रुसलान अल्ट्रा प्रिमियम भोड्का बजारमा

बुधबार, ११ पुष २०७५, ०४ : ११ शुक्रवार
रुसलान अल्ट्रा प्रिमियम भोड्का बजारमा

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले रुस्लान अल्ट्रा प्रिमियम भोड्का बजारमा ल्याएको छ । कम्पनीले यसलाई विश्वकै सबभन्दा क्लियर भोड्का भनेको छ । रसियाको सर्वश्रेष्ठ शुद्धीकरण प्रविधि र उच्च स्पष्टताका लागि बहुडिस्टिलेसन प्रक्रिया प्रयोग गरेर रुस्लान अल्ट्रा प्रिमियम भोड्का तयार गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मिक्स्ड ड्रिंकको रुपमा पनि पिउन मिल्ने यो भोड्कामा जावलाखेल ग्रुपका मास्टर डिस्टिलर्स र ब्लेन्डर्सले चुनिएका उच्चस्तरीय अनाज तथा विशुद्ध हिमालयको पानी प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

रुस्लानले विगत ४० वर्षदेखि नेपाली बजारमा भोड्का बिक्री गर्दै आएको छ । ‘हामीले रुस्लान अल्ट्रा प्रिमियम भोड्काको उत्पादन उच्च आतिथ्य सत्कारको परम्परालाई सम्मान गर्न र सुलभ मूल्यमा प्रिमियम भोड्काको अपेक्षा राख्ने नयाँ पुस्ताको चाहना पूरा गरेका हौंं,’ ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने । 

रुस्लान अल्ट्रा प्रिमियम भोड्का यही महिनादेखि राजधानी तथा देशका विभिन्न सहरका मदिरा स्टोर, रेस्टुरेन्ट, बार, लाउन्ज तथा क्लबहरुमा उपलब्ध हुने बताइएको छ । सन् २०१९ को पहिलो त्रैमासभित्रै नेपालका प्रमुख पसलमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

भोड्का ७५० मिलि, ३७५ मिलि र १८० मिलिका बोतलमा उपलब्ध हुनेछ । १८० मिलिको मूल्य ४५०राखिएको छ । त्यसैगरी ३७५ मिलिको नौ सय रुपैयाँ र ७५० मिलिको १८ सय रुपैयाँ मूल्य तोकिएको छ ।
 

Leave A Comment