स्मार्टफोनले बचायो टर्कीको सत्ता

शनिबार, १५ साउन २०७३, १२ : ४७ शुक्रवार , Kathmandu
स्मार्टफोनले बचायो टर्कीको सत्ता

सैनिकको एक समूहले टर्कीमा ‘कू’ प्रयास ग¥यो । त्यसको केही घण्टापछि अपदस्थ भनिएका राष्ट्रपति रिसेफ तैइयप एर्दौआनले प्रजातन्त्रको रक्षा गर्न सर्वसाधारणलाई सडकमा उत्रन आह्वान गरे । तर, एर्दौआनले सर्वसाधारणलाई उक्त अपिल कुनै सरकारी सञ्चार माध्यमबाट गरेका थिएनन् । उनले उक्त सन्देश प्रवाह गर्न स्मार्टफोनको प्रयोग गरे । जुन भिडियो सीएनएन टर्कीले लाइभ प्रसारण गरेको थियो । जुन भिडियो सन्देशले टर्कीका जनतामा स्वतःस्फूर्त रूपमा सडकमा उत्रिन प्रेरणा मिल्यो । एर्दौआन अझै सत्तामै छन र ‘कू’को प्रयास गर्ने सैनिक अधिकारीहरू जेलमा ।
यसको एउटै कारण हो, उनले आफ्नो स्मार्टफोनमार्फत सामाजिक सञ्जाल प्रयोग गरी जनतालाई सडकमा उत्रन अपिल गरे, जसमा उनी सफल पनि भए । ‘कू’को प्रयास गर्ने सेैनिक खेमा असफल हुनुमा जनता र राजनीतिक दल साथ नहुनु एउटा कारण होला । तर, प्रमुख कारण भनेको उनीहरूले सामाजिक सञ्जाललाई बेवास्ता गर्नु हो ।
‘कू’को प्रयास सफल पार्न उनीहरूले शुक्रवार रातिबाटै इस्तानबुलको पुल तथा अटाटुर्क विमानस्थलमा घेरा हालेका थिए । उनीहरूले अंकारामा रहेको राष्ट्रिपति भवन अगाडि सैनिक ट्यांक तयारीका साथ राखेको थिए । उनीहरूले केही सञ्चार माध्यमलाई समेत नियन्त्रणमा लिए । तर, उनीहरूले ट्वीटर, फेसबुकजस्ता सामाजिक सञ्जालको महŒव र पहँुचको मूल्यांकन गर्न सकेनन् । जसको परिणाम टर्कीका सर्वसाधारणले सामाजिक सञ्जालको प्रयोग गरी ‘कू’ प्रयासको समाचार आदानप्रदान गरे । त्यसलाई असफल पनि तुल्याए ।
एर्दौआनको सन्देश प्रत्यक्ष प्रसारण गरेको सीएनएन टर्कीका समाचार वाचक वसक सेनग्युलले टर्कीका सर्वसाधारणलाई टर्की संकटमा रहेको र प्रजातन्त्र रक्षाका लागि उत्रने आह्वान गरेका थिए ।
सैनिक ‘कू’ असफल पार्न राष्ट्रपति एर्दौआनको सन्देशले महŒवपूर्ण भूमिका खेलेका चर्चा हुन थालेको छ । सत्ता बचाउन एउटा स्मार्टफोनले पनि उल्लेख्य भूमिका निर्वाह गर्दो रहेछ भन्ने प्रमाणित गरेको विज्ञहरूको भनाइ छ ।

 

Leave A Comment