मोबाइल हबमा एक्सचेन्ज र किस्ताबन्दी अफर

शुक्रबार, २१ मङि्सर २०७५, ०३ : ४९ शुक्रवार
मोबाइल हबमा एक्सचेन्ज र किस्ताबन्दी अफर

ग्याजेट पारखीले मन परेको मोबाइल, ल्यापटप, क्यामेरा, आइफोन, आइप्याड, म्याक लगायत उत्पादन किस्ताबन्दीमा किन्न पाउने भएका छन् । सिटिसी मल सुन्धारामा रहेको सिटिसी मोबाइल हबले मंसिर २० गतेदेखि सञ्चालन गर्ने मोबाइल तथा ल्यापटप मेलामा यस्तो सुविधा रहेको जनाएको छ ।

एक्सचेन्ज तथा एउटा मोबाइल किन्दा अर्को सित्तैमा अफर मेलाको आकर्षण बन्ने हबले जनाएको छ । नौ हजार नौ सय ९९ रुपैयाँदेखि दुई लाख ३४ हजार रुपैयाँसम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैयाँदेखि तीन लाख १५ हजार रुपैयाँसम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायत सामान पनि छन् । 
मेलामा ६० मिनेटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि पाइने र मेला हेर्न आउनेलाई लक्की ड्रबाट आकर्षक उपहार दिने हबको विज्ञप्तिमा उल्लेख छ । 


१५ दिन चल्ने मेलामा राखिएको गल्फमा तीन स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत र चार स्कोर गर्नेले आफूले खरिद गरेको सामान अर्को एक थान सित्तैमा पाउने छन् । 

Leave A Comment