भासेक्टोमीले सेक्स पावर घट्दैन

बिहिबार, ०६ मङि्सर २०७५, ०६ : ४९ शुक्रवार
भासेक्टोमीले सेक्स पावर घट्दैन

मेरो उमेर ४० वर्ष भयो । म अहिले परदेशी जीवन बिताइरहेको छु । मैले २६ वर्षको उमेरमा भासेक्टोमी अपरेसन गरेको थिएँ । अपरेसन गरेदेखि यौन सम्पर्क पहिले भन्दा बढेर आयो । पहिले हप्तामा ३ पटक हुने यौन सम्पर्क ६–७ पटक हुन थाल्यो । अपरेसन गरेको ३ वर्षपछि म परदेशतिर लागेँ । ११ वर्षदेखि म परदेशी जीवन बिताइरहेको छु । परदेशमा ७ वर्षदेखि एक जना सेक्स पर्टनर छ । सुरुको दिनमा म ६ घण्टामा ३ देखि ४ पटकसम्म यौन सम्पर्क गर्नसक्थेँ । १८ घण्टासँगै बस्दा छ पटकसम्म गर्थें । हाम्रो भेट १ देखि २ महिनाको अन्तरालमा हुँदै आइरहेको छ । 
तर ३वर्ष जति भयो, मेरो सेक्स पावर घटेजस्तो लागिरहेको छ । आफ्नो पार्टनरसँग २० घण्टा सँगै बसे पनि ३ पटकभन्दा बढी यौन  सम्पर्क गर्न सक्दिनँ । पहिलो चोटि ठीक हुन्छ । दोस्रो पटकदेखि गर्दागर्दै स्खलन नहुदै लिङ्ग लुलो हुन्छ । यो समस्या घरमा म आउँदा पनि हुन्छ । 
म २ वर्षदेखि मदिरा पनि १ हप्तामा २–४ प्याक पिउँछु । किन यस्तो भएको होला ? के बुढेसकाल लागेको हो त ? कहिलेकाहीँ पोर्न फिल्म हेरेर हस्तमैथुन गर्छु । यही कारणले त होइन ? कि भासेक्टोमी अपरेसन गरेर हो ? 
(युएइबाट)

पुरुषको स्थायी बन्ध्याकरण गर्नुलाई भासेक्टोमी भनिन्छ । भासेक्टोमीलाई स्थायी बन्ध्याकरण पनि भनिन्छ । भासेक्टोमी गरेर न त यौन जीवनमा असर हुन्छ, न त शारीरिक शक्ति नै कमजोर हुन्छ ।  
भासेक्टोमी गरेपछि यौन जीवनमा असर पर्छ भन्नु भ्रम मात्रै हो । भासेक्टोमी गर्दैमा यौन क्षमता कमजोर हुन्न । भासेक्टोमी गरेर यौन क्षमतामा कमी आयो भन्नु अफवाह मात्रै हो ।

उमेर बढ्दै जाँदा शारीरिक तथा मानसिक कारणले यौन क्रीडा कम हुन्छ । भासेक्टोमी गर्दैमा सुरुको समयमा धेरै यौन चाहना हुने पनि हुँदैन । धेरै यौन सम्पर्कको चाहना र बढी क्षमता प्रदर्शन गर्नु पुरुषको स्वभाव हो । यौन र क्रीडामा पुरुषको सक्रियता हुन्छ भने अधिकांश महिलाको निष्क्रियता हुन्छ । महिलालाई सक्रिय बनाउने काम पनि पुरुषको हो । 

स्खलन नहुनुलाई ड्राई स्खलन भनिन्छ । स्खलन हुनका लागि वीर्य उत्पादन भएर जम्मा हुनुपर्छ । वीर्य नै जम्मा नभई कसरी स्खलन हुने ? साधारणतः मानिसको वीर्य केवल दुईदेखि तीन मिलिलिटर (एमएल) मात्रै हुन्छ । त्यस कारणले १८÷२० घण्टाको बीचमा दोस्रो र तेस्रो पटकको यौन सम्पर्कमा वीर्य स्खलन कम हुँदै जानु सामान्य हो । १८÷२० घण्टाको बीचमा २÷३ पटक यौन सम्पर्क गरेपछि स्खलन नै नहुनु पनि सामान्य हो । 

