टिभिएस जुपिटर क्लासिक अब अटम ब्राउनमा

बुधबार, ११ पुष २०७५, ०४ : १५ शुक्रवार
टिभिएस जुपिटर क्लासिक अब अटम ब्राउनमा

नेपालमा टिभिएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले उक्त ब्रान्डको जुपिटर क्लासिक अटम ब्राउन कलरमा बजारमा ल्याएको छ । नयाँ जुपिटर क्लासिक यसअघि नै नेपाली बजारमा स्थापित र लोकप्रिय भइसकेको कम्पनीको दाबी छ । 

यस क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आकर्षक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी दुईजना बस्न मिल्ने सिटलगायत सुविधा रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने टिभिएस जुपिटर सडकमा समेत निकै आकर्षक देखिने कम्पनीको भनाइ छ । 

यो स्कुटरको पूरै बडी आल्मुनियम भएको र ११० सिसी इन्जिनबाट उच्चतम शक्ति उत्पन्न गर्ने तथा निकै इन्धन किफायती रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख  छ । 

चलाउन निकै सजिलो दाबी गरिएको यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुवैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा इन्धन निकै बचत हुन्छ । 
यसको मूल्य एक लाख ९८ हजार नौ सय छ । यो स्कुटर टिभिएसका देशभरका डिलरबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 

Leave A Comment