सञ्जालमा यौन काण्ड : जिस्कँदा जीवन बर्बाद

आइतबार, १६ मङि्सर २०७५, ०५ : ३० शुक्रवार
सञ्जालमा यौन काण्ड : जिस्कँदा जीवन बर्बाद

फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालमार्फत् सहजै फैलियो १९ मिनेट लामो यो काण्ड फेसबुकको म्यासेन्जर र ट्वीटरको डाइरेक्ट म्यासेज सुविधाबाट इच्छुकहरुको मोबाइल–मोबाइलमा पुग्यो । 

क्लिप हेरेर सञ्जालमा चुट्की लिने र ‘अझै हेर्न पाइएन’ भन्दै माग्नेहरुको संख्या निकै  बाक्लो छ । 

सेक्स क्लिप बाहिरिए लगत्तै सो काण्डमा जोडिएका युवायुवतीले माफी मागेको अर्को भिडियो क्लिप सार्वजनिक भयो । क्लिपमा युवतीले मास्क लगाएकी छन् भने युवाले आफ्नो अनुहार सार्वजनिक गरेका छन् ।

माफी मागिएको भिडियोमा दुवैले भिडियो आफैँले खिचेको स्वीकार गरे पनि भिडियो मोबाइलबाट ह्याक गरी फेसबुकमा राखिदिएको दाबी गरेका छन् । माफी मागेको भिडियोमा उनीहरुले यस्तो भनेः 

युवकः अहिले सामाजिक सञ्जालमा जुन भिडियो भाइरल भएको छ, वास्तवमा त्यो हामीले बनाएको हैन । त्यो कसैले हाम्रो प्राइभेट कुरा चोरेर, ह्याक गरेर सामाजिक सञ्जालमा बदनाम गरिएको छ ।

युवतीः यसमा कसैले जबर्जस्ती गरेको छैन । हाम्रो मन मिलेरै यस्तो गरेको हो । यसरी पठाउने तयारीका लागि पनि गरिएको थिएन । सायद हामीलाई कसैले ब्ल्याकमेल गरेको हुनसक्छ । त्यसमा उसले जे बोलेको छ (पोर्न स्टार बनाइदिन्छु भन्ने वाक्य), त्यस्तोे बोलेको हैन, मजाक मात्र गरेको हो । त्यस्तो नराम्रो गर्छु भनेर गरेको वा भनेको हैन । यसमा उसको गल्ती छैन । अहिले हामी सँगै बसेको पनि एक वर्ष भइसक्यो । हामीले विवाह गरेको पनि एक वर्ष भइसक्यो । पेपरअनुसारै बिहे गरेर बसेका छौँ । नेगेटिभ नसोचिदिनुहोला । उसले जे बोलेको हो, मजाकमा बोलेको हो । उसलाई नराम्रो नसोची दिनुहोला । अब आउने दसैँमा हामी नेपाल गएर विवाह गर्ने पनि फिक्स भइसकेको छ । नराम्रो नसोची दिनुहोला ।

युवकः यसरी भिडियो कसले हाल्यो, त्यो मैले पनि पत्ता लगाउनु छ र तपाईंहरुले पनि हेल्प गर्नुहोला । मेरो प्राइभेट भिडियो कसले लिक गरेर भाइरल बनाइदियो मै दंग परिरहेको छु । क्लास छुट्टि हुनेतिर एउटा साथीले म्यासेज पठाएको थियो, ‘गर्लफ्रेन्डसँग ब्रेकअप भयो भन्दैमा यस्तो भिडियो नहालिदिनुपर्ने ।’ मैले त्यस्तो के गरेँ र ? म आफैं कन्फ्युज भएँ । के नै हालेँ र मैले ? भनेर साथीलाई भन्दा उसले भिडियो पठाइदिऊँ भन्यो । जब मैले मेरो भिडियो आफैँलाई जानकारी नभई लिक भएको पाएँ, म त भिडियो हेरेर आफैँ सक् भएँ ।
अहिले युवकको फेसबुक पेज निस्क्रिय छ ।

यसरी लिक भयो भिडियो ?
यी दुवैको दोस्रो भिडियो हेर्दा जिस्केर आफैँले भिडियो बनाए पनि आफैँले लिक गरेको देखिन्न । युवकले आफ्नो र युवतीको आइफोनबाट भिडियो खिचेको देखिन्छ । युवतीको आइफोनमा रहेको भिडियो लिक भएको दाबी आइरहेको छ ।

