‘विज्ञापन खर्च होइन, लगानी हो’

आइतबार, १५ पुष २०७५, ०४ : ५४ शुक्रवार
‘विज्ञापन खर्च होइन, लगानी हो’

व्यवस्थापन अध्ययन गरेका रौतहटका जिपी तिमल्सिना लामो समयदेखि विज्ञापन व्यवसायमा कार्यरत छन् । मिडिया व्यवसायमा स्थापित तिमल्सिना प्रमोटर्स नेपालका प्रमुख कार्यकारी अधिकृत हुन् । युवा व्यवसायी तिमल्सिनासँग विज्ञापनको बजार, यसको प्रभाव लगायतका विषयमा शुक्रवारका लागि गरेको कुराकानीः

यो व्यवसायमा कसरी आउनु भयो ?
सानैदेखि होडिङ बोर्ड, रेडियो तथा टेलिभिजनका विज्ञापन बजेको देखेर टच हुन्थ्यो । छोटो समयमा कुनै पनि वस्तु तथा सेवाको प्रभाव लक्षित समूहमा पु¥याउन गर्न सक्ने क्षमता विज्ञापनमा हुन्छ । त्यसले गर्दा मलाई ब्रान्डिङ र विज्ञापनले आकर्षित ग¥यो । म आफैँ पनि रेडियो टेलिभिजनमा काम गर्ने भएकाले यसको भविष्य छ भन्ने ठानेर नै यो व्यवसायमा आएको हुँ । राम्रै कमाई हुने र आफ्नो प्यासनअनुसार काम गर्न पाइने भएर यो क्षेत्र रोजेँ । 

प्रमोटर्स नेपालले के सेवा दिँदै आएको छ ?
विज्ञापनसम्बन्धी सम्पूर्ण काम गर्छौं । विज्ञापनमा क्रिएटिभ डिजाइन गरेर टेलिभिजन, रेडियो, न्यूजपेपरमा प्रकाशन तथा प्रशारणमा सघाउँछौँ । कुनै पनि प्रोडक्टलाई सिधै उपभोक्तासम्म पु¥याउन मद्दत गर्छौं । बिटिएल, सोसल मिडियामा पनि प्रमोसनका काम पनि गर्दै आएका छौँ । वस्तु तथा सेवालाई बजारसम्म पुर्याउन तथा ब्रान्ड प्रमोसनका काम गर्छौं ।

कुनै पनि वस्तु उत्पादक तथा सेवा प्रदायकले किन विज्ञापन गर्ने ?
कुनै पनि बस्तुको बजार विस्तार गर्न विज्ञापनको महत्वपूर्ण भूमिका छ । उत्पादनको बिक्री प्रवद्र्धनको लागि मार्केटिङ गर्नुपर्छ । अहिले कोकाकोला संसारकै पपुलर ब्रान्ड हो । विश्वभर नै एउटै ब्रान्ड छ । अहिले चिसो मौसममा छौं तर पनि चिसो भनेकै कोकाकोला भनेर किन प्रचार गरिरहेको छ ? स्थापित ब्रान्ड भए पनि विज्ञापन गरेर भने उसका प्रतिस्पर्धी कम्पनीले उछिन्न सक्छन् । उसले बजार हिस्सा गुमाउन सक्छ । यो एउटा उदाहरण मात्र हो । जस्तै नेपाल टेलिकम, एनसेलको विज्ञापन पनि हेर्न सक्नुहुन्छ । प्रभाव नपर्ने भए करोडौं रुपैयाँ किन खर्च गर्थे ? टेलिकमले ‘राष्ट्रको सञ्चार’ भनेको छ । एनसेलले ‘नेपालकै लागि’ भनेर प्रमोसन गरिरहेको छ । उपभोक्ताको सेन्टिमेन्टसँग एट्याच भएन भने टिक्न कठिन हुन्छ । विज्ञापन भनेको खर्च होइन, लगानी हो । त्यसैले समयसापेक्ष विज्ञापन गर्नु जरुरी छ ।

