पहिलो सेक्सको जोखिम

बुधबार, २४ असोज २०७५, ०५ : ४२ शुक्रवार
पहिलो सेक्सको जोखिम

डा. दिनेश बाँस्तोला 

नेपाली समाज जति आधुनिकतातर्फ दौडिएको देखिए पनि यौनको मामिलामा अझै अनुदार नै छ ।  यौन शिक्षा छैन बराबर नै छ अहिले पनि । न विद्यालयमा यसबारे कुनै चर्चा हुन्छ न घरमा कसैले यसबारे केही बताउँछन् । त्यसैले कतिपय राजीखुसीमा, कानुनअनुसार पनि यौन सम्बन्धका लागि योग्य भइसकेका जोडीलाई यौन सम्पर्कमा बारेमा साधारण जानकारीसमेत नभएको पनि पाइन्छ ।


जीवनचक्र चलाउने माध्यमसँगै प्रेम अभिव्यक्त गर्ने उत्तम उपहार पनि हो, यौन । तर यौन शिक्षाको अभावमा कतिपयको पहिलो प्रयास पीडादायी बन्न पुग्छ । 

ज्ञानको अभावमा शारीरिक तथा मानसिक दुवै रुपमा पीडादायी हुन सक्छ । तनाव हुनसक्छ । पुरुषमा शीघ्रपतन, लिंग योनिभन्दा बाहिरै रहने हुनसक्छ । जथाभावी यौन सम्पर्क गर्दा महिलाको योनी दुख्ने, घाउ लाग्ने पनि हुनसक्छ । पहिलो रंगीन सम्बन्ध क्लाइमेक्समा नपुग्ने समस्या पनि हुनसक्छ । पहिलो यौन सम्बन्ध आनन्दमयी नभई पीडादायी हुँदा त्यसको नकारात्मक असर पछिसम्म पर्नसक्छ ।
स्नतको मुन्टो संवेदनशील र नरम हुन्छ । स्तन बिस्तारै खेलाउँदा आनन्द आउँछ ।  स्तनको मुन्टो (निप्पल) बेस्सरी समात्दा रमाइलो हैन, पीडा हुन्छ र घाउसमेत हुनसक्छ । 

महिलाको योनि झिल्ली नफुटेको र पुरुषको लिंगको छाला सुर्किएको छैन भने त्यस्ता यौन जोडीलाई नेपाली चलनचल्तीअनुसार कुमारी तथा कुमार भएको मानिन्छ । झिल्ली च्यातिएको या लिङ्गको छाला तल सरेको छ भन्दैमा उसले पहिल्यै सेक्स गरिसकेको छ भन्ने हुँदैन । यो कुमार या कुमारित्व परीक्षणको वैज्ञानिक माध्यम पनि हैन । 

युवतीले साइकल तथा मोटरसाइकल चढ्ने, उफ्रिने, घोडा चढ्ने, रुख चढ्ने लगायतका गतिविधिले यौन सम्पर्क गर्नुपूर्व नै योनि झिल्ली फुटिसकेको हुनसक्छ । पुरुषले हस्त मैथुन गर्दा वा त्यत्तिकै चलाउँदा पनि लिंगको छाला सुर्किएको हुनसक्छ ।

च्यात्तिएको छैन भने पहिलो दिनको यौन सम्पर्कमा योनीभित्र लिंग पस्नलाई योनि झिल्ली फुट्नु पर्छ । योनी झिल्ली फ्टदा महिलालाई अत्यधिक दुख्छ । यसक्रममा महिलालाई अत्यधिक रक्तश्राव हुने सम्भावना पनि हुन्छ । पुरुषको लिंगको भित्री छाला सुर्किएर लिंगको डाँठतिर सर्दा  पुरुषलाई पनि असाध्य दुख्छ । 

