भर्खर १८ का राजेशपायल !

सोमबार, १० साउन २०७३, १२ : ५५ शुक्रवार , Kathmandu
भर्खर १८ का राजेशपायल !

सबैलाई थाहा होला– गायक राजेशपायल राई अझै अविवाहित छन् । उनले ‘मित’ मानेका राजेश हमालले बिहे गरिसके, अब उनलाई बिहे कहिले गर्ने भन्ने प्रश्नले छाडेको छैन । तर, उनी कत्ति पनि चिन्तित देखिँदैनन् । शुक्रवार राजधानीस्थित नाचघरमा मिर्गाैला रोगी ललिता सुब्बा चाम्लिङको सहयोगार्थ आयोजित कार्यक्रममा उनले पटकपटक बिहे र युवतीको कुरा गरे । ‘भर्खर १८ त पुग्दै छु, बिहे गर्ने समय त बाँकी नै छ,’ उनले स्टेजबाटै ठट्टा गरे । त्यति मात्र होइन उनले त आफूसँग बिहे गर्न मरिहत्ते गर्ने युवती फ्यान थुप्रै रहेको पनि दोहो¥याई–ते¥याई भने । ‘म अस्ति भर्खर युके जाँदा मेरो बुबाले भर्खर १८ त पुगिस् भन्दा आमाले ‘त्यसो होइन । मेरो छोरा त भर्खर १७ पुग्दै छ’ भन्नुभयो,’ उनले मुस्कुराउँदै सुनाए । आफूलाई अझै जवान ठान्ने राजेशपायलले बिहे चाहिँ कहिले गर्लान ? प्रश्नले उनलाई छोड्ने छैन । कार्यक्रममा उनले प्रस्तुतिलाई रोकेर स्टेजबाटै ५० हजार रुपैयाँको चेक मिर्गाैलापीडित ललितालाई सहयोग स्वरूप हस्तान्तरण गरेका थिए ।

 

Leave A Comment