चिसोमा सनस्क्रिन

बुधबार, २३ माघ २०७५, ०६ : २१ शुक्रवार
चिसोमा सनस्क्रिन

चिसो मौसममा तातो घाम त बरदान समान भइहाल्यो । तर यही घामले तपाइ हाम्रो छालालाई भने नकारात्मक असर पारिरहेको हुन्छ नै । त्यसबाट जोगिने उपाय सनस्क्रिन नै हो । 

चिसो मौसममा युवी रेडिएसनको रेडियो तरंगको प्रभाव बढी हुन्छ । जब बादल लागेको हुन्छ, घामको किरण देखिन्न । तर यस्तो किरण हामीसम्म आइरहेको हुन्छ जो छालाका लागि फाइदाजनक हुन्न ।

सन स्क्रिन भन्नासाथ गर्मीमा मात्र लगाउने भन्ने लाग्न सक्छ । तर हैन जाडोमा पनि यस्ता रेडिएसनबाट जोगिन सनस्क्रिन प्रभावकारी हुन्छ ।  यसका लागि घरबाट बाहिर निस्कनु २० मिनेट अगाडि सनस्क्रिन लगाउनु राम्रो मानिन्छ । सन स्क्रिन अनुहारमा मात्र लगाउने हैन । कपडाले नछोपिने छालाको भागमा लगाउनु राम्रो मानिन्छ ।

चिसो मौसममा सकेसम्म शरीरका अधिकांश भाग ढाकिने कपडा लगाउनु राम्रो । यसले चिसोबाट छाला पनि जोगाउँछ सँगै हानिकारक किरणको नकारात्मक प्रभाव पनि कम हुन्छ ।

सन स्क्रिनको चयन गर्दा यसको गुणस्तरमा भने ध्यान दिनु राम्रो । महँगा सनस्क्रिन मात्रै राम्रो हुन्छ भन्ने पनि हुन्न । सन स्क्रिन किन्दा यो बनेको मिति र प्रयोग गर्ने अवधि हेर्न बिर्सनु हुन्न । आफ्नो छालालाई कस्तो सन स्क्रिन लगाउनु राम्रो हो भन्ने जान्न चिकित्सकको सुझाव लिनुपर्छ । सबै सन स्क्रिन सबै प्रकारको छालाका लागि राम्रो मानिन्न ।
 

Leave A Comment