‘स्पाइनल कर्ड इन्जुरी’ पुनःस्थापना

बिहिबार, ०६ जेठ २०७३, ०३ : २२
‘स्पाइनल कर्ड इन्जुरी’ पुनःस्थापना

 विवेक घिमिरे ‘विशद’
एमपीटी न्युरोलजी, ग्रान्डी सिटी हस्पिटल

मेरुदण्डमा चोट वा असर पुग्नुलाई प्राविधिक भाषामा स्पाइनल कर्ड इन्जुरी भनिन्छ । गतिशील शरीरको हलचल गर्ने अंगको केन्द्र नै मेरुदण्ड हो । स्नायुप्रणाली सक्रिय हुन नसक्दा कुनै नकुनै अंग निस्क्रियमात्र होइन अचेत पनि हुन पुग्दछ ।

मेरुदण्ड के हो ? कस्तो हो ? यसबाट कुन–कुन अंग प्रभावित हुन्छन् ? लगायत कुरा सबैले थाहा पाउनु जरुरी छ । शरीरको कुनै पनि अंग चलाउन नसा सक्रिय हुनुपर्दछ । दिमागभन्दा बाहिरका हरेक अंगमा पुग्ने नसाको सुरुवात स्पाइनल कर्डबाट हुन्छ । स्पाइनल कर्ड नै नसाहरूको केन्द्र भएकोले यो मेरुदण्डले जोगाएर राखिएको अवस्थामा सानोतिनो चोटले यसलाई त्यति असर पर्दैन । सोझै मेरुदण्डमा असर पुग्दा भने स्पाइनल कर्डलाई असर पर्छ ।


सामाजिक चेतनाको कमीले गर्दा यस्ता किसिमका चोट लागेकालाई विकलांग ठानी अर्कै नजरले हेरेको पनि पाइएको छ । त्यस्ता चोटका कारण शारीरिक रूपमा असक्षम भएकालाई भिन्न तरिकाले सक्षम बनाउनु नै पुनस्थार्पना विधि हो । जुन विधिबाट बिरामीलाई आफ्नो सरसफाइदेखि लिएर सबै कुरामा आत्मनिर्भरतामा पु¥याउन सकिन्छ ।
कसरी गरिन्छ पुनस्र्थापना ?


पुनस्र्थापनामा सबैभन्दा मुख्य कुरा भनेको बिरामीको चोटको किसिम हेर्नु नै हो ।  पूर्णरूपमा नसामा चोट लागेका तथा नलागेकालाई गर्ने विधि फरक हुन्छ । पूर्ण चोट नलागेका व्यक्तिलाई पूर्णरूपमा चोट पूर्वको स्थितिमा पु¥याउन पनि सकिन्छ । पूर्णरूपले चोट लागेकालाई भने भिन्न किसिमबाट कार्यात्मक रूपमा सक्षम बनाई आत्मनिर्भर बनाउन सकिन्छ । पूर्ण चोट र अपूर्ण चोट लागेको भाग हेरेर उपयुक्त विधि अपनाउनुपर्ने हुन्छ । मेरुदण्डको हरेक भागको चोटको प्रकृति फरक–फरक हुन्छ । त्यसैले मेरुदण्डको भाग हेरेर चोटले कुन–कुन अंगलाई असर पार्दछ त्यसलाई बुझेर पुनस्र्थापनाको उपचार विधि अपनाइन्छ ।


मुलुकमा पुनस्र्थापना केन्द्र पर्याप्त पनि नभएको र भएका पनि जनसेवामूलक नभएर नाफामूलक भइरहेको यो अवस्थामा सरकारी पक्षबाट ठाउँ–ठाउँमा पुनस्र्थापना केन्द्र हुनु आवश्यक देखिएको छ । कतिपय यस्ता केन्द्र विदेशी सहयोगमा चलिरहेका छन् । त्यसमा सही सदुपयोग भए नभएको हेर्ने दायित्व सरकारकै हो । सरकारको पहलमा सहयोगी मुलुकको समेत संलग्नतामा पुनस्र्थापना केन्द्र विस्तार गर्नसक्दामात्र सर्वसाधारणले सुविधा पाउन सक्ने छन् ।


रोग लागिसकेपछि रोग अनुसारका उपचार विधि त धेरै छन् र गरिन्छ । तर, रोग लाग्नुभन्दा पहिले रोगको बाटो छेक्नु नै जाती भनेझैँ रोग लागिसकेपछि वा आफ्नै असावधानीले दुर्घटनामा परिसकेपछिको पछुतोलाई हामीले समयमै सचेत हुन सक्दा धेरैथरी रोगका बाटो छेक्न सक्दछौँ ।

 

Leave A Comment