सफलताको पूर्वाधार

शुक्रबार, ३० कार्तिक २०७५, ०४ : २३ प्रकाश जंग थापा
सफलताको पूर्वाधार

सफल बन्नको लागि डोमेन विशेषज्ञता र सफ्ट स्किल्स उत्तिकै महङ्खवपूर्ण हुन्छ । डोमेन विशेषज्ञता भन्नाले हामीले छनोट गरेका अध्ययन क्षेत्रबाट प्राप्त ज्ञान वा कौशल बुझिन्छ । सबैले बुझ्ने भाषामा भन्दा डिग्री बुझिन्छ । उदाहरणका लागि कसैले मेडिसिनमा डिग्री हासिल गर्छन् भने कसैले इन्जिनियरिङमा । कसैले साहित्यमा डिग्री लिन्छन् भने कसैले अर्थशास्त्रमा । यी क्षेत्रबाट प्राप्त ज्ञान डोमेन विशेषज्ञतामा पर्छ । सफ्ट स्किल्स भन्नाले व्यवहार कौशल बुझिन्छ । उदाहरणका लागि सही निर्णय लिनु, आत्मबलको विकास गर्नु, लक्ष्य निर्धारण गर्नु, तनाव व्यवस्थापन कौशल, संवाद कौशल आदि सफ्ट स्किल्समा पर्छन् । स्टानफोर्ड युनिभर्सिटीको शोधअनुसार एक व्यक्तिको सफलतामा डोमेन विशेषज्ञताको भूमिका १२.५% हुन्छ भने सफ्ट स्किल्सको ८७.५% ।

त्यही शोधअनुसार हाम्रो ९३% समय, ऊर्जा र पैसा डोमेन विशेषज्ञता हासिल गर्न खर्च हुन्छ भने बाँकी ७ प्रतिशत सफ्ट स्किल्स निर्माण गर्नमा । एक साधारण व्यक्तिको तीन भागमा एक भाग समय पढाइमा जान्छ । जब ऊ उच्च शिक्षा हासिल गरिसकेपछि कुनै जागिरको खोजीमा हुन्छ, अवस्था त्यति सहज हुँदैन । स्वीकृति भन्दा अस्वीकृति बढी पाउँछन् । कुनै व्यवसायमा हात हाल्न खोज्दा सुरुमै असफलता प्राप्त हुन्छ । किन ? यसको कारण उसमा सफ्ट स्किल्सको कमी हुनु हो । डिग्री आकर्षक बनाउनतिर लाग्दा व्यक्तित्व आकर्षक बनाउन नसक्नु ।

असफलताको प्रमुख कारणहरु मध्येको एक अर्को पूर्व तयारी नगर्नु पनि हो । हामीलाई टाइटानिक पानी जहाजको बारेमा थाहै छ । हलिउडमा यसबारे फिल्म पनि निर्माण भएको छ । टाइटानिक त्यस समयको सबैभन्दा भव्य पानीजहाज थियो । त्यसमा यात्रा गर्न पाउनु गौरवको कुरा थियो ।

त्यसबेलाका वैज्ञानिकहरु÷इन्जिनियरहरु जसले टाइटानिक डिजाइन गरे, उनीहरु टाइटानिक कहिल्यै नडुब्ने तर्क गर्थे । जहाजमा पर्याप्त लाइफबोट व्यवस्था गरिएको थिएन । जहाज डुब्नु असम्भव जस्तो छ भने लाइफबोट केका लागि ? अपसोच, असम्भव सम्भव भइदियो । सन् १९१२ अप्रिल १५ तारिखको दिन उत्तरी एटलान्टिक महासागरमा डुब्न पुग्यो । मूल कारण थियो हिमपर्वतमा ठोक्किनु । १५०० भन्दा बढीले ज्यान गुमाए । अधिकांश ज्यान गुमाउनेहरु घाइते भएर भन्दा पनि डुबेर मरेका थिए । जहाजमा पर्याप्त लाइफबोट हुन्थ्यो भने अधिकांश बाँच्न सफल हुन्थे । टाइटानिक डिजाइन गर्नेहरु यस प्रकारको घटनाको लागि तयार थिएनन् ।

उनीहरुमा पूर्वतयारी थिएन । नत्र लाइफबोट राखिन्थ्यो । मानव मृत्यु निकै कम हुन्थ्यो । हाम्रो जीवनमा पनि त्यस्तो नहोला भन्न सकिन्न । त्यसकारण भविष्यमा घट्न सक्ने घटनाक्रमप्रति सचेत रहन जरुरी छ । पूर्व तयारी गर्नु अत्यावश्यक छ । जो तयारी गर्दैन र जे हुन्छ देखाजाएगा भन्ने मानसिकता पाल्छ, डुब्ने उही हो । असफल हुने त्यस्तै नमुना व्यक्तिहरु हुन् । त्यसैले पूर्वतयारीलाई प्राथमिकतामा राखौँ । पूर्वतयारी गर्नु पूर्वाधार निर्माण गर्नुसरह हो ।

