याैन सवाल : गर्भधारणको उपाय

बुधबार, १३ चैत २०७५, ०९ : २८ शुक्रवार
याैन सवाल : गर्भधारणको उपाय

गर्भ रहनका लागि एक सय लाख शुक्रकिट हुनु पर्छ । सामान्यतया शुक्रकिट पूर्णरुपमा वयस्क हुन ७४ दिन लाग्छ । पुरुषले सन्तान उत्पादनका लागि करिब तीन महिनामा यौन सम्बन्ध राख्नु उत्तम हुन्छ । छोटो—छोटो समयको अन्तरालमा यौन सम्बन्ध राख्ने, हस्तमैथुन गर्ने तथा कृतिम यौन साधनको प्रयोग गर्दा पुरुषका कारणले बाँझोपन हुने अत्यधिक सम्भावना हुन्छ । 

छोटो अन्तरालमा यौन सम्पर्क गर्दा शुक्रकिट वयस्क हुन पाउँदैन । शुक्रकिट वयस्क नभएको बीर्य स्खलन भए पनि गर्भ रहँदैन । छिटो—छिटो यौन सम्पर्क गर्ने तथा बीर्य स्खलन गर्दा बीर्य सुक्खा स्खलन हुन्छ । त्यसो गर्दा शुक्रकिटको संख्या कम हुन्छ । त्यस्तो अवस्थामा शुक्रकिट निकाल्ने कोषिकालाई पनि बढी भार पर्छ । 

शुक्रकिटका साथै अन्य चिप्ला रसायनहरु निष्कासन भई जम्मा हुन कम्तीमा तीन दिन लाग्छ । पुरुषले शुक्रकिट निष्कासनको आधारमा महिनामा बढीमा नौ पटक भन्दा बढी यौन सम्पर्क नगर्दा उचित हुन्छ । 

भु्रण निष्कासनमा यौन चाहना
महिलाको हरेक २८ दिनमा भु्रण निष्कासन हुन्छ । त्यसैले महिनावारी भएको महिलाले महिनावारी भएको २० देखि २६ दिनमा यौन सम्पर्क गर्नु उपयुक्त हुन्छ । महिनावारीको समयमा महिलाको टाउको दुख्नु र तल्लो पेट दुख्नु महिलाका लागि सामान्य र प्राकृतिक हो । 

सामान्यतः रजश्वला हुनुपूर्व दुई दिन र रजश्वला भएको समयको चार दिन महिलालाई पेट दुख्छ । भु्रण निष्कासन भएको समयमा २४ घण्टा र भु्रण निस्किसकेपछिको दुई दिन समेत पेट दुख्छ । महिनावारी भएको १४ देखि २० दिनसम्मको समय महिलाको डिम्ब र पुरुषको शुक्रकिट निशेचन हुने उत्तम समय हो । महिनावारी भएको १४ देखि १७ दिनसम्म महिलाको शरीरको हर्मनमा उतारचढाव हुन्छ । यो समयमा महिलाको एक डिग्रि सेन्टिग्रेट तापक्रम पनि बढ्छ । अन्य दिनको तुलनामा महिलाको भु्रण निस्किएको समयमा योनिबाट बाक्लो तरल पदार्थ बाहिर निस्कन्छ । बच्चा बस्ने अवस्थाको पदार्थ हातको औँलामा लिने हो भने टाँसिन्छ । 

त्यसैले महिनावारी हुनु अगाडि नै तल्लो पेट दुख्ने, शरीर थकित हुने, टाउको दुख्नेजस्ता लक्षण हुन्छन् भने महिनावारीको समयको रजश्वलाकै कारणले शारीरिक सक्रियता कम हुन्छ । 

महिलालाई भु्रण निष्कासन भएको एक दिनअगाडिदेखि एक दिनपछाडिसम्म अत्यधिक  यौन चाहना हुन्छ । महिलाको भु्रण निस्कासन भएको ७२ घण्टाको समय अर्थात् तीन दिन अत्याधिक यौन चाहना हुने दिन हुन् । 

सामान्यतः महिलाका लागि अन्य दिन भने यौनको सवालमा साधारण सहभागिता हुन्छ । भु्रण निष्कासन भएको समयमा यौन सम्पर्क गर्दा गर्भधारण हुने सम्भावना अत्यधिक हुन्छ । सामान्यतः महिनावारी भएको १७ दिनमा महिलालाई यौन चाहना बढी हुन्छ । स्वस्थ महिलाको २८ दिनको रजश्वला चक्र हुन्छ । नियमित रजश्वला हुने स्वस्थ महिलाको महिनावारीको १७ औं दिनमा भु्रण निष्कासन हुन्छ । 
त्यसैले बच्चाको चाहना हुने जोडीले महिलाको भु्रण निष्कासन र यौन चाहनाको समयलाई विचार पुर्याएर यौन सम्पर्क गरे गर्भ रहने सम्भावना हुन्छ । 

महिलाको भु्रण निष्कासन भएको तीन दिनअघि र तीन दिनपछि पनि गर्भ रहने सम्भावना अत्यधिक हुन्छ । पुरुषको शुक्रकिट खुला यौन सम्पर्क भएको ७२ घण्टा बाँच्छ र महिलाको भु्रण निष्कासन भएपछि भु्रण र शुक्रकिट निशेचन हुन्छ । 

सन्तुलित भोजन
सन्तुलित भोजन र सामान्य व्यायामले यौन सम्पर्क आनन्ददायी हुन्छ । सन्तुलित भोजन, पानी र खनिज पदार्थ, भिटामिन कम भएमा महिलाको भु्रण निष्कासन र पुरुषको शुक्रकिट वयस्क हुने समयमा गडबडी हुन्छ । त्यसैले गर्भधारणका लागि पनि सन्तुलित भोजन आवश्यक छ । सन्तुलित भोजन हुँदैमा मात्रै शुक्रकिट तीन महिनाअघि पूर्ण वयस्क हुन्छ भन्ने हुँदैन । सामान्यतः तीन महिना भन्दा कम समयमा शुक्रकिट पूर्ण वयस्क हुँदैन । 

यौन सम्पर्क र गर्भधारणका लागि दुवै पक्ष पूर्ण वयस्क हुन आवश्यक छ । हालसालै नेपालमा रजश्वला हुने उमेर सरदर ५२ वर्ष पुगेको छ । यसको अर्थ रजश्वला हुञ्जेलसम्म महिलाले गर्भधारण गर्न सक्छिन् । पुरुषको हकमा भने बृद्ध अवस्थासम्म पनि अण्डकोषले शुक्रकिट उत्पादन गरिराखेको हुन्छ । त्यसैले शारीरिक तथा मानसिक अवस्था स्वस्थ र आनन्ददायी छ भने वृद्ध अवस्थामा पनि पुरुषको यौनाङ्ग सक्रिय हुन सक्छन् । शुक्रकिट उत्पादन भएको अवस्थामा वृद्ध उमेरमा पनि यौन सम्पर्कबाट गर्भ रहने सम्भावना हुन्छ । 

-याैनसँग सम्बन्धित कुनै समस्या भए infoshukrabar@gmail.com मा पठाउनुहाेला । हामी विज्ञ मार्फत तपाइकाे समस्याकाे सम्बाेधन गर्नेछाैं ।
 

Leave A Comment