यौन आसनका जोखिम

बुधबार, २६ मङि्सर २०७५, ०६ : २५ शुक्रवार
यौन आसनका जोखिम

मानिसको स्वभाव नै परिर्वतनशील हुन्छ । उसले फरक–फरक किसिमको आनन्द लिन खोज्छ । फरक यात्रा तथा अनुभव गर्न चाहन्छ । सम्भोगमा पनि यो लागू हुन्छ । सम्भोग कला हो । यसमा विभिन्न आसनको प्रयोग हुन्छ । केही आसन प्राकृतिक छन् । 

सम्भोग कला  कोक शास्त्रका विज्ञले विभिन्न आसनको बारेमा उल्लेख गरेको पाइन्छ । सम्भोगमा ९० भन्दा धेरै आसन छन् । तीमध्ये प्रमुख आसन सम्मुख, कामधेनु, कर्कट, कैंची हुन् ।

सम्मुख आसनमा महिला तल वा पुरुष तल हुन्छन् । कामधेनु आसनमा महिला घोप्टो पर्ने तथा पुरुषले उठेर गर्ने आसन हो । कर्कट आसनमा महिला र पुरुष दुवै बसेर गरिने आसन हो । कैँची आसनमा महिला सुतेर खुट्टा फटाउने र उठाउने गर्छन् । पुरुषले घुँडा दोब्राउने वा पसार्ने आसन हो । 

चिकित्सा शास्त्रमा यौन र यौन क्रीडालाई भन्दा सभ्य यौन जीवन र सन्तान उत्पादनमा महत्व दिएको हुन्छ । विभिन्न किसिमका आसनका यौन र यौन क्रीडा मनोरञ्जनका साधन बनाउन सहायक सिद्ध हुन्छन् । पहिलो पटक यौन सम्पर्क गर्ने यौन जोडीमा शिघ्र स्खलनको समस्या हुन्छ भने अनुभव गर्दै जाँदा मनोरञ्जन तथा आनन्ददायी बन्न पुग्छ । यौन क्रीडा गर्दा यौन जोडीलाई नै आनन्ददायी हुनु पर्छ । त्यसैले सहमतिमा यौनआसन तय गर्नुपर्छ । 

यौन क्रियाकलाप यौन जोडीबीच शारीरिक, मानसिक, आध्यात्मिक अवस्था बुझेर गरिने क्रिया—प्रक्रिया हो । पुरुषले यौन क्रीडा गर्दा वीर्य स्खलन भैसकेपछि महिलाप्रति आत्मसमर्पण गरेजस्तो हुन्छ । यौन क्रियाकलाप गर्न पनि कला चाहिन्छ । नजानी जथाभावी यौन आसन गर्नु ठीक हैन । 

यौन क्रीडा तथा आसन गर्दा यौन जोडीबीच एकले अर्कोको बानी, व्यवहार, मनोभाव, सामाजिक स्थिति तथा शारीरिक स्वास्थ्य जान्न अत्यन्त जरुरी छ ।

उचाइअनुसार यौनाङ्गको आकार र लम्बाइ हुने भएकाले सकेसम्म यौन जोडीबीच तौल र उचाइको समानता भएको राम्रो । पुरुष अग्लो र महिला होचो भएमा पुरुषको लिंग लामो हुने भएकाले महिलाको यौनांगको बाटो भएर सर्भिक्समा लिंगको टुप्पो ठोकिने भएकाले सर्भिक्सको सोथ (रातो, तातो, दुख्ने, सुन्निने) जोखिम हुन्छ । यौन आसन गर्न नजान्दा पुरुषको लिंगको टाउकोमा घस्रिएर सोथ हुने सम्भावना हुन्छ । 

पुरुषलाई यौन आसनको राम्रो ज्ञान नहुँदा अण्डकोषमा चोट लागेर सोथ हुने सम्भावना अत्यधिक हुन्छ । यौन आसनले महिलाको पाठेघर, डिम्बनली तथा डिम्बासय र डिम्बमा भने असर हुँदैन । 

उत्तानो तथा घोप्टो आसन

महिला उत्तानो परेर तल र पुरुष घोप्टो परेरर यो आसनमा यौन सम्पर्क गरिन्छ । यो आसनमा यौन जोडीले आँखा जुधाएर यौन सम्पर्क गर्छन् । यो धेरै चल्तीको आसन हो । यो धेरै सजिलो र पुरुषलाई आरामदायी हुने आसन हो । पुरुषले आफ्नो क्षमता र शक्तिअनुसार बल लगाएर यौन सम्पर्क गर्छन् । सामान्यतः यो आसनमा पुरुष सक्रिय र महिला निस्क्रिय हुन्छन् । महिला सक्रिय हुने मौका पनि पाउँछन् । यो आसनमा पुरुषको बढी शक्ति खर्च हुन्छ । यस आसनमा यौन सम्पर्क गर्दा पुरुषको विस्तारै शक्ति क्षीण हुँदै जान्छ । 
पुरुष उत्तानो–महिला घोप्टो 

