चरम उत्कर्षमा पुग्नु सौभाग्य

आइतबार, ०८ पुष २०७५, ०४ : १८ शुक्रवार
चरम उत्कर्षमा पुग्नु सौभाग्य

यौन कामना, पीडा र यौन आनन्दको उच्चतम विन्दुमा पुग्नु नै यौन चरम उत्कर्षमा पुग्नु हो । यौन जोडी दुवै वा एक मात्रै पनि चरम उत्कर्ष पुग्न सक्छन् । समलिंगी, अन्तरलिंगी तथा तेस्रो लिंगीमा यौन प्रक्रिया र अनुभव फरक–फरक हुन्छन् । यौन उत्कर्ष भनेको कुनै खेल खेल्दा गोल गरिसकेको छोटो समयको आनन्द जस्तै हो । पुरुषको वीर्य स्खलन हुनुभन्दा ठ्याक्कै अगाडिको समयमा चरम उत्कर्षमा पुग्छन् । चरम उत्कर्षको समय अत्यन्तै आनन्दको समय हो ।

उत्कर्षमा अनुभव
चरम उत्कर्षमा पुग्नका लागि यौन जोडीको सहभागिता र सक्रियता जरुरी हुन्छ । यौन जोडीमध्ये एक जना सक्रिय र अर्को निस्क्रिय भएको खण्डमा यौन उत्कर्षमा पुग्न सकिँदैन । यौन उत्कर्षका लागि सफल यौन क्रीडा र यौन सम्पर्क हुन जरुरी छ । 

यौन क्रीडा तथा यौन सम्पर्क गर्दा यौन जोडी सामान्यतः फरक–फरक समयमा चरम उत्कर्षमा पुग्छन् । संयोगवश दुवै एकै पटक पनि चरम उत्कर्षमा पुग्न सक्छन् । चरम उत्कर्षमा पुग्ने र पु¥याउने अवस्था यौन जोडीको शारीरिक तथा मानसिक स्वास्थ्यमा भर पर्छ । 

यौन तथा यौन क्रीडामा चरम उत्कर्षमा पुग्न अनुभवको ठूलो भूमिका हुन्छ । जति धेरै यौन अभ्यास हुँदै गयो, त्यति नै एकले अर्काको चाहना, इच्छा र यौन क्रीडा बुझ्न सकिन्छ । त्यसैअनुसार क्रमबद्ध योजना बनाई यौन क्रीडा तथा यौन सहजता हुँदै जान्छ ।

असहज परिस्थिति, शारीरिक तथा मानसिक स्वास्थ्य अस्वस्थतामा यौन दुर्बलता हुँदै जान्छ । यौन दुर्बलताले यौन जोडी बीचमा एकआपसमा सशंकित हुने, शंका गर्ने र यौन क्रीडामा समस्या आउन त सक्ने नै भयो, यौन उत्कर्षको परिकल्पना पनि गर्न सकिँदैन । 

यौन उत्कर्षमा पुग्न नसक्नुको कारण धूमपान, मद्यपान तथा  लागू औषधको दुव्र्यसन पनि हो । आनन्दित यौन तथा यौन क्रिडाका लागि धूमपान, मद्यपान तथा लागू औषधको दुव्र्यसनी त्याग्नु नै उचित हुन्छ । 
दीर्घरोग लागेका जोडीमा यौन तथा यौन क्रीडामा समस्या हुन्छ । रोग लागेको अवस्थामा यौन तथा यौन क्रीडाप्रति वितृष्णा बढ्दै जान्छ । 

उत्कर्षको संकेत
फरक–फरक भूमिकामा यौन उत्कर्षमा पुग्ने र नपुग्ने दुवै जोडीको महŒवपूर्ण भूमिका हुन्छ । यस आनन्दायी क्रीडामा दुवै जना स्वर्णिम आनन्दको डुङ्गामा सयर गर्न जरुरी छ । यौन भाषा, चाहना, चिह्न र लक्षण फरक–फरक हुन्छन् । यौनिक भाषा, यौन क्रीडा, यौन उत्कर्षलाई एउटैमा राख्न हुँदैन । 

महिलाको यौन उत्कर्ष हाउभाउ, महिलाको सक्रियताले थाहा हुन्छ । यौन सम्पर्क गर्दा महिलाको यौनिक (योनिको) मांशपेशीले पुरुषको लिंगलाई च्याप्प समातेको अवस्थामा महिला चरम उत्कर्षमा पुगेका हुन्छन् । यस्तोमा साह्रो गरी लिंग च्यापिन्छ । योनिले लिंग च्यापिने यो अवस्था बढीमा पाँच सेकेण्ड हुन्छ । योनिले लिंग च्याप्नु नै महिलाका लागि अन्तिम चरम उत्कर्ष हो ।

कतिपय यौन जोडी यौन क्रीडा (चल्ने, खेल्ने) गर्दा नै चरम उत्कर्षमा पुगेका हुन्छन् । अनुभवको कमीका कारण कतिपय यौन जोडी यौन क्रीडामा मात्रै सीमित हुन्छन् । 

यौन सम्पर्क गर्दा चरम उत्कर्षमा पुगे–नपुगेको बारेमा थाहा पाउने केही प्रमुख संकेत तथा लक्षण हुन्छन् । मुखबाट र्याल बग्ने, नाकबाट पातलो सिँगान बग्ने र नाडीको चाल द्रुत गतिमा बढ्नु चरम उत्कर्षमा पुगेको लक्षण तथा संकेत हुन् । यी लक्षण दुवै यौन जोडीमा लागू हुन्छ । यौन सम्पर्कको समयमा यस्ता संकेत तथा लक्षण देखिएनन् भने न त चरम उत्कर्षमा पुग्न सकिन्छ न त यौन आनन्द नै हुन्छ ।

