संगीतमार्फत सद्भाव बढाउन ‘सप्तरंग म्युजिकल जर्नी’

आइतबार, २२ पुष २०७५, ०७ : २३ शुक्रवार
संगीतमार्फत सद्भाव बढाउन ‘सप्तरंग म्युजिकल जर्नी’

प्रदेश अवधारणाको कार्यान्वयनसँगै सातै क्षेत्रका नागरिकविच सांगितिक माहौल मार्फत सद्भाव र ऐश्वर्यता कायम गर्न सातै प्रदेशमा सप्तरंग म्युजिकल जर्नी २०१९ हुने भएको छ । ‘ग्रिष्मा ब्रोडकास्टिङ’ ले ‘सात प्रदेश र सात हामी’ नाराका साथ सात कलाकारलाई सातै प्रदेशमा लैजाने भएको हो ।

सप्तरंग कार्यक्रममा सात प्रदेशकाे प्रतिनिधित्व गर्दै गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट सहभागी छन् ।

आइतबार आयोजिक कार्यक्रममा दिइएको जानकारी अनुसार माघ १८ मा दमकबाट कार्यक्रम शुरु हुनेछ । त्यसपछि माघ २० मा जनकपुर, माघ २२ मा नारायणगढ, माघ २४ मा बुटबल, माघ २६ मा  सुर्खेत, माघ २८ मा धनगढी र फागुन २ मा पोखरामा पुगेर कार्यक्रम समापन हुनेछ । कार्यक्रममा दर्शकले शुल्क तिर्नुनपर्ने आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले बताए । 

उनले आर्थिक लाभका लागि नभई सातै प्रदेशका नागरिकबिच सद्भाव र सामिप्यता बढाउन र आन्तरिक पर्यटनमा सघाउन कार्यक्रमको आयोजना गरेको बताए । कार्यक्रममा सहभागी कलाकारहरुले आपसी सद्भाव र सामिप्यता बढाउने कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताएका थिए । 
 

Leave A Comment