युवतीलाई उनको साथीले एप्पल आइडी बनाइदिएको र सोबारे ती साथी जानकार भएकाले साथीबाट यो लिक भएको दाबी पनि बजारमा आएका छन् । जानकारका अनुसार एप्पल आइडीबारे जानकारी भएको अवस्थामा र सो क्लाउड कनेक्ट भएको अवस्थामा आफ्नो मोबाइलमा भएका तस्बिर र भिडियो अन्य व्यक्तिले हेर्न सक्छन् ।

सो भिडियो जुन पेजबाट सार्वजनिक भएको थियो, त्यहाँबाट हटिसकेको छ तर डाउनलोड गरेर राख्नेले विभिन्न ग्रुपमार्फत अझै यसलाई फैलाइरहेका छन् । 

अनेकथरिका काण्ड
सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यो पहिलो काण्ड भने हैन । थरिथरिका काण्ड विभिन्न समयमा आइरहन्छन् । सेक्स काण्डको संख्या पनि उत्तिकै छ । 
सामाजिक सञ्जालमा बस काण्ड आयो । बसमा सवार एक यात्रुले हस्तमैथुन गरिरहेको दृश्य थियो त्यसमा ।

लगत्तै तोरीबारी काण्डको नाममा अर्को सेक्स क्लिप सार्वजनिक भयो । यसअघि पनि बेस्टुकाण्ड, एयरफोन काण्ड, फिटकिरी काण्ड लगायतका नाममा तालतालका सेक्स काण्ड आए सामाजिक सञ्जालमा ।

बेस्टु काण्ड
१७ वर्षीय एक किशोरीले आफ्नो सम्बन्धबारे फेसबुकमा रहेको एक पेजमा गरेको कमेन्ट बेस्टु काण्डको रुपमा फैलियो गत वर्ष । नेप्लिज टिन एजर कन्फेसन नामक फेसबुक पेजमा ती किशोरीले आफ्नो प्रेमी नभएको, फेसबुकमा च्याट गर्ने क्रममा साथी बनेको व्यक्ति प्रेमी बनेको र उसलाई घरमा कोही नभएको बेलामा बोलाएर यौन सम्बन्ध राखेको लेखेकी थिइन् । प्रेमीपछि केही दिनमा आफ्नो बेस्ट फ्रेन्ड घरमा आउँदा ऊसँग पनि यौन सम्बन्ध बनेको र प्रेमीभन्दा साथीसँगको सम्बन्धमा बढी मजा आएको लेखिन् । बेस्ट फ्रेन्डसँग मजा आएको शब्दलाई लिएर यसलाई ‘बेस्टु काण्ड’ भन्दै प्रचार गरियो ।

जेम्स काण्ड
गत वर्ष नै जेम्स स्कुलमा पढ्ने किशोर–किशोरीको नग्न भिडियो इन्टाग्राममा सार्वजनिक भएको थियो । भिडियो उनीहरुले नै खिचेका थिए । भिडियो क्लिपमा दुवैको अनुहार प्रस्टै देखिन्थ्यो । इन्टाग्राममार्फत सार्वजनिक भएको क्लिप पछि फेसबुकमा रहेको ‘बोका संगठन’ नामक पेजले सबैतिर फैलायो र जेम्स काण्डको रुपमा चर्चा पायो ।

एयरफोन काण्ड
यो पनि एउटी युवतीले आफ्नो यौन सम्बन्धबारे फेसबुकको एउटा पेजमा लेखेको सन्देश हो । सन्देशमा उनले लेखेकी थिइन्, ‘म धेरै पहिलादेखि रिलेसनमा थिएँ । ५० पटक भन्दा बढी समय यौन सम्बन्ध भयो । होटलमा रुम लिन पैसा नहुने भएकाले प्रेमीसँग जंगलमा जाने गर्थें तर प्रेमीसँग सम्बन्ध राख्दा धेरै सन्तुष्टि हुन छाड्यो । एक पटक ट्राइ गरौँ न भनेर प्रेमी र मेरो एयरफोन प्रेमीको लिंगमा बाँधेर यौन सम्बन्ध राख्दा मजा आयो ।’

