दाजु–भाइकी धनी छन्, रेखा थापा । धेरैलाई दाइ मानेकी छन्, उनले । यसपाली तिहारकै अवसर पारेर उनको फिल्म ‘मालिका’ रिलिज हुँदैछ । त्यसैले फिल्मका कारण तिहारको खासै तयारी गर्न पाइरहेकी छैनन् रे ! तिहारलाई केन्द्रमा राखेर उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :
अहिले विश्वभर ‘मिटु मुभमेन्ट’ले चर्को रुप लिइरहेको छ । हलिउडदेखि बलिउडसम्मका कलाकारले आफूमाथि भएको यौन दुव्र्यव्यहारलाई बाहिर ल्याइरहेका छन् । तर नेपाली कला क्षेत्र भने अझै मौन देखिन्छ, किन होला ?
सायद यो मुभमेन्टको बारेमा नबुझेर पनि हुनसक्छ । बुझेकाले पनि यो दुव्र्यवहारमा परेको कुरा बोल्दा इज्जत–प्रतिष्ठा जाला भन्ने डरले होला । किनभने यो नेपाल हो । तर हाम्रो क्षेत्रबाट जसले पहिलोपल्ट बोल्छ, आई विल सेल्युट हर । यहाँ धेरै छन् दुव्र्यवहार गर्नेहरु । धेरै बहिनीहरुले मलाई कथा सुनाएका छन् । हामी जसलाई भगवान् मानिरहेका छौँ, जसलाई रेस्पेक्ट गरिराछौँ तिनै भगवानहरुले दुव्र्यवहार गरेको मैले सुनेकी छु । यहाँ बोल्ने हो भने धेरैको धज्जी उड्नेवाला छ । तर मलाई थाहा छैन, बहिनीहरु किन बोल्दैनन् !
तपाईंजस्ता सिनियर कलाकारबाटै सुरुवात गर्ने कि ?
सिनियर र जुनियर भन्ने हुन्न । जसलाई भा’को छ, जसलाई पीडा छ, उसले पो बोल्ने हो ! मलाई कसैले हिम्मत नै गरेन त मैले अब कुरा बनाएर बोल्नु ?
तर यहाँ अरु क्षेत्रका महिलाहरु बोलिरहँदा कला क्षेत्र चुप देखिन्छ । यसले त नेपाली कला क्षेत्रमा दुव्र्यवहार नै हुँदैन भन्ने सन्देश पो गएन र ?
तपाईंभित्र क्षमता छैन, तपाईंभित्र चाकडीपन बढी छ, तपाईंसँग अभिनयको रस छैन तर काम पाउनका लागि जे पनि गर्न तयार हुनुहुन्छ । त्यसो भयो भने त जसले पनि तपाईंको महङ्खवाकांक्षाको फाइदा उठाइहाल्छ नि ! तपाईं उपहारमा एक्टर–एक्ट्रेस बनिरहनुभएको छ त कसरी बोल्ने हिम्मत आउँछ ? उपहारमा काम लिने होइन नि ! क्षमताका भरमा पो लिने हो त ! त्यही पनि मलाई आशा छ, कोही न कोही बहिनीहरुले पक्कै बोल्नेछन् । बल्ल त सुरु हुँदैछ, यो मुभमेन्ट यहाँ ।
चाडपर्व आइरहेका छन् । दसैँ कस्तो भयो तपाइको ?
एकदमै रमाइलो भयो । ३० वर्षपछि म आफू जन्मिएको ठाउँमा गएँ । विराटनगरदेखि २० किलोमिटरपूर्व महादेवास्थित चौकीघाट भन्ने गाउँ हो । म हल्ला नगरी चुपचाप गएकी थिएँ । त्यहाँ हाम्रो पुरानो घर (अहिले अर्कैको भइसक्यो) छ । आफ्नैजस्तो गरेर त्यो घरभित्र म हक जमाएर छिरेँ । सुरुमा सबै कन्फ्युज भए । पछि सबैले चिने । गाउँभरका धेरै भेला भए । सबैले ‘मलाई चिनिस्, मलाई चिनिस्’ भन्दै सोधे । ‘तँलाई सानोछँदा मैले खेलाको’ भनेर सम्झाए । त्यो माहोलले म भावुक पनि भएँ ।
अनि तिहार कत्तिको लाग्दैछ नि ?
