दमकमा सात कलाकारको धमाका

शुक्रबार, १८ माघ २०७५, ०८ : ४१ शुक्रवार
दमकमा सात कलाकारको धमाका

सात प्रदेशमा सांगीतिक माहोलमार्फत् सद्भाव र एकता कायम गर्न हिडेको सप्तरंग म्युजिकल जर्नी टिमका कलाकारले पहिलो दिनको कार्यक्रममा दमकवासीको राम्रो साथ पाए ।

ग्रिष्मा ब्रोडकास्टिङले आयोजना गरेको कार्यक्रममा दमकवासी गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्माको स्वरसँगै झुमे भने मोडल अञ्जली अधिकारीको आर्कशक नृत्यसँगै रमाए । कमेडियन सन्दीप क्षेत्रीले दमकवासीलाई खुब हसाए । कार्यक्रममा खेलाडी दीपक बिष्ट समेत सहभागी थिए । 

आयोजक गृहेन्द्र घिमिरेले दमकवासीको साथले कार्यक्रम सोचेभन्दा प्रभावकारी भएको प्रतिकृया दिए । ‘स्थानीयको उत्साहजनक सहभागीताले कार्यक्रमको प्रारम्भ उत्साहजन भयो,’ उनले भने‘ एकताको शन्देस सोचेजस्तै सफल भयो ।’

शुक्रबार दमकबाट शुरु भएको कार्यक्रम फागुन २ मा पोखरा पुगेर टुंगिनेछ । माघ २० मा जनकपुर, माघ २२ मा नारायणगढ, माघ २४ मा बुटबल, माघ २६ मा  सुर्खेत, माघ २८ मा धनगढीमा सांगितिक कार्यक्रम हुँदैछ । कार्यक्रममा सहभागी हुन आएका कलाकारलाई पञ्चेबाजा सहित स्वागत गरिएको थियो । 
 

Leave A Comment