सफलता सजिलै प्राप्त हुँदैन । त्यसका लागि उपयुक्त वातावरण निर्माण गरिनुपर्छ । यसैलाई हामी सफलताको लागि पूर्वाधार निर्माण भनेर बुझ्छौँ । पूर्वाधार दुई भागमा वर्गीकृत गर्न सकिन्छ । एक, कठिन पूर्वाधार । दुई, नरम पूर्वाधार । कठिन पूर्वाधारमा टेक्नोलोजी, कम्प्युटर, भौतिक संरचना आदि पर्छन् । त्यसैगरी सफ्ट (नरम) पूर्वाधारमा बोल्ने कलाको विकास गर्नु, रचनात्मक कला बढाउनु, सम्बन्ध विकास गर्नु आदि पर्छन् । दुई पूर्वाधारमध्ये सफ्ट पूर्वाधार अमूर्त र शक्तिशाली छ । पूर्वाधार निर्माणको मुख्य उद्देश्य समय स्वतन्त्रता दिलाउनु हो । सफल जीवन निर्माण गर्नु हो । यसको लागि समय, ऊर्जा र पैसाको आवश्यकता पर्छ । पूर्वाधार निर्माण तीन चरणमा गर्न सकिन्छ ।

महत्वको विषय पहिल्याउने
हाम्रो निश्चित उद्देश्य हुन्छ । सीमित मूल्य–मान्यता हुन्छन् । केही मात्र हाम्रो महङ्खवको विषय हुन्छ । बाँकी विषयले त्यति महङ्खव पाउँदैनन् । जुन कुरा गर्न बढी आनन्द आउँछ, त्यही गर्छाैं । त्यही कामले नै हामीलाई सफलताको नजिक पु¥याउँछ । त्यसकारण आफूलाई महङ्खवपूर्ण लाग्ने विषय छान्ने गरौं । जस्तो तपाईंका महङ्खवका विषयमा विचार, सम्बन्ध, स्वास्थ्य, साहित्य आदि पर्न सक्छन् । अधिकांश असफल हुनुको प्रमुख कारणमध्ये आफ्नो मूल्य–मान्यता पहिल्याउन नसक्नु पनि हो । त्यसैले आफ्नो महङ्खव र रोजाइको विषय पहिल्याउनु तपाईंको पहिलो काम हो ।

मन्थन गर्ने
आफ्नो मूल्य पत्ता लगाएपछि त्यस प्राप्तिका लागि के गर्न सकिन्छ त्यसमा ध्यान दिने । गहिरो मन्थन गर्ने । आफूले छनोट गरेको मूल्यका लागि के–कस्तो कदम चालियो भने त्यो प्राप्ति हुनसक्छ, त्यसतर्फ सचेत रहने । सानो भन्दा सानो कुरामा केन्द्रित हुने ।

जब सानो कुरा राम्रोसँग गर्न सक्छौँ ठूला र जटिल काम सहज लाग्न थाल्छन् । यस चरणमा आफ्नो मान्यता र कार्ययोजनालाई कसरी मिलाउने भन्नेतर्फ बढी ध्यान रहन्छ । यस चरणमा पूर्वाधार निर्माणका लागि श्रोत पहिल्याउनु मुख्य काम हो । यदि उचित व्यक्तिको सुझाव र सहयोग लिन सक्यौं भने पूर्वाधार निर्माण कार्य सहज हुन्छ । एउटा घरको निर्माण इन्जिनियरबिना सम्भव हुँदैन । इन्जिनियरको अनुगमनमा बनेको घरमा कयौं दसक बिताउन सकिन्छ । पुस्ता हस्तान्तरण गर्न सकिन्छ । त्यसैगरी उपयुक्त विज्ञको सहयोगले पूर्वाधार निर्माण थप प्रभावकारी हुन्छ । ढिलासुस्ती हुँदैन ।

कार्ययोजना लागू गर्ने
यो पूर्वाधार निर्माणको तेस्रो चरण हो । यस चरणमा हामी दु्रत गतिमा काम थालनी गर्छौं । आफ्नो महङ्खव थाहा पाएपछि, त्यसको प्राप्तिका लागि मार्ग पत्ता लगाएपछि बल्ल पूर्वाधार निर्माण गरिन्छ । मानौं तपाईंको महङ्खवको काम विचार टिपोट गर्नु हो रे ! राम्रो विचार चाहेकोे समयमा आउँदैन । आउँछ त कहिले खाना खाँदा, कहिले भाडा माझ्दा त कहिले नुहाउँदा ।

विचार आएको केही सेकेन्डभित्र टिपोट गर्न सकिएन भने सजिलै बिर्सन्छौँ । मानव मस्तिष्कले एक पटकमा ७ देखि ९ वटा सन्देश ह्यान्डल गर्न सक्छ । त्यसैले उचित पूर्वाधारको व्यवस्था गरिनु पर्छ । यसको लागि भ्वाइस रेकर्डर किन्न सकिन्छ । उचित एप्लिकेसन मोबाइलमा डाउनलोड गर्न पनि सकिन्छ । त्यसैगरी व्यक्तित्व विकासलाई महङ्खव दिनुहुन्छ भने विभिन्न स्रोत व्यक्तिबाट तालिम लिन सक्नु हुन्छ । र, यसको लागि राम्रै लगानी गर्नुपर्ने हुन्छ । के हामीमा यत्तिको लगानी गर्ने आँट छ ? समय छ ? ऊर्जा छ ? जो लगानी गर्न सक्दैन उसले पाउने भनेको असफलता मात्र हो ।

सफलता प्राप्तिको लागि पूर्वाधार निर्माणको विकल्प छैन । भगवान्ले उसैलाई सहयोग गर्छ, जसले आफैँलाई सहयोग गर्छ । भगवान्ले उसैलाई सहयोग गर्छ, जसले सफलताको लागि पूर्वाधार खडा गर्छ । 
 

Leave A Comment