छोटो—छोटो समयमा यौन सम्पर्क गर्दा धेरै यौन चाहना हुने र लामो समयको अन्तरालमा यौन सम्पर्क गर्दा यौन चाहना कम हुने पनि हुँदैन । यौन सम्पर्क जति धेरै समयको अन्तरालमा गर्यो त्यति नै आनन्दमयी हुन्छ । यौन सम्पर्क काम नपाएर दिनदिनै वा दिनको धेरै पटक गर्ने बानी व्यवहारोचित हैन । 
एक भन्दा बढी यौन जोडीसँग यौन सम्पर्क गर्नाले पनि यौन सन्तुष्टि हुुँदैन । एक भन्दा बढी यौन जोडीसँग यौन सम्पर्क गर्नाले भावना बाँडिन्छ । 

सामान्य व्यक्तिमा उच्च यौन व्यवहार हुँदैन । पोर्न भिडियो हेर्नाले यौन चाहना बढी हुन्छ तर यौन सम्पर्क गर्ने शक्ति र क्षमता भने क्षीण हुँदै जान्छ । त्यस कारणले हेरेर मनोरञ्जल लिनु भन्दा यौन जोडीसँग यौन क्रीडा गर्दा आनन्ददायी हुन्छ । 

मदिरा र सूर्तिजन्य पदार्थको सेवनले पनि यौन क्रीडामा असर पर्छ । यौन क्रीडा कम हुन्छ । अल्कोहलले यौन चाहना बढाउँछ तर यौन शक्ति र क्षमता भने बढाउँदैन । रक्सी, चुरोट सेवन गर्ने बानी छ भने त्यसलाई छोड्नु पर्छ । रक्सी, चुरोटले यौन जीवनमा असर पुग्न सक्छ । 

यौन सम्पर्कको चाहना क्षमता र शक्तिमा ह्रास आएको महसुस भयो भने मनोरोग विशेषज्ञसँग परामर्श लिनु उचित हुन्छ । बजारमा पाइने अनावश्यक औषधिको जथाभावी प्रयोग भने गर्नु हुँदैन । यौन क्षमता बढाउने नाममा जथाभावी औषधिको प्रयोग गर्दा औषधिको असर हुनुका साथै यौन क्षमतामा ह्रास आउने सम्भावना बढ्दै जान्छ । चिकित्सकको परामर्शबिना जथाभावी यौन सम्पर्क बढाउने भन्दै भियग्रा जस्ता औषधिको प्रयोग गर्नु हुँदैन । यौनमा जस्तो आनन्द अन्य केमा हुन सक्छ र ? त्यसैले यौनको दुरुपयोग गर्नु हुँदैन । 

२५ वर्षको आसपासमा यौनजन्य क्रियाकलाप बढी आकर्षक र मनोरञ्जनात्मक हुन सक्छ । यौन क्रीडाभन्दा यौनजन्य सोच, बानी, व्यवहार र आत्मियता नै उत्तम कुरा हो । उमेर ढल्किँदै गएपछि शारीरिक, भावनात्मक, सामाजिक र आध्यात्मिक रुपमा जोडिने भएकाले यौनजन्य क्रियाकलापलाई प्रश्रय दिइँदैन । 

१८-२० घण्टाको बीचमा ३÷४ पटक यौन सम्पर्क गर्नु खतराजन्य हो । यो त यौनको दुरुपयोग नै हो । यस्तो व्यवहार गर्नु हुँदैन । उच्च यौन बानी व्यवहारले मानिसलाई आत्महत्याको सिकार हुने सम्मको सम्भावना हुन्छ । तसर्थ बढी यौनजन्य बानी व्यवहारबाट सतर्क रहनु पर्छ । जीवनलाई सार्थक रुपमा रचनात्मक कार्यमा प्रयोग गर्नुपर्छ । दुःख, पीडा तथा असहजताको अवस्थामा यौन सोच र क्रीडा नगर्दा नै उत्तम हुन्छ । 
एउटा यौन सहपाठी अस्वस्थ भएको अवस्थामा अर्को सहपाठीले यौन सम्पर्क गर्न खोज्नु हुँदैन । मनोभाव बुझेर यौन सम्पर्क गर्नुपर्छ । जथाभावी धेरैजना यौन जोडीसँग यौन सम्पर्क गर्नु पनि उचित हुँदैन । साथीभाइका कुरा सुनेर यौनका विषयमा धेरै अनावश्यक चिन्ता लिनु हुँदैन । 
प्रस्तुतिः उपेन्द्र खड्का
 

Leave A Comment