'प्रेम विवाहले अपराध बढ्यो'

सोमबार, ०६ फागुन २०७५, १० : ३३ शुक्रवार
'प्रेम विवाहले अपराध बढ्यो'


उत्तमराज सुवेदी
एसएसपी
केन्द्रीय प्रवक्ता, नेपाल प्रहरी

माया प्रेमले निम्त्याएका घटना पनि हाम्रो समाजमा हुने गरेका छन् । विशेषगरी वैदेशिक रोजगारी, फेसबुके लभ र प्रेम विवाहका कारणले पनि हाम्रो समाजमा प्रेमले निम्त्याएका अपराध हुने गरेका छन् । श्रीमान् वैदेशिक रोजगारीमा गएको अवस्थामा श्रीमान्ले पैसा पठाउन थालेपछि श्रीमती फेसबुक लगायतका सामाजिक सञ्जालमा झुम्मिएर विकृतितर्फ आकर्षित भएका घटना पनि छन् । सामाजिक सञ्जालको विकृतिका कारण आपराधिक घटना भएका छन् । श्रीमान् विदेशिएपछि श्रीमती अर्कै यौन जोडीसँग रमाउँदा आपराधिक गतिविधि हुने गरेका छन् । कतिपयले फेसबुके लभ परेर विवाहै गरेका छन् । कतिपयले भने आत्महत्या समेत गरेको पाइन्छ । कतिपय श्रीमतीले त प्रेमीसँग लागेर आफ्नै श्रीमान्को समेत हत्या गर्छन् । 

फेसबुकमा लभ परेर जोडीले शारीरिक सम्बन्ध राखेपछि कसैले विवाह गर्ने त कसैले विछोड भएर आत्महत्या समेत गर्छन् । सामाजिक सञ्जालको दुरुपयोगले प्रेमसम्बन्धी आपराधिक घटना बढिरहेको देखिन्छ । 

प्रेम विवाहका कारणले पनि समाजमा अपराध निम्त्याएका छन् । कतिपयको फेसबुकबाट लभ पर्ने र यसपछि प्रेम विवाह हुन्छ । तर प्रेम विवाह लामो समयसम्म नटिक्ने घटना पनि देखिन्छन् । प्रेम विवाह गरेका जोडीमा बिस्तारै एकअर्काप्रति शंका उत्पन्न हुँदै जान्छ । एकअर्काको अर्कै ब्वाइफ्रेन्ड भएको शंका हुन्छ । एकआपसमा द्वन्द्व बढ्छ र आत्महत्यासम्मको अवस्था सृजना भएको देखिन्छ । 

एसिडले हान्ने घटना पनि देखिन्छन् । विवाहित शिक्षित जोडीले समेत आफ्नी श्रीमतिलाई अनुहारमा एसिड हानेको देखिन्छ ।  डाक्टरी पेशा अपनाएका जोडीमा पनि यस्तो घटना भएको देखिन्छ । 
श्रीमतीले आफ्नो सौन्दर्यको घमण्ड गर्दा श्रीमान्ले एसिड हानेको पनि देखिन्छ तर कतिपय त्यस्ता घटना प्रहरीसमक्ष आइपुग्दैनन् । 

पहिलेजस्तो एक पक्षीय लभको चक्करमा परेका केटालाई केटी पक्षले आफ्ना माइती उठाएर केटालाई कुटाउने गतिविधि भने अहिले कम देखिन्छ । सामाजिक सञ्जालले निम्त्याउने प्रेमसम्बन्धी अपराध ४० बर्ष उमेर समूहसम्म बढि देखिन्छ । वैदेशिक रोजगारिले निम्त्याएको घटनामा भने महिला २० बर्ष पछि र पुरुष २५ वर्षभन्दा बढी उमेर समूहमा प्रेमसम्बन्धी अपराध भएको पाइन्छ । 

पछिल्लो समय संगठित गुण्डागर्दीका कारणले निम्तिने प्रेमसम्बन्धी आपराधिक क्रियाकलाप कम छन् । सामाजिक विकृतिले सृजित प्रेमसम्बन्धी घटना भने बढी छन् । बलात्कार, झगडा, आत्महत्या गर्नुपूर्व व्यक्ति राम्रै किसिमको चरित्रको देखिन्छ । धेरैजसो त्यस्ता घटना व्यक्तिले अचानक घटाउने गरेको पाइन्छ । पहिले पहिले गुण्डाले बलात्कार गरेको देखिन्थ्यो तर अहिले त्यस्तो देखिँदैन । 

( कुराकानीमा अाधारित)
 

Leave A Comment