यस आसनलाई काउगर्ल आसन पनि भनिन्छ । यस आसनमा पनि यौन जोडीले आँखा जुधाएर यौन सम्पर्क गर्छन् । यो आसनलाई एक हिसाबले विपरीत आसन पनि भनिन्छ । यस आसनमा महिला सक्रिय र पुरुष निष्क्रिय हुन्छन् । यो आसन विशेषगरी जवान महिला र प्रौढ पुरुषका लागि उत्तम आसन हो । यस आसनमा महिलाको शक्ति क्षीण हुन्छ । यो यौन आसन अत्यधिक प्रयोगमा आउने आसनहरुमध्येको हो । अभ्यासको हिसाबले दोस्रो नम्बरमा पर्छ । पुरुष उत्तानो परेर महिला घोप्टो पर्ने आसनमा पुरुषलाई भन्दा महिलालाई बढी आनन्ददायी हुन्छ । 

उभिएर गर्ने आसन
दुवै यौन जोडी उभिएर गर्ने यो यौन आसनलाई स्ट्यान्डिङ आसन पनि भनिन्छ । उभिएर यौन सम्पर्क गर्ने यो आसन जो बढी शक्तिशाली र सक्षम छ, उसले गर्छ । यौन क्रीडाका लागि युवा युवतीमा शक्तिको होडबाजी चल्दा पनि गरिन्छ । यो आसनमा यौन जोडीबीच शक्तिको होडबाजी चल्न सक्छ । 

यो आसनमा को सक्रिय र को निस्क्रिय भन्ने कुरा व्यक्तिको बानी व्यवहारले यौन जोडीबीच एकअर्कोलाई जाँच्ने मौका पाउँछ । यौन जोडीको एकआपसमा जाँघ, यौनाङ्ग तथा अनुहार जुधेको हुन्छ । यो आसनमा पनि यौन जोडीले यौनान्द लिन सक्छन् । 

डगी
महिलाको पछाडिबाट यौन सम्पर्क गर्ने आसनलाई डगी आसन पनि भनिन्छ । यस आसनलाई नेपालीमा कुकुरे आसन भनिन्छ । यस आसनमा महिला जनावरजस्तै चार हातपाउ टेक्छन् । पुरुषले उभिएर महिलाको पछाडिबाट यौन सम्पर्क गर्ने गर्छन् । यो प्रायः चार खुट्टे जनावरले गर्ने आसन हो ।

मानिसमा पनि यो आसनमा यौन सम्पर्क हुन्छ । यस आसनमा पनि पुरुष शारीरिक तथा मानसिक रुपमा सक्रिय हुन्छन् भने महिलाको भूमिका भने निष्क्रिय हुन्छ । चौपायाले गर्ने आसन भएकाले मानिसमा पनि यो आसनका बारेमा कौतुहलता हुनु स्वभाविकै हो । यो आसन वातावरण तथा सामाजिक सिकाइको आसन हो । यो आसनमा यौन जोडीलाई भरपूर सन्तुष्टि मिल्छ ।

यस डगी आसनमा यौन जोडी बीचको उचाइ (हाइट) नमिलेको खण्डमा समस्या हुन सक्छ । उचाइ नमिलेको खण्डमा पुरुषको लिंगको टुप्पो महिलाको यौनाङ्गको सर्भिक्समा ठोकिएर सर्भिक्स सोथ (दुख्ने, पोल्ने, सुन्निने) हुने जोखिम हुन्छ । त्यसैले यो आसन गर्दा यौनाङ्गमा समस्या हुने जोखिम हुनाले विचार पुर्याउनु पर्छ । 

जाँघमा राखेर गर्ने आसन
यो यौन अभ्यास पनि निकै प्रचलित आसन हो । यसमा पुरुष सक्रिय र महिला निष्क्रिय हुन्छन् । शक्ति खर्चको हिसाबले पुरुषको शक्ति कम हुँदै जान्छ । महिलाको शक्तिमा भने धेरै परिवर्तन हुँदैन । यस आसनमा यौन जोडी बीचको  यौन क्रीडामा पूर्णरुपमा सन्तुष्टि मिल्छ । यो आसनमा पुरुषले महिलालाई काखमा राखेर यौन सम्पर्क गरिन्छ । यो आसनमा यौन सम्पर्क गर्दा कुर्सी, टेबल, खाट, भुईँ लगायतका ठाउँमा गर्न सकिन्छ । यस आसनमा यौन जोडी स्वस्थ भएको अवस्थामा यौनाङ्गमा भने सामान्यतः समस्या हुँदैन । 

महिला घोप्टे पर्ने आसन

महिला घोप्टो परेर सुतेर पुरुष घोप्टो परेर गरिने आसन हो यो । जसलाई घोप्टो आसन पनि भनिन्छ । यस आसनमा अधिकांश महिला घोप्टो पर्छन् भने पुरुष पनि महिलामाथि घोप्टो परेर यौन सम्पर्क गर्छन् । यस आसनमा पुरुष सक्रिय र महिला निष्क्रिय हुन्छन् । यो पनि चलनचल्तीको आसन हो । यस आसनमा पुरुष मानसिक रुपमा सक्रिय हुन्छन् भने महिला भने अधिकांश सामान्य हुन्छन् । यो पुरुष बढी सक्रिय हुने आसन हो । 

यी सबै आसनमा डिम्ब र शुक्रकीट निषेचित हुने सम्भावना बराबर हुन्छ । बाँझोपनको खतरा हुँदैन । यी सबै आसनमा यौन र यौन क्रीडा गर्दा अनिवार्य रुपमा १५ मिनेटदेखि एक घण्टा आराम गर्नु जरुरत हुन्छ । 
प्रस्तुतिः उपेन्द्र खड्का
 

Leave A Comment