स्वागत गर्न तयार छु तर खासै लागेको छैन । कारण, फिल्म आउँदैछ । फिल्म रिलिजको तयारीले तिहारको उत्साह अलि कम छ । किनमेल गर्न पाएको छैन ।
भनेपछि यसपालीको तिहार स्पेसल नहुने भयो ?
त्यस्तो पनि होइन । मनाउँछु तर फ्रि भएर मनाउन नपाइएला कि भन्ने डर क्या !
हलतिर बिजी हुने भएर हो ?
सायद होला ।
तपाईंका त दाइभाइहरु धेरै छन् । तिहार त झन् स्पेशल हुनुपर्ने होइन ?
धेरै मात्र होइन, साह्रै धेरैै छैन् (हाँस्दै) । फेरि तिहार मेरो फेभरेट चाड पनि त हो ! बाहुनलाई ल्याएर पूजा पनि गराउने गर्छु । यसपाली व्यस्त भएर भ्याउँदिनँ कि भन्ने लागिरा’छ । फिल्मको सबै काम एक्लै गर्नुपर्दा गाह्रो हुनेरै’छ ।
अहिलेसम्म तपाईंले तिहारमा भाइटीका लगाइदिएका दाजुभाइ कति पुगे, याद छ ?
धेरै त होइन, सात–आठ जना होलान् (मुस्कुराउँदै) ।
नाम भन्दिनुस् न ?
दुईजना आफ्नै दाइहरु भइहाले । त्यसपछि वाइसिएलका नेता सागर थापालाई पनि दाइ मानेकी छु । पत्रकार उदय जिएमलाई पनि टीका लाइदिन्छु । उहाँ त आफ्नै कोखको दाइजस्तो लाग्छ । एकदमै माया गर्नुहुन्छ मलाई । उदय दाइको छोरालाई पनि लाइदेकी छु । किरण थापा (कलाकार)लाई पनि लाइदिन्छु । निर्माता चन्द्र गौतमलाई पनि दाइ मानेकी छु । पूर्वकै भएर पनि आत्मिय सम्बन्ध बन्यो ।
अरु पनि छन् जस्तो लाग्छ ?
(एकछिन सम्झिएपछि) अँ, शंकर बिसी पनि हो ।
अब यसपाली कोही नयाँ थपिदै हुनुहुन्छ कि ?
दाजुभाइ भनेको बनाएर बन्ने चिज होइन । भाइटीका लगाएर मात्रै हुने चिज पनि होइन । आत्माबाटै एकखालको कनेक्सन हुनुपर्छ । आफूलाई आत्माबाटै ‘साँच्चिकै दाइ’ भन्ने फिल हुनुपर्छ । सम्बन्धलाई एउटा नाम दिन मात्रै टीका लाउनुको कुनै अर्थ हुन्न ।
फिल्म क्षेत्रमा त कोही काम लाग्ने मान्छे भेट्यो कि रेखा थापाले दाइ बनाइहाल्छे अनि भाइटीका लाइदिहाल्छे भन्ने टिप्पणी पनि गर्छन् नि ! के भन्नुहुन्छ ?
मैले अहिलेसम्म भनेका नामहरुमध्ये को मलाई कहाँनेर काम लाग्छन् ? आफैँ भन्दिनुस् न त ! मैले प्रचण्ड, बाबुराम, केपीलाई लाइदेको त छैन नि, होइन ?
प्रचण्डसँग त नाच्नु मात्रै भा’को हो !
अँ, त्यो अलग पाटो भयो । गलत विश्लेषण गर्ने मान्छेलाई त म के भन्न सक्छु र ?
यसपाली ककसलाई निम्ता दिनुभएको छ, भाइटीकाका लागि ?
जोजो उपलब्ध हुन्छन्, उनीहरुलाई । भाइटीका भनेको दाजुभाइको सम्बन्ध प्रगाढ बनाउने दिन हो । अरु बेला कुटाकुट भए पनि यो बेला मायाप्रेम हुन्छ । त्यसैले पनि मलाई यो दिन प्रिय लाग्छ ।
तपाईंका आफ्नै दुईजना दाइको परिचय पनि खुलाइदिनुस् न !