फिटकिरी काण्ड
गत वर्ष अर्को सेक्स काण्ड चर्चामा आयो, फिटकिरी काण्डको रुपमा । यो पनि एक युवतीले फेसबुकको वुमन वारियर नेपाल नामको पेजमा आफ्नो यौन अनुभवबारे लेखेको सामग्री हो । त्यसमा लेखिएको थियो, ‘मैले विवाह गर्न लागे पनि तनाव भयो । म भर्जिन थिइनँ । श्रीमान्ले म भर्जिन नभएको थाहा पाउलान् भन्ने डर थियो । कसैले यौनाङ्गमा फिटकिरी दल्दा भर्जिन जस्तै हुने सुझाव दिएपछि त्यहीअनुसार गरेँ । पहिलो सुहागरातमा मेरो रगत पनि आयो । श्रीमान्ले चाल पनि पाएनन् । 

यसरी फैलिन्छन् यस्ता सामग्री
सरकारले शब्द चयनको आधारमा फिल्टर मेसिन राखेर पोर्नसम्बन्धी सामग्री रहेका साइट नेपालभित्र हेर्न नमिल्ने बनाएको छ । यस्ता क्लिपहरु भने सामाजिक सञ्जालका प्रयोगकर्तामाझ व्यक्तिगत खातामा एकपछि अर्को गर्दै फैलिने गर्छ । 

सामाजिक सञ्जालले व्यक्ति–व्यक्ति र समूह बनाएर गोप्य रुपमा एकल वा समूहगत रुपमा कुराकानी गर्ने, तस्बिर, भिडियो बाँड्ने सुविधा दिन्छ । यहाँ सरकारी संयन्त्रको पहुँच पुग्दैन । यस्तै प्राइभेट च्याट रुममार्फत यस्ता सामग्रीहरु फैलने गरेका छन् ।

सामाजिक सञ्जालमा आ–आफ्नो रुचि अनुसारको सामग्री बाँड्न विभिन्न समूहको नाममा पेज बनेका छन् । त्यस्ता पेजले यस्ता सामग्री फैलाउने गरेको देखिन्छ । 

‘बेस्टु काण्ड’ ‘नेप्लिज टिन एजर कन्फेसन’ नामक फेसबुक पेजमार्फत फैलिएको थियो । ‘जेम्स काण्ड’ बोका संगठन नामक फेसबुक समूहले भाइरल बनाएको थियो भने ‘फिटकिरी काण्ड’ म्यान्स एन्ड वुमन्स रिभोलुसनरी रुम र वुमन वारियर नेपाल नामक फेसबुक पेजमार्फत फैलिएको थियो । यस्ता पेजहरु हजारौँको संख्यामा छन्, जसले यस्ता सामग्री फैलाउन सघाइरहेको देखिन्छ ।

पर्दैनन् फन्दामा
रमाइलोका लागि खिचिएको सेक्स क्लिप सार्वजनिक हुन थालेको १० वर्षभन्दा बढी भइसक्यो । यसको चपेटामा सामान्य युवायुवती मात्रै हैन सेलिब्रिटीहरु पनि परेका छन् ।
२०६६ सालताका नायिका नम्रता श्रेष्ठको यस्तै व्यक्तिगत भिडियो बाहिरिएको थियो ।

त्यतिबेला फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको प्रयोग व्यापक थिएन । तापनि मोबाइल, सिडी हुँदै नायिका नम्रताका भिडियो क्लिप फैलिएको थियो । सोलगत्तै मोडल तथा नायिका पूजा लामाको ओरल सेक्स क्लिप सार्वजनिक भयो र लगत्तै उनले  काण्डसँग जोडिएका व्यक्तिसँग विवाह गरिन् । त्यस्तै केही महिनाअघि परी तामाङको सेक्स क्लिप बाहिरिएको थियो ।

कडा छ कानुन, तर फेला पर्दैनन् कोही
अर्चना पनेरु लगायतका केही युवतीले पोर्न स्टार बन्ने भन्दै आफ्नो भिडियो आफैंले सार्वजनिक गर्ने गरे पनि यस्ता सामग्री अन्य असम्बन्धित व्यक्तिको हातमा पुग्दा बाहिरिने गरेको देखिन्छ । 

रमाइलोका लागि रेकर्ड गरेर बाहिरिएकाहरुको हकमा कसैले मोबाइल बनाउन जाँदा बाहिरिएको बताउने गर्छन् भने कसैले ह्याक गरेर अरुले नै हालिदिएको दाबी गर्छन् । प्रहरीकोमा उजुरी पनि पर्छ तर अहिलेसम्म अर्काको निजी जीवनसँग जोडिएका यस्ता सामग्री सार्वजनिक गरेर अपराध गरेकाहरु कमै मात्र पक्राउ पर्ने गरेका छन् ।


