कथा : प्रार्थना

आइतबार, ११ कार्तिक २०७५, ०६ : ०० शुक्रवार
कथा : प्रार्थना

कमलाले आज बीस हजार रुपैयाँ हालेर घरमा नयाँ दराज ल्याइन् । सानो र कुच्रुक्क परेको कोठामा त्यो दराज जसोतसो अट्यो । त्यो बीस हजार रुपैयाँ जम्मा पार्न उनले पाँच महिना भै“सीको चाकर गर्नुपरेको थियो । आज दिउँसो एक्लो छोरो सानेसँग बजार गएर उनले त्यो दराज किनेकी थिइन् । कमलाको एउटा अचम्मको बानी छ । उनी अलिकति पैसा जम्मा हुनेबित्तिकै घरमा चाहिने केही न केही सामग्री थुपार्थिन् । र, हरेकचोटि नयाँ सामग्री ल्याएकोमा राम उनलाई गाली गथ्र्यो ।

अघिल्लोपटक पनि कमलाले डाइनिङ टेबल र केही कुर्सीहरु किन्दा रामले भक्कुमार गाली गरेको थियो । त्यही भएर यस्ता सामग्री किन्नुअघि उनी रामलाई कहिल्यै केही सोध्दिनथिन् । यसपटक पनि उनले यो दराज रामलाई नसोधी ल्याएकी थिइन् । 

दराजले उनको कोठाको स्वरूप नै बदलिदिएको थियो । आफ्नो कोठो आज उनलाई केही नूतन लाग्यो । खुसीले उनी एकदमै पुलकित भइन् । र, पनि उनको मनमा कताकता ‘लोग्नेले गाली गर्छ कि’ भन्ने खालको भाव उत्पन्न भयो जसले गर्दा उनले पूर्ण आनन्दको अनुभूति गर्न सकिनन् । अब कसरी लोग्नेलाई रिझाउने भन्नेबारे चिन्तन गर्न थालिन् । अनि रामलाई सबैभन्दा मनपर्ने खीर खूब मिहिनेत गरेर बनाइन् ।

राम एउटा सहकारी संस्थाको लेखापाल थियो । बिहान दसबजे कार्यालय जान्थ्यो र साँझ सात बजे घर फर्कन्थ्यो । पाँचबजे सहकारीको छुट्टी भएपछि उसले डेढ घण्टा हाकिमका दुई छोराहरुलाई पढाउन जानुपथ्र्यो । यही कारणले गर्दा घर आइपुग्दा सात–साढेसात भइसकेको हुन्थ्यो ।

तिनीहरुको घर निकै पुरानो भइसकेको थियो । यो घर रामका बाबाले बनाएका थिए । जीवनमा अरु केही गर्न नसके पनि मर्नुअगाडि ऊ आफै“ले बनाएको नयाँ घरमा बस्न चाहन्थ्यो । यसका लागि ऊ वर्षौंदेखि पैसा जम्मा गरिरहेको थियो ।

कथाकार प्रदिप बस्नेत

त्यसदिन राम सवा सात बजेतिर घर आइपुग्यो । घर आएपछि शयन कक्ष नपसी ऊ हातमुख धोइवरी सिधै भान्छामा गयो । मनपर्ने खानेकुरा खान पाएकाले ऊ मख्ख प¥यो । र, खाना खाइसकेपछि शयन कक्षमा गयो । ऊ शयन कक्षमा प्रवेश गर्दै गर्दा कमलाको मुटुमा कम्पन्न आउन थाल्यो । त्यो कम्पन्न त्रासमा बदलियो जब रामले चर्को स्वरमा करायो, “ओइ ! ह्याँ आइज । खूब कमाउने भइछेस् हैन ।”

भयले आक्रन्त हुन पुगेकी कमला रामको अगाडि निहुरमुन्टी लाएर उपस्थित भइन् । राम फेरि बम्किन थाल्यो– “कसलाई सोधेर ल्याइस् हँ ? तै“ले जे मन लाग्यो त्यही गर्न पाउँछेस् ? तेरो बाउको घर हो यो ?”
‘बाउ’ शब्द सुन्नेबित्तिकै डरले काँप्ने–काँप्ने अवस्थामा पुगेकी कमलाको शरीरमा अचानक फूर्ति र तागत पलायो । उनी पनि ठूलो स्वरले पड्किन थालिन्– “बाउ–साउको चै“ नाम नलिनू है । मेरा बाउले तपाईंको के खाइदियाछन् र ? आफै“ले कमाएको पैसाले ल्याएकी हुँ ।”

