सधैँ ‘सरी’  किन भन्ने !

बिहिबार, १९ बैशाख २०७६, ०८ : २७ शुक्रवार
सधैँ ‘सरी’  किन भन्ने !

एक सामान्य दिनमा सोच्नुस कि तपाइ कस्तो कस्तो अवस्थामा सरी भन्दै हुनुहुन्छ । कतिपय अवस्थामा ‘सरी’ आवश्यक हुने गर्छ, जतिबेला तपाई कसैसंग ठोक्किनुहुन्छ या तपाइको कुनै  साथीसंगको पुर्व निर्धारित योजना रद्द गर्नुहुन्छ । तर के तपाइले अनावश्यक हुने सरीको बारेमा सोच्नुभएको छ ? जस्तो वैठकमा, कसैलाई थोरै असुविधा हुदा या बजारमा डेरीमा दुध पोखाउदा इत्यादी ।

क्यानेडेली समाजशास्त्री मज जोवानोविक बिश्वास गर्छिन कि हामीले दिनहुजसो भन्ने सरीले हामीलाई पिडा दिन्छ  । जसले गर्दा हामीलाई हाम्रो वास्तविक हैसियतभन्दा पनि आफु निच र कमजोर भएको अनुभूति गराउछ र हामीले हाम्रो आत्मविश्वास गुमाउन पुग्छौ ।

ओन्टारियो ह्यामिलटनमा एम सी मास्टर युनिभर्सिटी र मोह्वक कलेजमा अध्यापन गर्ने जोवानोविकको  यसको विषयमा रुचि बढ्यो जति खेर उनी आजभन्दा चार वर्ष अघि एक सम्मेलनमा भाग लिएकी थिइन् ।
उनी भन्छिन , एक समुहमा चार जना आ–आफ्नै क्षेत्रमा विज्ञता हासिल गरेका महिला थिए । तिनीहरुमध्ये कसैले सयौं लेखहरु र दर्जनौ पुस्तक प्रकाशित गरिसकेका थिए । 

तिनीहरुले केवल आफ्नो परिचय दिन लगाईएको थियो । ति मध्ये पहिलो महिला माइक्रोफोन लिन्छिन र अगाडी बढ्छिन । अनि भन्छिन, मलाई थाहा छैन कि म यो बहसमा के नयाँ विषयहरु अगाडी सार्न सक्छु । दोस्रो महिलाले उसै गरि भनिन् । मैले सोचे तिनीहरुले गलत मान्छेलाई इमेल पठाए । म यहाँ उभिरहदा निकै गर्वको महशुस भएको छ । र तेस्रो र चौथो महिलाले पनि त्यस्तै धारणा ब्यक्त गरे ।

हप्ता लामो सम्मेलनमा सहभागी ति २५ समूहमध्ये कुनै पुरुषले पनि त्यसरी आफ्नो अनुभव र कामको मूल्य घटाउने गरेर आफ्नो धारणा ब्यक्त गरेनन् । तर जब महिलाको त्यहाँ प्रवेश भयो त्यतिखेर जहिले पनि उनीहरुले आफुलाई कुनै न कुनै रुपमा सुरुमै आफ्नो कमजोरीबाट सुरु गर्थे । उनी थप्छिन् ‘यो त अति भयो , यसले मेरो हृदयमा चिसो पस्यो’ ।

बाहिरी संसार पनि त्यस्तै भएको उनले पत्ता लगाइन् । ‘हामीले संचार गर्दा माफी माग्ने काम अनिवार्य सर्त जस्तै भएको छ,’उनी थप्छिन, ‘त्यसयता उनले थुप्रै त्यस्ता अनावस्यक क्षमायाचना आफ्ना सहपाठि र विद्यार्थीहरुबाट संकलन गरेकी छिन् । एउटा त्यस्तै घटना जुन उल्लेख गर्न यहा उपयुक्त हुन्छ । 
उनको एक अनुसन्धान सहयोगीले पिज्जा पुर्याउने मानिस घरमा ढिलो आउँदा उल्टै उनले सरी भनिन् । हामी अलि सहर बाहिर बस्छौ । तपाइलाई मेरो घर पत्ता लगाउन निकै मुस्किल भयो होला होइन भन्दै उनले सरी भनिन् ।

हामी सरी नभनिकन पनि उत्तिकै सम्मान र सहअस्तित्व कायम गर्न सक्छौ । उनी  भन्छिन,‘जब दोस्रो चोटी तपाई कसैसंग ठोक्किनुहुन्छ अनि भन्न सक्नुहुन्छ, तपाई जान सक्नुहुन्छ, केहि भाको छैन या भूलवस त्यसो हुन गयो ।’ 

बैठकमा पनि सरी भन्नुभन्दा यसरी जादा कसो होला किन नभन्ने ? या म संग एउटा यस्तो उपाय छ किन नभन्ने ? म यसबारे केही भन्न चाहन्छु भन्ने हिसावले हामी किन कोसिस नगर्ने ? 

