फलफूल खाँदा तन्नेरी,खाली पेटमा खानु बेठिक

बिहिबार, १६ फागुन २०७५, ०८ : २० उपेन्द्र खड्का
फलफूल खाँदा तन्नेरी,खाली पेटमा खानु बेठिक

फलफूल मन नपर्ने कमै होलान् । यसमा शरीरलाई मजबुत बनाउने तŒव पाइन्छ नै मिठो पनि हुन्छ । तर फलफूलमा विषादीको अधिक प्रयोगले फलफूलले ज्यान बनाउने भन्दा जोखिम बढाउने सम्भावना उत्तिकै छ । 
फलफूल पकाउन र बिक्री गर्न लागिएका फलफूल चाँडै नबिग्रियोस् भनेर यसमा विषादी हाल्ने गरेको सिंहदरबार वैद्यखाना विकास समितिका उत्पादन प्रमुख डा. विनोद शाह बताउँछन् ।

बेसिजनका फलफूलमा विषादी प्रयोग हुन सक्ने भएकाले सिजन अनुसारका फलफूल खानुपर्ने शाहले सुझाए । लामो समय भण्डारण गरेर राखेको फलफूलमा भिटामिनसमेत कम हुने भएकाले सिजनल फलफूल नै खानु उपयुक्त हुन्छ । 

फलफूल खाँदा मनतातो पानीले पखालेर खानु उपयुक्त हुने चिकित्सकको सल्लाह छ । 
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती तरकारीको तुलनामा फलफूलमा कमै विषादी प्रयोग हुने बताउँछन् । 

तरकारीमा जस्तो फललाग्दा वा फल अड्याउँदा हालेको विषादी सामान्यतया फलफूल टिपिसकेपछि असर नरहने उनले बताए । तर फलफूलमा ढुसी नलागोस् भनेर पनि विषादीको प्रयोग हुन सक्ने भएकाले व्यापारिक रुपमा बजारमा पाइने फलफूल खाँदा भने सावधानी अपनाउनुपर्ने चिकित्सक बताउँछन् । 
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका, क्लिनिकल रिसर्च युनिट संयोजक डाक्टर शेरबहादुर पुन  विषादी प्रयोग भएका फलफूल खाँदा फुड प्वाइजनलगायतको जोखिम हुने भएकाले राम्रोसँग सफा गरेर फलफूल खान सुझाउँछन् ।  

चम्काउन पनि विषादी
स्याउमा चमक ल्याउनका लागि मैन राखिने गरेको पाइएको अधिकृत वस्ती बताउँछन् । मैन भने पखाल्दा जादैन । त्यसैले हतियारले खुर्किएर मैन फ्याँक्नु पर्ने हुन्छ । 

‘सामान्यतया खान मिल्ने किसिमकै मैन फलफूल टल्काउन प्रयोग हुने गरेको देखिन्छ,’ अधिकृत वस्ती भन्छन्‘फलफूल टल्काउने किसिमको मैनबाट खासै डराउन पर्दैन ।’

विशेषज्ञका अनुसार काँक्रामा छिटो बढाउन ‘अक्सिटोसिन हर्मन्’ नामक औषधि प्रयोग गरिन्छ । बच्चाको स्तनपानका लागि महिलाको दूध उत्पादन गर्न प्रयोग गरिने यस्तो हर्मनले मानव शरीरमा असर गर्छ । 
ताछेर खाए विषादी कम 

आँप पकाउनका लागि विषादी राख्ने गरिएको पाइएको वस्तीले बताए । तर सामान्यतया बोक्रा ताछेर खाने किसिमका फलफूलमा बोक्रा ताछेरै खानु उपयुक्त हुने चिकित्सक बताउँछन् । 

बोक्रा ताछेर खाने किसिमको फलफूलमा बोक्राभित्र विषादीको असर हुने सम्भावना कम हुन्छ । बोक्रा ताछेर खाने आँप, केरा, सुन्तोला, मौसम, अनार, जुनारजस्ता फलफूलमा विषादी प्रयोग भएको भए पनि खान डराउन नपर्ने चिकित्सक बताउँछन् । 

