सुत्केरीपछि सानियाको  फिटनेस सूत्र

सोमबार, १८ चैत २०७५, ०८ : १२ शुक्रवार
सुत्केरीपछि सानियाको  फिटनेस सूत्र

गर्भवती भएपछि स्वभाविक रुपमा तौल बढ्छ । यो प्राकृतिक प्रक्रिया नै हो । सामान्य नागरिकका लागि समेत गर्भवती पछिको तौल नियन्त्रण गर्नु ठूलो चुनौती बन्न जान्छ । त्यसमा पनि फिट रहनै पर्ने कलाकार र खेलाडीका लागि गर्भवतीपछि बढेको तौल नियन्त्रण गर्नु निकै तनावको विषय बनिदिन्छ । अन्तर्राष्ट्रिय टेनिस प्लेयर सानिया मिर्जा पनि अन्य स्त्रीजस्तै गर्भवती भएपछि उनको पनि तौल बढ्यो । 

बच्चा जन्माएपछि स्वभाविक रुपमा उनी खेल क्षेत्रमा फर्कने छिन् नै । त्यसका लागि तौल घटाउन आवश्यक हुन्छ । उनले केही समयको अन्तरालमै आफ्नो २२ किलो तौल घटाएर उनका शुभचिन्तकहरुलाई आफू खेलमा फर्कनेमा ढुक्क बनाइन् ।

दैनिक एक्सरसाइज
मिर्जाले एक अन्तर्वार्तामा कसरी तौल घटाउन सम्भव भयो भन्ने अनुभव बाँडेकी छन् । उनका अनुसार प्रारम्भमा तौल घटाउन निकै मुस्किल भयो । सुत्केरीको जोखिमपूर्ण समय पार गरेपछि उनले दैनिक ४ घण्टा व्यायामशालामा बिताइन् । सो समयमा उनी सय मिनेट कार्डियोको एक्सरसाइज गर्थिन् । बिहान उनी स्ट्रेन्थको तालिम गर्थिन् भने बेलुका पालिमेट्रिक एक्सरसाइज । दैनिक एक घण्टा हिँड्दासमेत तौल नियन्त्रणमा सघाउँछ ।

खानाको तालिका
गर्भावस्थाको समयमा खाना नियन्त्रण सम्भव छैन । आफूसँगै सन्तानको स्वास्थ्यका लागि समेत पर्याप्त खाना खान आवश्यक पर्छ नै । सामान्य गर्भवतीझैँ उनले पनि गर्भ रहेको समयमा प्रशस्त खाना खाइन् । जब उनी सुत्केरी भइन्, त्यसको केही समयपछि उनले खानाको तालिका बनाएर सोहीअनुसार आफूलाई नियन्त्रण गर्दै गइन् ।

बिहान हिँड्ने, सकेसम्म बिहान फलफूल मात्र खाने, दिउँसोको खानामा सकेसम्म माछा मासु नखाने, दिउँसोको खानामा समेत प्रोटिनमा जोड नदिने, बेलुका हल्का खाना, सलादमा जोड दिने गर्दा सुत्केरी अवधिमा मोटाएको ज्यानको बोसो पगाल्न सघाउने उनको अनुभव छ ।
 

Leave A Comment