“मैले भै“सी नकिन्देको भए काँबाट कमाउँथिस् ? घर गतिलो भए त ठीकै हुन्थ्यो । घर बनुञ्जेलसम्म यो दराजको हालत के हुन्छ सोचेकी छेस् ? अस्ति ल्या’को डाइनिङ टेबल कति थोत्रो भको छ देखेकी छैनस् ? भका सामानको जतन गर्नु काँ हो काँ थुपार्न मात्र जान्या छेस् । अझ थुतुनो चलाउँछे । काइँ नभाकी ।”
“मैले नबनाउनू भनेकी छु र ! हुती भए त बनाइहाल्थ्यौ नि । ढुङ्गा, रड आदि थुपार्दै गरौ“, पछि झन् महङ्गो हुन्छ भनेर मैले कत्ति सम्झाएँ । मानेको भए आज यो गति हुन्थ्यो ? पैसामात्र जम्मा गरेर पनि काइँ घर बनाउन सकिन्छ ? यस्तै पाराले त अझै दस वर्षमा पनि घर बनाउन सक्दैनौ । आफ्नो आङको पनि जुम्रा हेर्नु नि कैलेकाइँ त ? खाली कराउनमात्र जान्या छ ।”

“धेरै बोल्छेस्, नकचरी ।” भनेर रामले कमलाको कोमल गालामा चड्कन लगायो । अनि सुत्नको निमित्त ओछ्यानमा पल्टियो । यता चड्कन खाएपछि कमला सुँक्क–सुँक्क गर्दै रून थालिन् । यो घटनालाई प्रत्यक्ष दृष्टिपात गरिरहेको साने पनि आमा रोएको देख्नेबित्तिकै उनकै समीपमा आएर रून थाल्यो । सानेले मसिनो स्वरमा आमासँग सोध्यो– “आमा किन रूनुभाको ? नरूनू न । तपाईं रूँदा मलाई पनि रून मन लाग्छ ।”
सानेको कुराले कमलालाई झन् मार्मिक बनायो ।

उनले सानेलाई आलिङ्गन गरिन् । दुवै गालामा म्वाइँ खाइन् । अनि पहिलेभन्दा बल गरेर रून थालिन् । आमाको रूवाइ शान्त नभएपछि सानेले फेरि भन्यो– “हाम्रो सरले भन्नुभको रोयो भने कमजोर भइन्छ । हेल्दी हुन सधै“ हाँस्नुपर्छ रे ! हाँस्नू त एकचोटि ।” अनि आमालाई काउकुती लगाएर हँसाउने यत्न ग¥यो । नौ वर्षको छोरोको अनुरोध स्वीकार्न उनी बाध्य भइन् । नारायण गोपालको गीतले भने झै“ मुटुमाथि ढुङ्गा राखेर छोराको खातिर उनी मुस्कुराइन् । आफू मुस्कुराएपछि छोरोको अनुहार उज्यालो भएको देखेर कमला सोच्न थालिन्, ‘यै एउटा छोरो छ र त बाँच्न मन लाग्छ । नत्र उहिल्यै मरिसक्थे“ ।’

राम र कमलाको झगडा आजमात्र हैन वर्षौंदेखि चलिरहेको छ । यी दुईको दाम्पत्य जीवनमा कहिल्यै सुख र शान्ति छाएन । झगडा भएको दिन कमला माइत जाने धम्की दिन्थिन् । राम ‘जाँसुकै मर्’ भनेर सन्किन्थ्यो । कमला पनि रिसको झो“कमा छोरोलाई बाउको जिम्मा लगाएर माइत जान्थिन् । दुई–चार दिन माइतको भात खाएपछि उनको मातृत्व जागेर आउँथ्यो । लोग्नेले कसरी व्यवहार चलाइरहेको होला भन्ने चिन्ताले फेरि कमलालाई गाँज्थ्यो । अनि उनी पुनः घर फर्कन्थिन् । यता लोग्ने पनि स्वास्नी नभएपछि स्वास्नीले गर्नुपर्ने काम र खप्नुपर्ने कष्टको अनुभूति गथ्र्यो ।