आफैँ खिच्न पनि पाइन्न
कानुनअनुसार व्यावसायिक प्रयोजनका लागि मात्रै हैन, व्यक्तिगत शोखका रुपमा पनि यस्ता अश्लील सामग्री बनाउन कानुनले रोक लगाएको छ । मुलुकी ऐन अपराध संहिता २०७४ ले अर्चना पनेरुजस्ता पोर्न क्लिप बनाउने शौखिनलाई मात्र होइन, यस्ता सामग्रीको प्रचार गर्नेलाई पनि कार्बाही गर्न सक्छ ।
संहिताले शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने अश्लील किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्वीर, रेकर्ड गर्न विद्युतीय सञ्चार माध्यमबाट फैलाउन रोक लगाएको छ ।

फेसबुकका विभिन्न पेज या म्यासेन्जरमार्फत यस्ता सामाग्रि आदान प्रदान गर्नेलाई कानुनअनुसार एक वर्षसम्म कैद हुनसक्छ । कानुन त छ तर कसले सार्वजनिक गरिदियो भन्ने पत्तै नलाग्दा जिस्केर बनाएको भिडियो सार्वजनिक भएर बेइज्जत हुँदा पनि पीडित भएर बस्नुपर्ने बाध्यता छ ।

नेपालमा ‘जानकारी छैन’
दुवै जना नेपाली भएकाले उनीहरुले नेपालमा पनि उजुरी दिएर व्यक्तिगत क्लिप सार्वजनिक गर्नेको पहिचान गर्न सक्छन् तर नेपालको सुरक्षा निकायमा यसबारे उजुरी आएको छैन ।
साइबर क्राइमसम्बन्धी अनुसन्धान गर्ने महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले उजुरी आए अनुसन्धान गर्न सकिने बताउँदै अहिलेसम्म यस्तो उजुरी नआएको जानकारी दिए ।

‘कसैले स्वेच्छाले रेकर्ड गरेको सामग्री सार्वजनिक भएपछि कानुन आकर्षित हुन्छ,’ सिंहले भने, ‘प्रारम्भमा सार्वजनिक गर्ने व्यक्ति खोजिन्छ, त्यसपछि त्यस्ता सामग्री बनाउने प्रयोजन व्यापारिक देखिए खिच्नेमाथि समेत कार्बाही हुन्छ ।’

सञ्जालबारे छैन नीति
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनको आधारमा नेपालको दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दुरसञ्चार प्राधिकरणले करिब पाँच लाख साइटलाई नेपालमा हेर्न नमिल्ने बनाएको छ । असोजबाट सरकार यस्ता साइट नियन्त्रणमा कस्सिएको थियो ।

सरकारी निकायले बेलाबखत फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युबजस्ता सामाजिक सञ्जाल पनि अनुगमन गरेर कार्बाही गर्ने चेतावनी दिन्छ तर यो ध्वाँसबाहेक केही हुन्न । केही अश्लील साइट नेपालभित्र हेर्न नमिल्ने बनाए पनि इन्टरनेट प्रयोगकर्तामाझ लोकप्रिय सञ्जाल नियमन र नियन्त्रणमा सरकारी निकाय निरीह देखिन्छ ।

जबकि अश्लील सामग्री भण्डार र फैलाउन सामाजिक सञ्जाल पनि उत्तिकै सक्रिय छन् । बौद्धिक बहसको थलो मानिने ट्वीटरमा बग्रेल्ती पाइन्छन्, यस्ता सामग्री । यसमा विदेशी मात्र हैन, नेपाली सामग्रीसमेत उत्तिकै छ । सर्च गर्ने हो भने अश्लील सामग्री  ट्वीटरमा समेत सहजै फेला पर्छन् । इन्स्टाग्राम त लाइभ सेक्सका लागि बदनाम हुन थालिसकेको निकै भइसक्यो । युट्युबले अश्लील सामग्री नियन्त्रण गर्ने गरे पनि नेपालीका कयौँ निजी सेक्स क्लिप फेला पर्छन् । फेसबुकमा सार्वजनिक रुपमै अश्लील सामग्री फेला पर्दैन तर यस्ता सामग्री फैलाउन यो नै प्रमुख माध्यम बनेको देखिन्छ ।