यसरी पनि हामी नम्र हुन सक्छौ । यसको मतलव हामीले हाम्रो आत्मसम्मानमा चोट पुर्याउनु होइन । लिखित सम्वादहरुमा सरीको प्रयोगबारे पनि हामी निकै संवेदनशील हुन जरुरी छ । सम्भव भएसम्म यसको प्रयोगलाइ नै हटाउनुपर्छ ।

गूगल मा क्रोममा भएको ‘जस्ट नट सरी’ भन्ने प्रोग्रामिङले पनि कसरी सही बाक्यांशको प्रयोग गर्ने र आफ्नो संदेश सही बनाएर अनावश्यक माफी माग्ने बानी हटाउने भन्ने सिकाउछ ।

हामी सबैले पाएको सन्देशको जवाफ पठाएको हुन्छौ तर तपाई सहि तरिकाले यसको जवाफ दिन सक्नुभएन भने के भन्नुहुन्छ ? सरी नै भन्नुहुन्छ । तर त्यसो नगर्नुस । उनी सुझाउछिन, ‘भन्नुस कि म काम गर्दै थिए, म पढ्दै थिए या म स्प्यांस लगाउन लाग्दै  थिए । यी सबै उपयुक्त तर्क हुन सक्छन्  तर तपाइले मफिनै माग्न भने आवश्यक छैन । 

कतिपए अवस्थामा हामी सरीको साटो धन्यवाद पनि भन्न सक्छौ नी ।

उनी भन्छिन, ‘हामी चार जना हाम्रो कामको योजनाको बारेमा वैठकको लागि रेस्टुरेन्टमा पाचौ नम्बरको साथीलाई कुर्दै थियौ । र मैले समाजको मुकुण्डबाट हेरे र सोचे । उसले के भन्छ होला ? उसले कतिचोटी क्षमा माग्छ होला, । म यसमा धेरै धैर्य गर्ने अवस्थामा थिइन । र उ जब आइपुग्छ तपाइलाइ थाहा छ उसले के भन्छ? ‘ मलाइ कुर्नु भएकोमा धन्यवाद’ ।

र, हामीले पनि उसलाई स्वागत गर्यौ । र त्यसपछि हामी खाजा अर्डर गर्यौ । त्यसमा खास कुनै अचम्म भएन ।

यदि सरी भन्दा धन्यवादले राम्रो काम गर्छ भने दोस्रो पटकदेखि किन यसको प्रयोग नगर्ने ? जतिखेर तपाई आफ्नो साथीहरुसंग रहनुहुन्छ र निकै गफ्फिनु हुन्छ । गफको क्रममा गल्ति भयो, क्षमा पाँउ, भन्नु भन्दा पनि मेरो साथी बन्नु भएकोमा धन्यबाद, तपाइलाई भेट्दा खुसी लग्यो किन नभन्ने ?

‘तपाई आफ्नै परिवार र साथीहरुबाट यसको सुरुवात गर्न सक्नुहुन्छ । तर त्यसबाट पनि अगाडी बढ़नु भयो भने झन् राम्रो हुन्छ । म अहिले तीन बर्षदेखी यसको अभ्यास थालेको छु, ’ जोवानोविकको सुझाव छ‘ म पर्किङ्गमा हुदा होस् या पुरै अपरिचित मान्छेहरुसंग भेट हुदा अथवा सामान पसल या अन्य कुनै लाइनमानै  किन नहोस , मैले यसरी फरक तरिकाले अभ्यास थालिसकेको छु । मेरो लगभग सबै समय जब म कुनै एक महिलालाई रोक्छु र भन्छु, ‘तपाई त्यतिको लागि किन सरी भन्नुहुन्छ? उनको जवाफ हुन्छ,‘यसबारे  मलाई थाहा छैन ।’
स्रोत : ideas.ted.com

Leave A Comment