एक्लै बस्न र व्यवहार चलाउन अप्ठ्यारो हुन थालेपछि ऊ स्वास्नी लिन ससुराली हुइँकिन्थ्यो । कति पटक त राम स्वास्नी लिन ससुराली हि“डेको दिन र कमला आफै“ घर फर्केको दिन एउटै हुन गएको छ । उता लोग्ने ससुरालीमा स्वास्नी खोज्दै र यता स्वास्नी घरमा लोग्ने खोज्दै । जब दुवैले यस्तो भएको थाहा पाउँथे तब उनीहरुभित्र आफै“ मायाको पालुवा पलाउन थाल्थ्यो । अनि केही दिनलाई मिलेर बस्थे । र, केही दिनपछि फेरि पुरानै पारामा फर्कन्थे ।

राम र कमला कहिलेकाही“ ठाँटिएर सँगै बजार जान्थे । उनीहरुलाई सँगसँगै हि“डेको देखेर कोही–कोही गाउँलेहरु खिसी गर्दै भन्थे– “लोग्ने–स्वास्नीको झगडा परालको आगो !” परालको आगो त एकचोटि निभेपछि फेरि बल्दैन । तर यी दुईको त बल्ने र निभ्ने श्रृङ्खला लामो समयदेखि चलिरहेको छ । त्यसैले यिनीहरुको झगडालाई परालको आगो भन्ने उपमा दिन चाहि“ अलि सुहाउँदैन होला ।

सानेले हँसाएपछि कमला सामान्य अवस्थामा फर्किइन् । ‘आजमात्र हो र गाली र पिटाइ खाएको ! यो त मेरो भाग्यले मलाई सधै“ दिने गरेको उपहार हो’ भन्ने मनन गर्दै उनी छोरोलाई लिएर शयन कक्षबाहिर निस्किइन् । र, जुठा थाल–भाँडा मस्काउन थालिन् । मस्काउँदै गर्दा सानेलाई उनले आफ्नो समीपमा बोलाइन् । पीडाले गलेको मानिसले दुखेसो पोखेर आनन्दित हुन एउटा सानो खाडल खोज्दोरहेछ । कमलाको पीडित मनले पनि नौ वर्षको छोरो सानेलाई दुखेसो पोख्ने खाडल बनायो । र, पोखिए कमलाका मनका बहहरु कलिलो बालक सानेका उपर ।
“साने ! तँ पनि ठूलो भएपछि मलाई यसैगरी दुःख दिन्छस् होला है ?”
“नाइँ दिन्नँ । म त सधै“ मायामात्र दिन्छु ।”

सानेको कुराले कमलाको मनलाई केही राहत त दियो । तर पनि लोग्नेप्रतिको उनको रिस अझै मरेको थिएन । भनिन्– “के थाहा ? उही बाउको छोरो परिस् । बढ्दै गएपछि बेहोरा पनि त्यस्तै त हुन्छ होला नि ! मेरो त खप्परै अभागी । हे भगवान् ! कैले आउँछन् होला सुखका दिनहरु ?”
“म बाबाको मात्र छोरा हैन त । तपाईंको पनि छोरा हुँ नि । साँच्चिकै माया गर्छु के !”
“कसरी माया गर्छस् ?”
“सधै“ दूध र भात खुवाउँछु । गाडीमा चढाएर काँ काँ घुमाउँछु । राम्रा–राम्रा लुगा किन्दिन्छु । अनि कहिल्यै बाबाले जस्तो गाली गर्दिनँ ।”
“गरिस् भने ?”

