अस्वस्थ आनीबानी

सोमबार, १० साउन २०७३, १२ : ५९ शुक्रवार , Kathmandu
अस्वस्थ आनीबानी

दैनिक जीवनमा हामीले धेरै यस्ता काम गरिरहेका हुन्छौँ जसले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्ने आनीबानीः  
#    निहुँरियर बस्दा मेरुदण्डमा अतिरिक्त दबाब पर्छ । र, शरीरको आसन बिग्रिन्छ । जसले गर्दा ढाड दुख्ने समस्या हुन सक्छ । मुटु र फोक्सोमा पनि असर पर्न सक्छ ।
#    हतारिएर छिटोछिटो खाँदा ग्यास अथवा कब्जियतको समस्या हुन सक्छ । यस बानीले गर्दा पुरुषहरूमा वजन बढ्ने सम्भावना ८४ प्रतिशत हुन्छ । महिलामा योभन्दा पनि बढी हुन्छ ।
#    बढी मदिरा सेवन गर्दा रक्तचाप बढ्ने समस्या देखिन्छ । कलेजो र मुटु रोग देखिने सम्भावना पनि बढ्छ ।
#    छ घण्टाभन्दा कम सुत्ने मानिसमा वजन बढ्नेदेखि हर्ट अट्याकको समेत समस्या देखिन्छ । यी रोगले गर्दा उमेर घट्ने सम्भावना पनि त्यति नै हुन्छ ।
#    एक दिनमा १० घण्टाभन्दा बढी काम गरे हर्ट अट्याकको खतरा रहन्छ ।
#    लामो समयसम्म धूम्रपान गर्दा फोक्सोको क्यान्सर, उच्च रक्तचाप र मिर्गाैलासम्बन्धी रोग वा मुटु रोग लाग्ने खतरा हुन्छ ।
#    धेरै दिनसम्म एक्लो बस्नुले तपाईंलाई डिप्रेसनका शिकार बनाउन सक्छ । यसले तपाईंलाई धूम्रपान र अस्वास्थ्यकर जंक फुड खाने बानी पार्न सक्छ । त्यसैले मानिसले भरसक लामो समयसम्म एक्लै बस्नु हुँदैन ।
#    हाई हिल लगाउँदा शरीरको सम्पूर्ण वजन खुट्टाको औँलामा पर्छ । यसले शरीरको सन्तुलन र आसन बिगार्छ । जसले गर्दा ढाड दुख्ने र मांसपेशीमा चोट लाग्न सक्छ ।
#    लामो समयसम्म बन्द कमरामा बस्दा शुद्ध हावा पाउन सकिँदैन । जसले फोक्सो, मिर्गाैलासम्बन्धी रोग निम्त्याउँछ । आँखा वा नाकको संक्रमण पनि हुन सक्छ ।

 

Leave A Comment