स्याउ, अंगुरजस्ता नताछि खाने किसिमका फलफूल खाँदा भने सावधानी अपनाउनुपर्ने डा. पुनले बताए । स्याउ, अंगुरजस्ता फलफूल केहीबेर तातोपानीमा डुबाएर राम्रोसँग बगेको पानीले पखालेर खाँदा केही हदसम्म विषादी पखालिने पुनले सुझाव दिए । कागती वा भिनेगर वाटरमा फलफूल २÷४ घण्टा डुबाएर राख्दा विषादी भए पनि जान्छ ।  

काटिसकेपछि भने फलफूल पखाल्न हुँदैन । काटेपछि पखालेर फलफूल खाँदा फलफूलमा पाइने भिटामिनै पखालिएर जाने जोखिम हुन्छ । 

खाली पेटमा खानु बेठिक

जतिखेरसुकै फलफूल खान सकिने भए पनि चिसोमा भने फलफूल नखानु नै उपयुक्त हुन्छ । बिहान खाली पेटमा चिसोमा फलफूल खाँदा चिसोले फलफूल पचाउन कठिन हुन्छ । बिहानै खाली पेटमा चिसो फलफूल खाँदा ग्याष्टिकको समस्या हुन सक्ने डा. पुनले बताए । 

‘बिहान खालीपेटमा अमिलो, चिसो, टर्रो किसिमका फलफूल खाँदा ग्यास्ट्रिकको जोखिम हुन्छ,’ डा. पुन भन्छन्‘ खाली पेटमा चिसो फलफूल खाँदा पेटका बिरामीलाई असर हुन सक्छ ।’ 

खाना खाएर फलफूल खानु उपयुक्त हुने डा. पुनको सुझाव छ । तर एकै पटक खानुभन्दा पनि पटक–पटक गरेर फलफूल खानु उपयुक्त हुन्छ । चिसो फलफूल केहीबेर तातो पानीमा डुबाएर खान सकिन्छ । 
कतिपय फलफूल भने खाली पेटमा खानै नहुने बताउँछन्, चिकित्सक । डा. शाहका अनुसार लिच्ची खाली पेटमा खानु हुँदैन । खालीपेटमा लिच्ची खाँदा सुगर कम हुन्छ । बेलुका सुत्ने समयमा फलफूल खानु उपयुक्त हुन्छ । 

फलफूल खाँदा तन्नेरी
विशेषगरी सहरी क्षेत्रका व्यक्तिमा खाना मात्रै धेरै खानाले क्यालोरी बढी हुने भएकाले खाना सँगै सिजन अनुसारका फलफूल पनि खानुपर्ने सुझाउँछन्,चिकित्सक । 

फलफूल खानाले क्यालोरी कम गर्न सघाउने डा. शाह बताउँछन् । फलफूलमा मुख्यतया भिटामिन ‘ए’, भिटामिन ‘बी’ कम्प्लेक्स, भिटामिन ‘सी’, ‘ई’ र ‘के’ लगायतका भिटामिन पाइन्छन् । फलफूलमा भिटामिन ‘बी’ कम्प्लेक्स भने कमै पाइने डा. शाहले बताए । डा. पुन पनि फलफूल मिलाएर खाँदा सबै किसिमका भिटामिन तथा पोषक तत्व पाइने बताउँछन् ।

फलफूलमा अक्सिडेण्ड पाइने भएकाले नियमित फलफूल खानाले शरीरका कोषिका मजबुत हुने चिकित्सकको सुझाव छ । फलफूल खानाले शरीरका कोषिका बिग्रिने सम्भावना पनि कम हुन्छ । 