“आन, पान, हड्डी, सुपाडी, कट्टी गर्दिनू ।”
त्यसपछि यी दुवै प्राणी केहीबेर दिल खोलेर हाँसे । भाँडा माझेपछि कमलाले भै“सीको डुँडमा रातिका लागि घाँस–पराल हालिदिइन् । यस्तैमा बत्ती गयो । सानेले टर्च ल्याएर आमाको जताजता काम हुन्थ्यो त्यतै–त्यतै देखाउन थाल्यो । कमलाले बाख्रालाई बिहान जङ्गलबाट ल्याएको धँगेरोको घाँस झुण्ड्याइदिइन् । गोरूको डुँडमा सधै“ घाँस–पराल हाल्थिन् । तर आज परालमात्र हालिन् । 

बाँकी रहेका सम्पूर्ण काम सकेर शयन कक्ष पुग्दा दश बजिसकेको थियो । शयन कक्षमा दुईवटा खाट थिए । एउटामा कमला र राम सुत्थे । अनि अर्कोमा साने सुत्थ्यो । लोग्नेसँग झगडा परेको दिन कमला सधै“ सानेसँग सुत्थिन् । आज पनि उनी सानेसँगै गएर उसको ओछ्यानमा पल्टिइन् । दुवैजनाको आवाजले रामको निद्रा बिथोलियो । तिनीहरु ओछ्यानमा पल्टिएको करिब आधा घण्टापछि जब रामलाई साने निदाएछ भन्ने लाग्यो । उसले साउती गर्दै कमलालाई बोलायो– “ओइ ! ह्याँ आइज ।”

कमला पनि निदाएकी थिइनन् । बिचरी निदाउँथिन् पनि कसरी । मनमा वेदना भएको बेला निदाउनुजस्तो सकसपूर्ण काम उनलाई कुनै लाग्दैन । सुन्न त रामले बोलाएको उनले सुनेकी थिइन् । तर केही पनि नसुनेजस्तो गरेर उनले कुनै किसिमको प्रतिक्रिया जनाइनन् । फेरि रामले बोल्यो– “ओइ ! बोलाएको सुनिनस् ?” यस पटक पनि उनले केही जवाफ दिइनन् । अनि रामले पहिलेभन्दा अलि ठूलो स्वरमा भन्यो– “नाटक पार्छेस् । मलाई थाहा छ तँ निदाएकी छैनस् । ह्याँ आएर सुत् ।”
“ननिदाएको कुरा त थाहा पाउँदारैछौ त । गाली गरेपछि मलाई हुने पीडाबारे कैले थाहा पाउने हौ ?” कमलाले आर्तनाद गरिन् ।
“ह्याँ आइज अनि भन्छु । छिटो आइज ।”

कमला ओछ्यानबाट खुसुक्क उठिन् । सानेको सिरानि मिलाइदिइन् । र, लुसुक्क राम सुतेको ओछ्यानमा पल्टिइन् । पल्टिएपछि उनलाई केही राहत मिलेको जस्तो अनुभूति भयो । सायद ओछ्यानमा व्याप्त न्यानोपनले उनलाई आरामको महसुस गरायो । रामले उनलाई आफूपट्टि फर्काएर कस्सिएर अङ्गालो मार्यो । कमलालाई उसको यो हरकत मन परे पनि असहज भएको जस्तो हाउभाउ प्रकट गरिन् । अनि रामलाई चुप लागेर सुत्न भनिन् । रामले ठट्टा गरेर उनलाई फुल्याउन खोज्यो– “रिसाएकी छेस् ?”
“काँ रिसाउनु ? रिसाएर पनि के नै नापिनेवाला छ र !”
“तँ कामै नचाइने किसिमको गर्छेस् त !”

“उसो भए चाइने काम गर्ने ल्यार राख न त । कसले रोक्या छ र ! नाथे यो ज्यान पाल्न सक्दिन भन्ठान्या छौ कि क्या हो । अरुको भाँडा मलेर भए पनि बाँच्न सक्छु ।”
“हेर्न । फेरि थुतुनो चलाइहाली । यो अर्की ल्याउने कुरा फेरि काँबाट आयो ?”
“लोग्ने मान्छेको के भर ?”
“ऐले रिस नउठा । नत्र साँच्चै ल्यादिन्छु अनि चाल पाउँछेस् ।”

रामले यसो भनेपछि कमलाले रून्चे स्वरमा भनी– “ल्याए ल्याऊ न त । पाखुरामा बल छँदै छ । हातखुट्टा चलाएर दुई ज्यानलाई पाल्न सकिहाल्छु । लोग्नेले नपाले पनि छोरोले त पाल्छ होला नि पछि ।”
“किन यसरी पड्किएकी होला ? मैले त ठट्टा पो गरेको । तँलाई अर्ति–बुद्धि केही पच्दैन । यस्ता फजुल चीजहरू घर बनाएपछि किन्दा पनि त हुन्छ नि सम्म पो भन्न खोजेको त !”

