बर्सातमा मेकअप टिप्स

बुधबार, १२ साउन २०७३, ११ : ५२ शुक्रवार , Kathmandu
बर्सातमा मेकअप टिप्स

#    बर्सातमा मेकअप बग्ने सम्भावना बढी रहन्छ । यस समस्याबाट छुटकारा पाउन सबैभन्दा पहिला अनुहारलाई राम्ररी धुने । त्यसपछि बरफको एउटा टुक्रा पातलो कपडामा बेरेर अनुहारमा ५ देखि १० मिनेटसम्म रगड्ने । यसो गर्दा अनुहारमा पसिना आउँदैन र मेकअप लामो समयसम्म टिकिरहन्छ ।
#    बरफको टुक्राले मसाज गरेपछि तैलीय छाला भएका महिलाले एस्ट्रिजेन्टको प्रयोग गरेर आफ्नो छालाको सुरक्षा गर्न सक्छन् । सुख्खा अथवा सामान्य छाला हुने महिलाले टोनरको प्रयोग गर्दा राम्रो हुन्छ ।
#    बर्सातमा फाउन्डेसको प्रयोग भरसक गर्नु हुँदैन । त्यसको साटो अनुहारमा पाउडरको बेस तयार पार्नुपर्छ । फेस पाउडरले तपाईंको अनुहारलाई फ्रेस देखिन मद्दत गर्नेछ ।
#    आँखाको सुन्दरता बढाउन पातलो आइलाइनर लगाउने । हल्का रङका आइस्याडोले आँखाको माथिको भाग हाइलाइट गर्ने । यदि मस्कारा लगाउँदै हुनुहुन्छ भने वाटर पु्रफ मस्काराको मात्र प्रयोग गर्नुहोस् ।
#    ओठका लागि हलुका वा म्याट लिप रङका लिपस्टिकको प्रयोग गर्नुपर्छ । म्याट लिप सेड्स लामो समयसम्म ओठमा रहिरहन्छन् । ओठलाई अझै आकर्षक बनाउन लिपग्लसको प्रयोग गर्न सकिन्छ ।
#    बर्सातमा कपाल भरसक बानेर राख्नु राम्रो हो । यस मौसममा कपाल खुला राख्नु भनेको कपाललाई हानि पु¥याउनु हो । बर्सातमा कपाल कमजोर भएर झर्ने समस्या बढी देखिन्छ । त्यसैले यो मौसममा कपाल बान्नु उचित हुन्छ ।
#    बर्सातमा हलुका किसिमका गरगहना नै ठीक हुन्छन् । जसले तपाईंलाई स्टाइलिस देखाउँछ ।

 

Leave A Comment