अपनाउनु पर्ने सावधानी 
पहिलो पटक यौन सम्पर्क गर्दा यौन शिक्षाको अभाव तथा यौन प्रक्रिया नपुगेका कारणले यौन जोडीमा तनाव उत्पन्न हुनसक्छ । महिलाले मनको कुरा व्यक्त गर्न चाहँदैनन् ।  त्यसैले यौन सम्पर्कमा सरिक हुनुअगाडि यौन शिक्षा, यौन र यौन क्रिडाका बारेमा ज्ञान लिनु आवश्यक हुन्छ । 
यौन सम्पर्क गर्नुभन्दा पहिले यौन सम्पर्क गर्ने उचित स्थान र समय निर्धारण गर्नु पर्छ । एकान्त, शान्त तथा सुरक्षित ठाउँ रोज्नु सबैभन्दा उत्तम हुन्छ । 

अत्यधिक उज्यालो भएको ठाउँमा पनि टाउको दुख्ने, आँखा बिझाउने, असुरक्षित महसुस हुने लगायतका समस्या देखिनसक्छ । केही नदेखिने किसिमको अँध्यारो ठाउँमा पनि यौन सम्पर्क नगर्दा राम्रो हुन्छ । अँध्यारो ठाउँमा पहिलो पटक यौन सम्पर्क गर्दा अनुभवको अभावमा उत्पन्न हुने जोखिम र अनुहार हेराहेर गरेर हुने भावना साटासाट गर्ने अवसर गुम्छ ।

यौन सम्पर्क गर्दा टाइट कपडा नलाउँदा राम्रो हुन्छ र सामान्यतः नांगै भएको राम्रो । यौन जोडीबीच यौनाङ्ग देखिँदा एक आपसमा उत्तेजना उत्पन्न हुन्छ, जस कारण यौनानन्द बढ्छ । 
एकले अर्कोको कपडा खोलिदिँदा राम्रो हुन्छ । एकले अर्कोको कपडा खोल्दा नजिकपना ल्याउँछ । कपडा खोल्दा जिस्किँदै खोल्नुपर्छ । 

कसैकसैमा आत्मबल बढाउने भनेर मदिरा या लट्ठ पार्ने सामग्री प्रयोग गर्ने गर्छन् । यो हानिकारक हुन्छ । सहमतिमा मात्र सम्बन्ध राख्नुपर्छ । यौन जोडीको उमेर पनि उत्तिकै महङ्खवपूर्ण हुन्छ । कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका किशोरीसँग सहमतिमा यौन सम्बन्ध राखे पनि त्यो बलात्कार ठहरिन्छ । पहिलो पटक यौन सम्पर्क गर्दा अस्थायी साधनको प्रयोग गर्नुपर्छ । 

सम्बन्ध भएपछि के गर्ने ?
पहिलो पटक यौन सम्पर्क गरिसकेपछि अनुहार रातो–पीरो हुन्छ । लिपिस्टकका डाम चुम्बनका ¥याल अनुहारमा हुन सक्छ । योनिमा झरेको वीर्य चिप्लो र टाँसिने प्रकृतिको हुनाले महिलाको दुवैतर्फको तिघ्रामा बग्न थाल्छ । योनिबाट वीर्य बाहिर निस्कन्छ । त्यसैले यौन सम्पर्क गरिसकेपछि यौनाङ्ग सफा गर्नुपर्छ । 
मुख धुनु पर्छ नभए राम्रोसँग पुछ्नु पर्छ । 
पहिलो पटक यौन सम्पर्क गर्दा योनिको डल्लो फुल्ने, सुन्निने, रातो हुनुका साथै दुख्ने भएकाले संक्रमणसमेत हुन सक्छ । त्यस्तो समस्या भएमा चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ । पुरुषको पनि लिंगको छाला सुर्किएर दुख्ने तथा सुन्निन सक्छ यस्तो समस्या भएमा चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ । 
प्रस्तुतिः उपेन्द्र खड्का
 

Leave A Comment