प्राधिकरणका अनुगमन विभागका निर्देशक विजय रायका अनुसार हालसम्म पाँच लाख अश्लील सामग्री सम्प्रेषण गर्ने वेबसाइट बन्द गरिएको छ । अझै यस्ता वेबसाइट बन्द हुने क्रम जारी रहेको राय बताउँछन् । 
अश्लील सामग्री सम्प्रेषण गर्ने वेबसाइट कति छन् भन्ने यकिन नभएको निर्देशक राय बताउँछन् । यस्ता धेरै साइट विदेशबाटै होस्टिङ भएको पाइएको र सर्च गर्दा अधिकांश अश्लील वेबसाइटमा क्यालिफोर्निया (अमेरिकाको) नाम आउने गरेको उनले बताए ।

‘पूर्णरुपमा बन्द गर्न चुनौती छ,’ उनले भने ।

सञ्चार मन्त्रालयमा भने कति वेबसाइट बन्द भए भन्ने तथ्याङ्क नै छैन । मन्त्रालयका सहायक प्रवक्ता मुकुन्द शर्माले मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई त्यस्ता वेबसाइट बन्द गर्ने निर्देशन दिएको तर कति बन्द भए भन्ने तथ्यांक नभएको बताए ।

शर्माका अनुसार सामाजिक सञ्जलबारे भने कुनै छलफल भएको छैन । त्यसमा आउने सामग्रीलाई प्रतिबन्ध लगाउने वा व्यक्तिमाथि कार्बाही गर्नेबारे कुनै योजना नरहेको समेत उनले जनाए ।

 

भाइरल पछाडिको मनोविज्ञान
सामाजिक सञ्जालमा जे धेरै फैलिन्छ त्यसलाई भाइरल भनिन्छ । हिजोआज हरकोही भाइरल हुन चाहन्छन् । फेसबुक, युट्युब, ट्वीटरजस्ता हरेक डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमा छाउन चाहन्छ । यसका लागि कोही आफैं यस्ता सामाग्रि बनाउँछ, कोही अरुको दृष्ट मनोबृत्तिको फन्दामा पर्दा अनाहकमा भाइरल भइदिन्छन् ।
भाइरल कन्टेन्ट कस्ता हुन्छन् त ? 
भाइरलका पछाडि हाम्रो मस्तिष्कले काम गरिरहेको हुन्छ । यो त सब दिमागको खेल हो ।

भाइरल कसरी ?

कुनै पनि कन्टेन्ट कसरी भाइरल हुन्छ भन्ने उत्तर सजिलो हुन्थ्यो भने सायद हरकोही भाइरल बन्थे । गुणस्तरयुक्त, नयाँपन, केही गर्न योग्य, पढ्नयोग्य र रमाइलो कन्टेन्टले केही सय सोसल सेयर पाउँछ तर भाइरल नै हुनसक्दैन । यसबारे भएका सोधमा यस्ता सामाग्रि भाइरल हुनुका केही कारण भने देखिएका छन् ।
१. नवीनता 
न्युरोसाइन्सका शोधकर्ताहरुका अनुसार मानव मध्यमस्तिष्क (सब्सटान्सिया निग्रा÷भेन्ट्रल टेगमेन्टल)ले डोपामाइनको तह निर्धारण गर्ने गर्छ । यही डोपामाइनले कुनै कुरामा उत्प्रेरणा र पुरस्कारका बेला उत्पन्न हुने उत्तेजनामा भूमिका खेल्ने गर्छ ।

मस्तिष्कको यही क्षेत्रले हाम्रो जीवनमा नवीनता केही फेला परे सोही किसिमको उत्तेजना फैलाउने काम गर्छ । कुनै नयाँ विचार, सोच र कामले तपाईंको मस्तिष्कमा डोपामाइन उत्पन्न ग¥यो भने तपाईंमा पुरस्कृत भएको महसुस गर्नुहुन्छ र त्यसैमा लागिपर्न तपाईंलाई प्रेरित गर्ने गर्छ ।

यो संसारमा नयाँ भन्ने कुरा केही पनि हुँदैन । कसैले, कुनै दिन कहीँ न कहीँ त्यही सोचलाई कार्यान्वयन गरिसकेको हुन्छ । ट्रेन्डिङमा सहयोग गर्ने केहीको सुझाव अनुसार भाइरलका लागि कन्टेन्ट निर्माताले विभिन्न काम गर्छन्ः