ठूलो दाइको नाम नवराज थापा हो । आर्मी ब्याकग्राउन्डबाट हो उहाँ । अहिले रिटायर्ड भइसक्नुभयो । विराटनगरमै बस्नुहुन्छ । अर्को सानो दाइ जीवन थापा पनि उतै छ । व्यवसाय गर्छ । ठूलो दाइ म सानोछँदै आर्मीमा गइसकेकोले सानो दाइसँग अलि बढी कनेक्सन छ मेरो ।
तपाईंको अनुभवमा अरु सम्बन्ध भन्दा के फरक हुन्छ दाजुबहिनीको सम्बन्धमा ?
बुबापछिका बुबा हुन्, दाजुभाइ । उनीहरुले बुबाको अनुपस्थिति पूरा गर्छन् । त्यसैले पनि बिँडो थाम्ने कुरा आउने होला ।
अहिलेसम्मकै अविस्मरणीय तिहार ?
धेरैले सोध्छन् यो प्रश्न । तर मेरो जीवनमा अविस्मरणीय भन्ने नै हुँदैन । म हरेक साल, हरेक मोमेन्टलाई महत्व दिन्छु । हरेक सालको तिहार मेरो लागि उति नै महत्वपूर्ण हुन्छ । जिन्दगी त धेरै लामो छ । अनि कसरी कम्पेयर गर्ने ? जीवनको उत्तराद्र्ध अर्थात् ७० वर्ष पुगेपछि मात्रै यस्ता प्रश्न सोध्ने हो क्या (हाँस्दै) ! त्यतिबेला केही जवाफ दिन सकिएला !
अहिले कति पुग्नुभयो र ?
अँ, म ७० पुग्नै लागेँ, अब १ वर्ष बाँकी छ (हाँस्दै) ।
सिरियस्ली (हाँस्दै) ?
मेरो उमेर मलाईभन्दा बढी बजारका मान्छेलाई थाहा हुन्छ । रेखा थापा यति पुगी, उति पुगी भनेर चर्चा गरिरा’का हुन्छन्, हावाको तालमा । हाम्रो सबैभन्दा ठूलो समस्या के छ भने हामी मान्छेलाई अर्काको कानबाट सुन्छौँ, अर्काको आँखाबाट हेर्छौं ।
तपाईंलाई सोध्दा सही जवाफ नदिएर पनि त्यस्तो भएको होला ?
सोध्दा नभन्ने होइन । भनेको विश्वास गर्ने त्यो मन पनि त हुनुप¥यो नि ! तपाईं मलाई भेट्न अर्काको कुरा सुनेर अर्काको दृष्टिकोण लिएर आउनुहुन्छ भने मलाई कसरी पाउनुहुन्छ ? मलाई कसरी चिन्नुहुन्छ ? मलाई चिन्न, मलाई बुझ्न त तपाईं, तपाईं भएर आउनुप¥यो नि ! बजारको पछि लागेर आएपछि बजारकै हल्ला लिएर त जाने हो नि !
ठ्याक्कै कति पुग्नुभयो, भन्दिनुस् न त ?
म २०४० सालको हो । अब आफैँ हिसाब गर्नुस् कति भएँ ।
तिहारमा भैली खेल्नुहुन्छ कि नाइँ ?
हामी चार–पाँच जना भएर खेल्न जान्थ्यौँ । सय रुपैयाँ दिँदा बेहोस नै हुन्थ्यौँ । ओ माइ गड, सय रुपैयाँ भन्ने हुन्थ्यो । दुई वर्ष जति खेलेँ त्यसपछि खेलिनँ । दिदीहरु सधैँ जानुहुन्थ्यो । म घरमा ममीलाई सघाउँथेँ । मलाई खेल्नभन्दा पनि देउसीभैलो टोलीलाई वेलकम गर्न मन पथ्र्यो ।
तपाईं पछिल्लो समय गैरकलाकार लिएर फिल्म बनाउन प्रेरित हुनुहुन्छ । पहिले फरक क्षमताका सुदर्शन गौतमलाई लिएर ‘हिम्मतवाली’ बनाउनुभयो, अहिले कमला वलीलाई लिएर ‘मालिका’ बनाउनुभयो । किन यस्तो ?
