पहिलो डेटमै फिदा पार्ने उपाय

बुधबार, २३ माघ २०७५, ०६ : ३० शुक्रवार
पहिलो डेटमै फिदा पार्ने उपाय

कुनै युवतीसँग पहिलोपटक डेटमा जाँदै हुनुहुन्छ र उनीसँगको सम्बन्ध सुमधुर र दिगो बनाउन चाहनुहुन्छ भने यसका केही उपायहरु छन् ।

पहिला आफू : पहिलो डेटका लागि तोकेको समयभन्दा केही अगाडि नै पुग्नुस् । सकेसम्म युवती आइपुग्नु भन्दा अगाडि तपाइ त्यहाँ पुग्दा त्यसको प्रभाव सकारात्मक पर्छ ।

ढोका खोल्नुस् : कुनै रेष्टुरेन्ट या क्याफेमा पहिलोपटक भेट्दै हुनुहुन्छ भने युवती आउँदा ढोका खोलिदिनुस् । उनी बस्ने स्थानको कुर्सी मिलाइदिनुस् अनि उनी बसिसकेपछि मात्र आफू बस्नुस् ।

फूल : भेटमा अन्य प्रकारका उपहारभन्दा पनि फूल नै प्रभावकारी हुन्छ । वास्नादार फूलले तपाईंको सम्बन्धलाई पनि वास्नादार बनाउन सघाउन सक्छ ।

मोबाइल साइलेन्ट : युवती आइपुग्नु अगाडि नै मोबाइल साइलेन्ट मुडमा राखिदिनुस् । यसले पहिलो भेटको कुराकानीमा केही अवरोध हुन्न । अनिवार्य कल आयो भने उनलाई सोधेर कुरा गर्नुस् तर सकेसम्म छोटो गर्नुस् ।
न भीडभाड न सुनसान : पहिलो डेटका लागि स्थान चयन गर्दा सुनसान स्थान नछान्नु । सकेसम्म व्यक्तिहरु आवत–जावत भइरहने स्थानमा जानु राम्रो हो । सकेसम्म धेरै भीडभाड हुने स्थान पनि राम्रो मानिन्न ।

मदिरातिर ध्यान नदिनु : बेलुकाको समय पहिलो डेटको समय जुरेको छ भने पनि मदिरातिर ध्यान नदिनु । आफू पनि नपिउनु र युवतीलाई अफर पनि नगर्नु बुद्धिमानी हो । 

Leave A Comment