क्यानेडिय एपी ब्राण्ड नेपालमा

शुक्रबार, १८ माघ २०७५, ०५ : ५३ शुक्रवार
क्यानेडिय एपी ब्राण्ड नेपालमा

क्यानेडियन एपी ब्रान्डका क्यानेडियन फुटवेयर र एसोसेरिज नेपाल भित्रिएको छ । अन्त्राष्ट्रिय फेसनेबल सामाग्रि नेपाल भित्र्याउन सक्रिय आरपी ग्रुपले ललितपुर जावलाखेलमा एपी फुटवेयर र अन्य सामाग्रि सहजै रुपमा उपलब्ध गराउँदै सोरुम खोलेको छ । 

आरपी ग्रुपले दामिलानो, इन्डियन टेरेन, लुइस फिलिप, डब्लु ओरेलिया, डेल जिन्स, सेलियोलगायतका अन्तराष्ट्रिय ब्रान्डका सामान नेपाल भित्र्याएको छ । 

आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डेका अनुसार एपी ब्रान्डका हरेक सामानमा एक वर्षको वारेन्टी हुन्छ । ग्रुपले माघ २५ सम्म ग्राहकलाई १० प्रतिशत छुटको समेत प्रवन्ध गरेको छ । 

अन्तराष्ट्रिय ब्रान्डेड सामाग्रिप्रति युवा पुस्ता सचेत देखिएका छन् । क्यानेडिएन ब्राण्ड छोटो समयमा लोकप्रिय हुने ग्रुपको विश्वास देखिएको छ । 

‘युवा पुस्ताको रोजाईलाई ध्यान दिएर अन्तराष्ट्रिय स्तरको ब्राण्डेड सामाग्रि नेपाल भित्र्याएका हौं,’ पाण्डेले भने‘ ६ महिनाभित्र काठमाडौंको दरबारमार्ग, पूर्वको इटहरी र पश्चिमको पोखरामा समेत सोरुम खोल्ने योजना छ ।’

Leave A Comment