गुड टच, ब्याड टच

आइतबार, ०८ पुष २०७५, ०४ : २७ शुक्रवार
गुड टच, ब्याड टच

बच्चालाई कसरी सुरक्षित गर्ने ?
हिजोआज बालबालिकासम्बन्धी अपराध बढ्दो छ । बालबालिका केवल माया मात्र बुझ्छन् । नियत ठम्याउन सक्ने गरी उनीहरुको मानसिक क्षमताको विकास भइसकेको हुन्न । यस्तोमा गलत व्यक्तिले गर्ने व्यवहारसमेत उनीहरुलाई माया लाग्न सक्छ । यसबाट जोगाउन बालबालिकालाई केही प्रशिक्षण दिन आवश्यक छ, जुन अभिभावकले सहजै घरमै सिकाउन सक्छन् ।

अपरिचितसँग टाढै
परिवारका सदस्यले चिनाएका व्यक्तिबाहेक अन्यसँग नजिक नहुने, सँगै बसाउन खोजे नबस्ने, केही खानेकुरा दिए नखाने ।

एकै उमेरका साथी
सकेसम्म एकै उमेरकासँग खेल्ने बानीको विकास गराउने । आफूभन्दा ठूलो उमेरका व्यक्तिसँग सकेसम्म घुलमिल नगराउने ।

गुड टच, ब्याड टच
बालबालिकालाई उनीहरुले बुझ्ने भाषामा छुवाईबारे जानकारी दिने । आमाबाबुले गर्ने कुन व्यवहार ठीक हो, त्यही व्यवहार अपरिचित या सामान्य चिनजानका व्यक्तिले गर्दा कसरी खराब हो भनेर सम्झाउने । जस्तो आमाबाबु र परिवारका सदस्यले अंकमाल गर्नु, काखमा राख्नु, गालामा किस खानु सामान्य व्यवहार हो तर यही व्यवहार अपरिचित र सामान्य चिनजानका व्यक्तिले गर्नु खराब हुनसक्छ । शरीरमा कहाँ कहाँ छुँदा ब्याड टच हो, त्यसबारे उनीहरुलाई बाल्यभाषामा जानकारी दिनुपर्छ ।

कहाँ गयौ, के गर्यौ सोध्ने
साना बालबालिका स्कुल जाँदा होस् या अन्य स्थानमा घर फर्किएपछि कहाँ गयौ, के–के भयो, को–कोसँग कुरा ग¥यौ, कसले के भन्यो जस्ता विषय सामान्य ढंगले सोध्दा उनीहरुले सहजै बताउँछन् । स्कुलमा पनि को राम्रो लाग्छ, को राम्रो लाग्दैन, राम्रो किन राम्रो लागेको, नराम्रो किन लागेको जस्ता विषयमा सोध्नुपर्छ । यसले कसैले गलत व्यवहार गरेको छ भने समयमै जानकारी पाउन सकिन्छ ।
 

Leave A Comment