सामान्यतः पुरुष माथि र महिला उत्तानो परेर तल भएर यौन सम्पर्क तथा यौन आसन हुन्छ । स्वभावैले प्राकृतिक तथा गुरुत्वाकर्षणका कारण ¥याल माथिबाट तल बहने भएकाले पुरुष चरम उत्कर्षमा पुगेको महिलालाई थाहा हुन्छ । 

महिला तल उत्तानो भएर यौन सम्पर्क गरिने यौन आसनमा पुरुषले महिला चरम उत्कर्षमा पुगेको संकेत तथा लक्षण थाहा पाउन कठिन हुन्छ किनभने यस्तो आसनमा महिलाले र्याल सिँगान भित्रै निल्न सक्छन् । 
विशेषगरी यौन सम्पर्क गर्दा महिलाले पुरुषको ढाडमा च्याप्प समाउँछन् भने यौन उत्कर्षमा पुग्दै जाँदा पुरुषको तिघ्रा भन्दा माथिको भाग(पुठ्ठा) मा च्याप्प समाउँछन् । 

अँगालो मारेर पुरुषको तिघ्राभन्दा माथिको भागलाई दुवै हातले च्याप्प समाएर दबाएर लिंगलाई थोरै भए पनि योनिभित्र पसाउन सफल हुन्छन् । 

एकैसाथ उत्कर्षमा पुग्नु सौभाग्य
आवेश र उत्तेजनाको कारणले पुरुषभन्दा महिला यौन उत्कर्षमा पुग्न बढी सफल हुन्छन् । सामान्यतः यौन सम्पर्क गर्दा पुरुषको लिंग ठाडो हुने र स्खलनको तयारी अवस्थाका साथै महिलाको यौनिक मांशपेशीले लिंग कडासँग पक्रिने तथा च्याप्ने अवस्थामा दुवै यौन जोडी चरम उत्कर्षमा पुग्छन् । यौन जोडीमध्ये एक जना चरम उत्कर्षमा पुग्दैमा अर्को पनि चरम उत्कर्षमा पुगेको छ भनेर सोच्नु गलत हो । 

यौन जोडी दुवै एकैपटक चरम उत्कर्षमा पुग्नु ठूलो सौभाग्यको कुरा हो । जोडीमध्ये एक व्यक्ति मात्रै उत्कर्षमा पुग्नुलाई पनि सौभाग्य नै मान्नुपर्ने हुन्छ । जोडीमध्ये एकलाई नै उत्कर्ष भए पनि त्यसलाई आनन्दको रुपमा स्वीकार्नु राम्रो हो । दुवै एकै पटक चरम उत्कर्षमा पुग्ने जोडी कमै हुन्छन् । त्यसैले यौन सम्पर्क गर्दा अनावश्यक प्रतिस्पर्धा गर्नाले यौन जोडी बीचको सम्बन्धमा चिसोपना, शंकाको भावना पैदा हुनुका साथै सम्बन्ध विच्छेद हुने सम्भावना हुन्छ । 

फरक शरीर, फरक अनुभूति
व्यक्तिको शारीरिक, मानसिक अवस्था तथा बानी व्यवहार फरक–फरक हुने भएकाले दुवै एकैचोटी चरम उत्कर्षमा पुग्ने तारतम्य नमिल्न सक्छ । यसलाई नकारात्मक रुपमा लिनु हुँदैन । 

पुरुष पनि चरम उत्कर्षमा नपुगी स्खलित हुन सक्छन् । यौन सम्पर्कपछि पुरुषको वीर्य योनिभित्र स्खलन भए पनि महिला चरम उत्कर्षमा नपुग्न सक्छन् । यो शारीरिक तथा मानसिक अवस्थामा भर पर्ने कुरा हो । हाम्रोजस्तो पुरुष प्रधान समाजमा महिलाको यौन आनन्द तथा यौन क्रीडालाई कम महत्व दिएको पाइन्छ । जुन गलत हो ।

यौन तथा यौन क्रीडामा दुवै जोडी जति सक्रिय भयो, त्यति धेरै जीवन सफलदायी हुन्छ । त्यसैले भनिन्छ, यौन जीवनमै उत्तम जीवन हो । यौन जोडीले एकअर्काको सहभागिता तथा सहअस्तित्वलाई महत्व दिइयो भने गृहस्थ जीवनमा सफल हुने सम्भावना हुन्छ । 

व्यक्तिको यौन चाहना र यौन तृष्णामा हार्मोनको ठूलो भूमिका हुन्छ । पुरुषको पुरुषत्व टेस्टेस्टोरन, अक्सिटोसिन र महिलाको एस्ट्रोजेन, प्रोजेस्टोरेन एवं ल्युटेनाइजिङ हार्मोनको ठूलो भूमिका रहन्छ । 
पुरुषले यौन सम्पर्क गर्दा वीर्य स्खलनको अवस्थालाई रोक्ने क्षमताको विकास र महिलाले त्यसको अनुभूति गरी पुरुषलाई प्रदर्शन गराउनु नै चरम उत्कर्ष बिन्दु हो । 
प्रस्तुतिः उपेन्द्र खड्का
 

Leave A Comment