नयाँ टाटा टिगोर बजारमा

शुक्रबार, २१ मङि्सर २०७५, ०३ : ५२ शुक्रवार
नयाँ टाटा टिगोर बजारमा

नेपालका लागि टाटा मोटर्सको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिले आइतबार प्यासेन्जर गाडी नयाँ टाटा टिगोर सार्वजनिक गरेको छ । टाटा टिगोर पेट्रोलबाट चल्ने सेडानको न्यूनतम मूल्य २७.५५ लाख (१.२ लिटर रेभोट्रन) पर्ने र टाटाका सबै आधिकारिक बिक्री केन्द्रमा उपलब्ध हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 

टाटा मोटर्सका इन्टरनेसनल प्यासेन्जर युनिट प्रमुख सुजन रोय भन्छन्, ‘सही मूल्यमा बोल्ड, आकर्षक वनावट र उपयुक्त प्रिमियम खोज्ने ग्राहकबीच कम्प्याक्ट सेडान निकै लोकप्रिय छ । यही तथ्यलाई ध्यानमा राखेर हामीले कला, कार्यक्षमता, आराम र प्रविधिको समिश्रण स्वरूप नयाँ टाटा टिगोर ल्याएका छौं ।’ 

उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले अरुभन्दा केही फरक गर्ने दृढता अनुरुप नयाँ टिगोर बजारमा ल्याएको बताए । ‘यो टाटाको नयाँ उत्पादन मात्र होइन अटोमोबाइल उद्योगमै नयाँ आयाम हो,’ उनले भने । 

कम्पनीका अनुसार नयाँ टिगोरमा ब्रेक फ्री कुप रुफलाइन र डुअल चेम्बर प्रोजेक्टर हेडल्याम्प्स छ । ओभिआरएमएसमा अटो फोल्ड फङ्सन भएको एलइडी टर्न इन्डिकेटर र १५ इन्च पांग्रामा डुअल टोन कलर स्किम रहेको यो सेडान एजिप्सियन निलो, रोमन सिल्भर, एस्प्रेसो खैरो, बेरी रातो, पियरसेंट सेतो र टिटानियम खैरो गरी ६ वटा रङमा उपलब्ध छ ।
 

Leave A Comment