फेला परेका जहाँ र जुनसुकै प्लेटफर्ममा कन्टेन्ट पस्कने गर्दा धेरैलाई ओहो, यो त यहाँ पनि पो रहेछ भन्ने भ्रम उत्पन्न गराउँछ । 

२. जिज्ञासा 
यसलाई ‘इन्फरमेसन ग्याप थ्योरी अफ क्युरिओसिटी’ नामकरण गरिएको छ । जे कुरा आफूलाई थाहा हुँदैन, त्यही थाहा नभएको कुरा थाहा पाउन मानिसले कुनै कन्टेन्टमा क्लिक गर्ने हुन् । कन्टेन्ट सिर्जना गर्ने रणनीतिमा पोख्त हुनेले यसै चासो र ग्यापमाथि खेल्ने हुन् । उनीहरुले जानकारी दिने किसिमको, कामलाग्ने, सन्दर्भयुक्त सूचना दिएर भाइरल बटुलिन्छ ।

३. संवेदना
भाइरल बनाउन यसको हेडलाइन, दृश्य, यसमा प्रयोग गरिने की–वर्ड, पढ्न सकिने, सादर्भिकता, लम्बाई, पोस्टको प्रकार र अन्तरक्रियात्मकजस्ता कुरा हेरिन्छ । यी सबै कुराले हाम्रो भावनालाई कत्तिको संवेदित गर्न सक्छन्, त्यसले कन्टेन्ट भाइरल बनाउन भूमिका खेल्छ ।
हालै भएको एउटा अध्ययनअनुसार हामीमा भएका १० वटा भावना र संवेदनाले कुनै पनि कन्टेन्टलाई भाइरल बनाउन भूमिका खेल्छन् । ती निम्न छन् ।
-रमाइलोपना
-  रुचि
-छक्क पार्ने
- खुसी
- सुख
- आनन्द
- आशा
-  स्नेह
- उत्साह
यसका बाबजुद पनि हामीले नकारात्मक भावनाको शक्तिलाई कहिल्यै कम आँक्नु हुँदैन । नकारात्मक भावना फैलाउने कन्टेन्टहरु अझ बढी तीव्र गतिमा भाइरल बन्ने गरेको देखिन्छ ।
चाँडै भाइरल बन्न सक्ने भावना निम्न छन्ः
डरः कुनै कुराका बारेमा चेतावनी, बढ्दो सचेतनाका कार्यक्रम भाइरल बन्ने सम्भावना हुन्छ ।
 दुःखः दुःखका भिडियोहरु भाइरल हुन्छन्, जसमा दुःखका कथा, रोदन, आँशुले सबैको ध्यानाकर्षण गर्छन् ।
  रिसः मानिसलाई रिस उठाउने किसिमका भिडियो पनि चाँडै भाइरल बन्छन् ।
घृणाः घृणा जगाउने कन्टेन्ट पनि चाँडै नै भाइरल बन्छन् ।

एक पटकमा एउटा भावना जगाउने कन्टेन्ट प्रायः भाइरल भइरहेका हुन्छन् । हिजोआज सुख र दुःख दुवै मिश्रित कन्टेन्टलाई भाइरल बनाउने प्रयास भइरहेको देखिन्छ ।

प्रायः भाइरल भएका कन्टेन्ट हेर्दा तिनमा तीन किसिमका भावना देखिन्छन् । पहिलो किसिमको भावनामा सकारात्मक भावना हो । यसमा खुसी, रुचि, आशा र विश्वासका कन्टेन्ट हुन्छन् । अर्को भावना, मिश्रित भावना हो । यसमा सकारात्मक र नकारात्मक दुवै किसिमका भावना राखिन्छ । र तेस्रो किसिमको भावना चाहिँ ‘सरप्राइज एलिमेन्ट’ हो ।
भाइरलको अर्को पाटो

भाइरल बनाउँदा उमेर समूहको ठूलो भूमिका हुन्छ । मिलेनियल अर्थात् सन् २००० पछि जन्मिएकाहरु कुनै पनि कुरामा कमै छक्क पर्छन् । उनीहरुमा कुनै पनि कुराप्रति कमै रुचि जाग्छ र भावनात्मक रुपमा कुनै पनि कुरामा अट्याच हुँदैनन् भन्ने पछिल्लो एउटा अध्ययनले देखाएको छ ।
यसको साटो उनीहरु संगीत, लेख र भिडियो सेयर गर्छन् तर उनीहरुमा त्यसबापत हुने खुसी, विश्वास र रुचिजस्ता कुरा गाँसिदैनन् । यस्तो किन भयो भने उनीहरुले चाहिँदोभन्दा बढी नै त्यस्ता ड्रामा देखिसकेका छन् अनलाइनमा ।