नियमित फलफूल खानाले कोषिका मजबुत भएर बुढ्यौली देखिन ढिलो हुन्छ । बुढ्यौलीमा पनि अनुहार भर्भराउँदो देखिन्छ । फलफूलले अनुहार भर्भराउँदो हुनुका साथै तन्नेरी देखिरहन सहयोग गर्छ । नियमित फलफूल खाँदा शरीरका विभिन्न हानिकारक तत्व बाहिर निकाल्न सहयोग गर्ने डा. शाहले बताए । फलफूलमा पाइने एण्टि अक्सिडेण्टलले हानिकारक तत्व हटाउँछ । शरीर मजबुत तथा फुर्तिलो हुन्छ । स्फुर्ति ल्याउँछ ।  

फलफूलमा आइरन, जिङ्क, म्याग्नेसियम, सोडियम,  पोटासियमलगायतका मिनरल्स पाइने डा. शाहले बताए । फलफूलमा पाइने यस्ता तत्वले व्यक्तिको शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । 
फलफूलमा फाइबर पाइन्छ । फलफूलमा पाइने फाइबरले पेटको आन्द्रालाई फाइदा हुने डा. पुनले बताए । फाइबरले दिसा गराउन सहयोग गर्छ । फलफूलको जुसमा भने फाइबर लगायतका तत्व कम पाइने भएकाले जुसभन्दा सिधैँ फलफूल नै खान उपयुक्त हुने डा. शाहको सुझाव छ । 

फलफूल छान्ने कसरी ?
बजारमा फलफूल किन्दा चम्किला, हेर्दै आकर्षक देखिने, टल्किने किसिमका फलफूलमा विषादी प्रयोग हुन सक्ने भएकाले त्यस्ता फलफूल किन्दा विचार पु¥याउनुपर्ने बताउँछन्, अधिकृत वस्ती । 

वास्तविक रङभन्दा अस्वाभाविक किसिमको रङ देखिने किसिमका फलफूल किन्नु उपयुक्त नहुने विशेषज्ञको सुझाव छ । 

कतिपय फलपूmलमा त हरियो रङ देखाउनका लागि विभिन्न किसिमका विषादीसमेत हालेको हुन सक्ने बताउँछन्, विशेषज्ञ । कतिपय विषादीले फलफूल कुहिनबाट बचाउँछ । रङ देखाउने किसिमको विषादी हालेको फलपूmल हो वा हैन भनेर छुट्याउन विशेषगरी फलफूलको भेट्नाको खाल्टोमा विषादी जमेको छ वा छैन भनेर हेर्न सकिन्छ । 

विशेषज्ञका अनुसार विषादी रातो, पहेँलो, निलो र हरियो लेभल भएको हुन्छन् । हरियो लेभल भएको विषादी डोज मिलाएर हालेको खण्डमा एक हप्तापछि त्यस्तो फलफूल राम्रोसँग पखालेर खान सकिने बताउँछन्, विशेषज्ञ । 

निलो लेभलकोे बिषादी प्रयोग भएको २०÷२५ दिनपछि खान सकिन्छ । पहेँलो प्र्रयोग गरेको ५० दिनभन्दा पछि खान सकिन्छ भने रातो लेभलको विषादी प्रयोग भएको फलफूल खान नहुने विशेषज्ञको सुझाव पाइन्छ । कतिपयको भने नेपालमा आधुनिक किसिमले निस्किएका विषादीको परीक्षण गर्ने मेसिनको समेत अभाव रहेको भनाइ छ । 

विशेगरी गर्मी मौसममा विषादी प्रयोग भएका फलफूल खाँदा फुड प्वाइजन हुने, वाकवाक लाग्ने समस्या हुने बताउँछन्, चिकित्सक । दीर्घकालीन रुपमा भने क्यान्सरजस्ता घातक रोगको समेत जोखिम हुने डा. पुनले बताए ।

त्यसैले फलफूल खाँदा केही सावधानी अपनाउनु भने अवश्य पर्छ । 
 

Leave A Comment