“दुनियाँका स्वास्नीहरु वाँ उपरखुट्टी लाएर खाँदा पुगेको छ । मैले चाहि“ जति दुःख गरे पनि केही देख्दैनन् । गालीमात्र गर्छन् । आफै“ले कमाएको पैसा खर्च गर्दा पनि नानाथरि भनाइ खानुपर्छ । दराज फजुल खर्च हो ? कामबाट आएपछि मेरो कट्टु खोइ ? मेरो पाइन्ट खोइ ? मेरा कागजपत्र कता गए ? आदि–इत्यादि भनेर दिक्क लाउँछौ । तिम्रै सुविधाका लागि त ल्याएकी हुँ नि !”

“अरुसँग आफूलाई दाँज्ने काम नगर् । आफूसँग भएको अरुसँग हुँदैन । अरुसँग भएको आफूसँग हुँदैन । अरुका स्वास्नीले उपरखुट्टी लाएर खाएको मात्र देखेकी रैछेस् । तिनका मोटा–मोटा तिघ्रा, पुक्क फुलेका गाला, फर्सीका गट्टा जत्रा अङ्गुरहरु चै“ देखेकी छैनस् । आफ्ना दाउरा जत्रा तिघ्रा, टमाटर जत्रा अङ्गुरहरु र चाउरी परेको गाला पनि हेर्ने गर् । खूब अरुलाई हेर्छेस् ।” 

“तिमीले सुखसँग पालेको भए मेरा पनि हुन्थे । बिहे गर्दा कस्ती पोटिली र राम्री थिएँ । ऐले त कामैले खाइसक्यो ।”
“..........................।”
केहीबेर यस्तै गफहरु चलेपछि दुवै लोग्ने–स्वास्नी निदाए । उता सानेले यी सारा कुराहरु ध्यान दिएर सुनिरहेको थियो । ऊ आमा–बाबाको झगडा पर्दा कहिल्यै निदाउँदैन । सधै“ उनीहरुका गफहरु सुनेर बस्ने गर्छ । र, सुनेपछि बल्ल निदाउने गर्छ । तर त्यसरात ऊ राम्रोसँग निदाउन सकेन । निदाउन खोज्दा पनि के के के के कुराहरु उसको मथिङ्गल वरिपरि घुमिरहे । निद्रावती देवीसँग निकै बेर समर चलेपछि बल्ल उसले विजय हासिल गर्यो ।

भोलिपल्ट सरस्वती पूजा थियो । सानेको विद्यालयले अभिभावकलाई पनि सरस्वती पूजाको निम्तो दिएको थियो ।  सानेलाई कमलाले बिहानै नुहाइ–धुवाइ गरिदिइन् । विद्यालयको पोसाक लगाइदिइन् र आफू पनि ऊसँगै उसको विद्यालय गइन् । पूजा गर्न आमा–छोरा एकैचोटि मन्दिरभित्र पसे । कमलाले सानेलाई सरस्वती माता सँग धैरै पढेर ठूलो मान्छे बन्ने शक्ति दिनू भन्ने प्रार्थना गर्न लगाइन् । सानेले दुवै हात जोड्यो र सरस्वती माताको प्रार्थना गर्दै मनमनै भन्यो– “सरस्वती माता मलाई आमाले भनेजस्तो वरदान चाहि“दैन । म आफै“ पढ्न र ठूलो मान्छे बन्न सक्छु । बरु मेरी आमाका तिघ्राहरु मोटा–मोटा, गाला पुक्क फुलेका र अङ्गुरहरु फर्सीका गट्टा जत्रा बनाइदिनु होला ।” 

तीनकुने, काठमाडौ“ 

Leave A Comment