मलाई लाग्छ, हामीले जसको मुद्दा उठाउँदै छौँ, त्यहीँको कलाकार लिएर फिल्म बनायौँ भन्ने त्यसले दर्शकसामु कनेक्ट गराउन मद्दत गर्छ । जसको मुुद्दा हो, त्यो भूगोलको चेहरा फिल्ममा आउनुपर्छ भन्ने लाग्छ । ‘हिम्मतवाली’मा फरक क्षमताका मान्छेको कथा थियो । त्यसैले मैले त्यस्तै कलाकार लिएँ । हात लुकाएर ट्रेन्ड आर्टिस्टलाई पनि खेलाउन सक्थेँ तर हाम गुमाएकैलाई कलाकार बनाएँ । अनि त्यसलाई हजारौँ फरक क्षमताका मान्छेले आफ्नै कथा सम्झिए । अहिले कर्णालीको कथा छ । कर्णालीकै कमलालाई लिएँ ।
रेखा थापाका लागि सफलता भनेको के हो ?
कुनैबेला मैले सपना देखेकी थिएँ, नेपालको नम्बर वन हिरोइन बन्छु । भएँ पनि तर मलाई अब यतिले मात्रै पुगेन । त्यसैले यो सफलता भनेको आत्मसन्तुष्टि मात्रै हो, अरु केही होइन । आफूले गरिरहेको कामप्रति आफू सन्तुष्ट हुनुपर्यो । यो महत्वपूर्ण कुरा हो ।
तपाईंको विचारमा सुपरस्टार हुनु भनेको के हो ?
जो पनि आफ्नो सेक्टरको टपमा पुग्न चाहन्छ । फिल्म खेल्ने मान्छेलाई सुपरस्टार बनौँ भन्ने चाहन्छ । मेरो विचारमा जसले हिँड्दा, जसले बोल्दा, जसले अभिव्यक्ति दिँदा, जसको फिल्म चल्दा एउटा मेला लाग्छ, त्यो नै सुपरस्टार हो ।
त्यसो भए तपाईं सुपरस्टार हो कि होइन ?
मेरो नजरमा म एउटा जिम्मेवार कलाकार मात्रै हो ।
एउटा तीतो सत्य, तपाईंको अहिले पहिलोजस्तो क्रेज छैन, पहिलेजस्तो सफल पनि हुनुहुन्न । सहमत हुनुहुन्छ ?
तपाईंले के आधारमा मापन गर्नुभयो ? यहीँनेर खराबी छ क्या, तपाईंहरुको । धेरै अध्ययन गर्न बाँकी छ । केही वर्षअघि सलमान खानको ‘ट्युबलाइट’ भन्ने फिल्म आयो तर चलेन । के अब सलमान खानको क्रेज घट्यो भन्ने अर्थ लगाउने ? होइन, फिल्म पो नचलेको त, सलमान खान नचलेको त होइन नि !
भनेपछि तपाईं अहिले पनि पहिलेजस्तै सफल हुनुहुन्छ ?
त्यो भन्दा पनि सफल छु ।
तर तपाईंका पछिल्ला फिल्म त पहिले जसरी हिट भएनन् नि, होइन र ?
‘रुद्रपिया’बाहेक अरु फिल्म चलेको हो । मैले पैसा कमाएकै हो । त्यसैले म भन्छु, अरुको कुरा सुन्नुभएन । मलाई सोध्नुप¥यो क्या ! ‘रुद्रपिया’को हकमा, त्यो फिल्मको कन्टेन्ट मन नपराइएको हो, रेखा थापालाई होइन । अस्ति भर्खर मैले सलमान खानको ‘रेस ३’ हेरेँ, मलाई झुर लाग्यो । पूरा नहेरी निस्किएँ तर यसको अर्थ यो होइन कि मलाई सलमान खान मन परेन । कहिलेकाहीँ रोजाइहरु गलत भइदिन्छन् मान्छेका । त्यसलाई स्वभाविक रुपमा लिनुपर्छ ।
Leave A Comment