अध्ययनअनुसार, पुरुषहरु सम्बन्धका कुराहरु पढ्न बढ्ता रुचाउँछन् । महिलाहरु पुरुषले भन्दा बढी विश्वासका कुराहरु हेर्न÷पढ्न रुचाउँछन् ।

 

मानसिक रोगको जोखिम
डा. सरोजप्रसाद वझा 
मानसिक स्वास्थ्य विभाग प्रमुख 
त्रि.वि. शिक्षण अस्पताल

एकै परिवारमा जन्मिएका व्यक्तिमा पनि फरक किसिमको मानसिकता हुन सक्छ । त्यसैले वंशाणुगत रुपमा पनि व्यक्तिको फरक–फरक व्यवहार हुन्छ । सामाजिक परिवेश तथा सर–संगतले पनि मानवीय स्वभावको विकास भएको हुन्छ । मानवीय स्वभावअनुसार व्यवहार पनि फरक–फरक हुन्छ । 

आफ्नो अश्लील भिडियो बाहिरिँदा उसले त्यसलाई कसरी लिन्छ भन्ने कुरामा भर पर्छ । आफ्नो अश्लील भिडियो बाहिरिँदा तनाव उत्पन्न भयो भने मन आत्तिने, डराउने, काम गर्न जाँगर नलाग्नेजस्ता मनोवैज्ञानिक असर हुन्छन् । सामाजिक रुपमा पनि लाज लाग्छ, जसका कारण मन खिन्न हुन्छ र तनाव बढ्न जान्छ ।

त्यस्ता सामग्रीले कसैलाई कडा किसिमको डिप्रेसन हुन्छ । जसलाई पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भनिन्छ । अश्लील भिडियो एक्कासि बाहिर आउँदा यस्तो समस्या हुन्छ । सबैलाई डिप्रेसन हुन्छ नै भन्ने हुँदैन । सामान्य रुपमा लिएका छन् भने डिप्रेसनको जोखिम नहुन पनि सक्छ तर डिप्रेसनको जोखिम भने हुन्छ । 

दिमागमा सेरोटोनिन तथा डोपामिनजस्ता रासायनिक पदार्थको गडबढीले गर्दा मानिसलाई तनाव उत्पन्न हुन्छ । आफ्ना व्यक्तिगत गोप्य भिडियो बाहिरिँदा व्यक्तिको दिमागमा असर पर्छ र तनाव उत्पन्न हुन्छ । यस्ता क्रियाकलापले काममा असर पर्छ नै कतिपयले आत्महत्यासमेत गर्न सक्छन् । 
विशेषगरी किशोरावस्थामा धैर्यको अभावका कारणले डिप्रेसनको जोखिम बढी हुन्छ । अन्य उमेर समूहका व्यक्तिलाई पनि यस्ता भिडियोले असर नगर्ने भन्ने हुँदैन । 

कसैलाई बिस्तारै आफैँ ठीक हुँदै जान्छ भने कतिपयलाई उपचारै गर्नु पर्ने हुन्छ । 
एक्कासि तनावका कारणले उत्पन्न भएको डिप्रेसनलाई रिएक्टिभ डिप्रेसन पनि भनिन्छ । यस्तो किसिमको डिप्रेसन उपचारपश्चात् छिटो निको हुन्छ । कसैलाई ठीक हुन केही हप्ता लाग्न सक्छ भने कसैलाई केही महिना लाग्न सक्छ । आफ्नै अश्लील भिडियो बाहिरिँदा परिवार तथा आफन्तमा आफ्ना भावना पोख्न अप्ठेरो महसुस हुन सक्ने भएकाले मनोपरामर्शदाता तथा विशेषज्ञ चिकित्सककहाँ गएर परामर्श तथा उपचार गर्नु उपयुक्त हुन्छ । उपचारपछि ठीक हुन्छ । कसैलाई औषधीले ठीक हुन्छ भने कसैलाई परामर्शले । उपचारपश्चात् डिप्रेसन पूर्ण रुपमा ठीक हुन्छ । 
 

Leave A Comment