा यसका लागि सबैभन्दा सुरक्षित हुन्छ । सन्तान साना छन् भने मसाजअगाडि उनीहरुलाई अलग्गै कोठामा सुताउनुपर्छ । हुर्किसकेका छन् भने आफ्नो प्राइभेसी कायम रहने गरी मसाज गर्नुपर्छ । 

कोठामा मधुरो बत्ती बाल्नुस्, चहकिलो हैन । चहकिलो बत्तीले मुड अफ गराउन सक्छ । बत्ती निभाएर मैन बत्ती बाले झन् राम्रो । आफ्नो पार्टनरलाई मन पर्ने गीत–संगीत छ भने मधुरो स्वरमा बजाउनु राम्रो । सकेसम्म आवाज बाहिर नजओस् । 

मसाज अगाडि नाइट ड्रेस लगाउनुस् । गाउन हुनसक्छ । म्याक्सी हुनसक्छ या कुनै लुज कपडा । टाइट नहोस् । मसाजका लागि भुईमा कपडा राख्नुस् । तेल प्रयोग हुने भएकाले दाग नलाग्ने कपडा प्रयोग राम्रो । सकेसम्म सेतो कपडा प्रयोग नगर्दा हुन्छ । सानो तकियामा पार्टनरको टाउको राख्न लगाउनुस् ।


मसाजको प्रारम्भ ढाडबाट गर्नुस् । ढाडमा बडी असाज ओएल राख्नुस् । तोरीको तेल प्रयोग गर्दा पनि हुन्छ । ढाडमा तेल दलेपछि बिस्तारै बुढी आंैलाले बीचमा दबाउनुस् । धेरै प्रेसर नगर्नु राम्रो । बुढी औंलासँगै अन्य औंलाहरुले पनि बिस्तारै बिस्तारै थिच्नुस् । हात गोलो गोलो आकारमा घुमाउनुस् । 

घोप्टो परेको पार्टनरलाई उत्ताने पार्नुस् र उनको कम्मर नजिकै आफु बस्नुस् । शरीरको पुरै भार पार्टनरको शरीरमा पर्ने गरी नभई हल्का बस्नुस् । पीडा नहोस् । छाती, पेट, तिघ्रा, पिँडुला, खुट्टा सबैतिर तेल दलेर हातले बिस्तारै बिस्तारै रगड्नुस् । कम्मरमुनिको भाग, स्तन वरपरको भागमा बिस्तारै चलाउनुस् । ज्यानमा आरामसँगै पार्टनर बिस्तारै उत्तेजित हुँदै पनि आउँछन् । 

यौनाङ्ग वरपर पनि तेल लगाएर मसाज गर्नुस् । पार्टनर बिस्तारै उत्तेजित हुँदै आउँछन् । हेड मसाज गर्नुस् । हेड मसाज गर्दा आफ्नो ओठ नजिक लैजानुस् । शरीरको बास्ना पाउन पार्टनरले ।  उनको मुड बन्दै जान्छ । लिप किस गर्नुस्, जाँघतिर चलाउनुस् । पार्टनर मानसिकसँगै शारीरिक रुपमा समेत समागमका लागि तयार हुन्छन् । 
 

Leave A Comment