विज्ञापन बजार कस्तो छ ?
विज्ञापन बजार बढिरहेको छ । निकै सम्भावना छ । उद्योगी, व्यापारी केही हतोत्साही भएको देखिन्छ । जुन स्पिडमा ग्रो गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । विज्ञापनको ट्रेन्ड भने परिवर्तन भैरहेको छ । प्रिन्ट मिडियाको विज्ञापन क्रमशः डिजिटलतर्फ डाइभर्ट भएको देखिन्छ । व्यापारीहरु लगानी गर्न उत्साहित नदेखिएकाले केही असर त परेको छ । जिटिजलसँगै सोसल मिडियामा विज्ञापनको बजार निकै बढेको छ । त्यसलाई हामीले ट्र्याप गर्न सकेका छैनौं । 
डिजिटल मार्केटिङतिर सबैको ध्यान गएको छ । मिडिया बिजनेस डिजिटलमा केन्द्रित भैरहेको देखिन्छ । गुगल, युट्युब, फेसबुक लगायतका सोसल साइटमा हुने विज्ञापनमा नेपालमा औपचारिक रुपमा एजेन्ट भयो भने सरकारले राजस्व प्राप्त गर्छ ।

विज्ञापनको प्रभावलाई कसरी हेर्नु भएको छ ?
कुनै पनि वस्तुको ब्रान्डलाई प्रयोगकर्तासम्म पुर्याउनका लागि विज्ञापन गर्नु आवश्यक छ । नयाँ प्रोडक्ट लञ्च गर्ने हो भने मास मिडियामा जानु आवश्यक छ । अन्य डिजिटल प्रमोसनमा जाँदा राम्रो हुन्छ । कुनै स्थापित भएका ब्रान्डका लागि पनि आवश्यक छ ।

यहाँको एजेन्सीमा सेवा लिन किन आउने ? 
हामीसँग लामो अनुभव छ । क्रिएटिभ डिजाइन गर्न सक्ने दक्ष जनशक्ति छ । हामी जहिले पनि नयाँ र इनोभेटिभ आइडियामा केन्द्रित भएर काम गर्छौं । सेवा त सबैले दिन्छन् तर क्लाइन्टको आवश्यकताअनुसार राम्रो प्याकेजिङ गरेर दिन सक्छौं ।

विज्ञापन बजारलाई व्यवस्थित गर्न राज्यको भूमिका कस्तो हुनुपर्छ ?
कुनै पनि संस्थाले ब्रान्ड प्रमोसनका लागि बजेट तोकेको हुन्छ । प्रमोसन गर्न सरकारले एउटा छुट्टै निकाय नै खडा गर्नुपर्छ । सरकारले गर्नुपर्ने र गरिरहेका कामको सूचना नागरिकलाई दिनुपर्छ । त्यसमा सरकारका अधिकांश काम कोठाभित्र थन्किएको हो कि भन्ने गुनासो पनि छ । मिडिया सोसाइटी छ । विज्ञापन एजेन्सीको छाता संस्था छ । ती संस्थासँग मिलेर सरकारले विभिन्न विषयमा चेतना अभिवृद्धिका कार्यक्रम गर्न सक्छ ।

विज्ञापन बजारमा कस्ता चुनौती छन् ?
डिजिटलले बजार समात्दै आएको छ । विज्ञापनमा पनि बिस्तारै त्यतै जानुको विकल्प छैन । डिजिटलले अबको पाँच वर्षमा नेपालको विज्ञापन बजारलाई कहाँ लिएर जान्छ ? डिजिटलका दर्शक, श्रोता र पाठक कति हुन्छन् ? त्यसको आँकलन र अध्ययन गर्नु जरुरी छ । विज्ञापनको रणनीति परिवर्तन गर्नुपर्छ । नत्र आगामी दिन निकै कठिन देखिन्छ ।

व्यवसायिक सफलताका लागि के आवश्यक छ ?
व्यवसायमा सफल हुन रोडम्याप र भिजन बनाएर काम गर्नुपर्छ । 
 

Leave A Comment