हस्तमैथुनले बढाउँछ बाँझोपन

बुधबार, १२ मङि्सर २०७५, ०५ : १७ शुक्रवार
हस्तमैथुनले बढाउँछ बाँझोपन

हस्तमैथुन यौन सन्तुष्टिका लागि गरिन्छ । पुरुषले मात्रै हैन महिलाले पनि हस्तमैथुन गरेर यौन सन्तुष्टि लिन्छन् । हस्तमैथुन किशोरावस्थादेखि प्रौढ अवस्थासम्म हुन्छ । यौन जोडी नभएको अवस्थामा हस्तमैथुन गरेर यौन सन्तुष्टि लिन सकिन्छ । 

आफ्ना संवेदनशील अंग चलाएर, मालिस गरेर तथा आफूलाई मनपर्ने यौन जोडीको कल्पनामा डुबेर पनि हस्तमैथुन गर्न सकिन्छ । यो महिला–पुरुष दुवैमा लागु हुन्छ । 

विशेषगरी यस्तो अभ्यास सैनिक, प्रहरी, छात्रा÷छात्रवासमा बढी हुन्छ । हस्तमैथुन एकल वा सहयोगीको मद्दतले वा आफैँ एक्लै गर्न सकिने अभ्यास हो । हस्तमैथुन महिला–पुरुषबीच एकअर्कामा पनि हुन्छ । पुरुषले पुरुषको, महिलाले महिलाको पनि गर्न सकिने अभ्यास हो । 

यौन क्रीडा गर्दा महिलाको योनिबाट रसादी निस्किन्छ । हस्तमैथुन गरेर महिलाले रसादी निकालेर पनि यौन आनन्द लिन सक्छन् । पुरुषको वीर्य स्खलन हुन्छ । 

व्यक्तिअनुसार यौन क्रीडाको स्वभाव फरक–फरक हुन्छ । तसर्थ कतिपयले हस्तमैथुनलाई प्रश्रय दिन्छन् । कसैले यौन एवं यौन क्रीडालाई प्रश्रय दिन्छन् । हस्तमैथुन यौन सन्तुष्टि लिने अप्राकृतिक उपाय हो भने यौन र यौन क्रीडा प्राकृतिक हो ।

हरेक क्रियाकलापको फाइदा र बेफाइदा हुन्छन् । हस्तमैथुन क्रियाकलापको फाइदाको रुपमा एकल यौन सन्तुष्टि वा सहपाठीसँगको सन्तुष्टिलाई लिन सकिन्छ । यसको बेफाइदा, आफ्नो यौन जोडीमा असन्तुष्टि पैदा हुन्छ । हस्तमैथुनको अभ्यास गर्ने पुरुषमा शिघ्र स्खलनको समस्या हुन्छ । पुरुषमा हुने शीघ्र स्खलनका कारण यौन जोडीबीच यौन सन्तुष्टि हुँदैन । 

बढी हस्तमैथुन गर्दा यौन अंगमा संक्रमण हुने, शीघ्र पतन हुने समस्या हुन्छ । हात तथा यौनाङ्गमा भएका फोहोरका कारणले महिला तथा पुरुषमा यौनाङ्गको संक्रमण हुने जोखिम हुन्छ । हस्तमैथुनका कारणले भिरिङ्गी, एड्स र सिफिलिसजस्ता यौन रोगको जोखिम हुन्छ । यौनाङ्गमा घाउ खटिरा लगायतको जोखिम हुन्छ । 

हस्तमैथुनलई नै यौन क्रीडाको रुपमा व्यवहार गर्दा यौन जोडीहरुमा शंकाको भावना उत्पन्न हुन्छ । निरन्तर हस्तमैथुन गर्नाले यौन क्रीडामा हुने असक्षमताले गर्दा यौन जोडीबीच सम्बन्धविच्छेद हुने सम्भावना हुन्छ । 

महिलामा पनि नियमित हस्तमैथुन गर्दा यौन क्षमतामा कमी आउँछ । तसर्थ कुनै पनि व्यक्ति तथा यौन जोडीले हस्तमैथुनलाई यौन क्रीडाको वैकल्पिक उपायको रुपमा लिनु हुँदैन । सकभर हस्तमैथुनलाई निरुत्साहित गर्दा राम्रो । यौन जीवनमा समेत असर गर्ने भएकाले नियमित र लामो समय हस्तमैथुन गर्नु हुँदैन । 

दैनिक हस्तमैथुन गर्नाले पुरुषको शुक्रकीट वयस्क हुन पाउँदैन । र वयस्क नभएको शुक्रकीटले यौन जोडीबीच यौन सम्पर्क हुँदा डिम्बसँग निषेचित हुन सक्दैन । 

तसर्थ पुरुषको शुक्रकीट र महिलाको डिम्ब निषेचित हुन नसकी बाँझोपनको सम्भावनासमेत हुन्छ तर महिलामा भने यो अवस्था लागू हुँदैन । महिलाले गर्ने हस्तमैथुनले बाँझोपनको समस्या निम्त्याउँँदैन । 
हस्तमैथुन गरेर मानसिक रुपमा बिना सहपाठी पनि एकल वा यौन जोडीबीच आनन्द लिन सकिन्छ । प्रायः व्यक्तिले हस्तमैथुन गरेका हुन्छन् तर त्यसलाई निरन्तरता दिनु घातक हो । 

नियमित रुपमा हस्तमैथुन गर्ने यौन जोडीले एकअर्कालाई सन्तुष्टि दिन सक्तैनन्, जसले गर्दा नैराश्यता पैदा भई आफू केन्द्रित हुनपुग्छ र उसले एक्लो महसुस गर्न सक्छ । नियमित हस्तमैथुन गरेर यौन सन्तुष्टि मेटाउने व्यक्तिले एक्लोपनको महसुस गर्छ र अन्त्यमा त्यस्तो व्यक्ति मानसिक रोगको सिकार भई आत्महत्यासम्म गर्ने जोखिम हुन्छ । 
प्रस्तुतिः उपेन्द्र खड्का
 

Leave A Comment