एक्सरसाइज लगत्तै सोडा पिउनु घातक

बुधबार, २३ माघ २०७५, ०५ : ५२ शुक्रवार
एक्सरसाइज लगत्तै सोडा पिउनु घातक

केही व्यक्तिमा एक्सरसाइज गरेलगत्तै कोल्ड ड्रिक्स या सोडा पिउने बानी हुनसक्छ । थाकेको बेलामा यसले प्यास मेटाउन सघाएझैँ पनि लाग्न सक्छ । तर अमेरिकी जर्नल अफ साइकोलोजी रेगुलेटरीमा छापिएको एक सोधका अनुसार यस्तो बानी किड्नीका लागि खतरनाक देखिएको छ ।

एक्सरसाइज गर्दा प्यास लागे मन तातो पानी पिउँदा फाइदा हुने भए पनि कोल्ड ड्रिक्स या सोडा भने हानिकारक हुने सोधमा उल्लेख छ । अधिक चिनी भएको कोल्ड ड्रिक्स शरीरका लागि फाइदाभन्दा बेफाइदा नै बढी हुन्छ । सोडा पनि यही श्रेणीमा पर्छ । ६ सय मिलिलिटर सोडामा २ सय ४० क्यालोरी हुन्छ । यदि हरेक दिन एउटा सोडा या सफ्ट ड्रिक्स पिउने हो भने एक वर्षमा करिब साढे ६ किलो तौल बढ्छ । यसले क्यान्सरदेखि मुटुको रोगसमेत बढाउँछ ।

सफ्ट ड्रिक्स दाँतका लागिसमेत हानिकारक देखिएको छ । दाँतमा रहने ब्याक्टेरियाको खान्की गुलियो हो । चिनी खाएर ब्याक्टेरियाले एसिड बनाउँछ । यसले दाँतको इनामेलमा असर पार्छ ।
 

Leave A Comment