रङ्गमञ्चमा दुव्र्यवहार ः राजकुमार र राजनले स्विकारे आरोप

बिहिबार, १९ बैशाख २०७६, ०८ : ३५ स्मृति ढुंगाना
रङ्गमञ्चमा दुव्र्यवहार ः राजकुमार र राजनले स्विकारे आरोप

रङ्गमञ्चमा महिला सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोपित तीन रङ्गकर्मीमध्ये दुई जनाले घटना स्वीकार गर्दै माफी मागेका छन् । सुनील पोखरेल, राजन खतिवडा र राजकुमार पुडासैनीले रङ्गमञ्चमा सक्रिय महिला रङ्गकर्मीमाथि गरेको यौन दुव्र्यवहारबारे शुक्रवार साप्ताहिकले समाचार प्रकाशित गरेको थियो । 

यी तीनमध्ये पुडासैनी र खतिवडाले घटना स्वीकार गर्दै आत्मालोचनासहित माफी मागेका हुन् । पोखरेल भने अझै मौन छन् ।

पुडासैनी र खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै घटना स्वीकार गर्नुका साथै माफीसमेत मागेका छन् । दुवैले काम गर्ने क्रममा आफूबाट भएको गल्तीका लागि आत्मालोचना  गरेका हुन् । 

पुडासैनी र खतिवडामाथि उनीहरु संलग्न संस्थाले यसअघि नै कार्बाही गरिसकेको छ । पुडासैनी संलग्न वन वल्र्ड थिएटरले एक वर्ष सुधारात्मक निलम्बन गरिसकेको छ भने मण्डलाले खतिवडाले महासचिव पदबाट दिएको राजीनामा स्वीकृत गरिसकेको छ । 

शुक्रवारले चैत २८ मा रङ्गमञ्चमा भइरहेको यौन दुव्र्यवहारबारे खोजमूलक सामग्री प्रकाशन गरेको थियो । रङ्गकर्मी अनु दाहाल लगायतकाले पुडासैनीले गरेको यौन दुव्र्यवहारबारे खुलाएका थिए भने खतिवडासँग काम गरेकी एक रङ्गकर्मीले घर छाड्ने बहानामा उनीमाथि खतिवडाले गरेको दुव्र्यवहारबारे खुलाएकी थिइन् । पोखरेलसँग काम गरेका केही रङ्गकर्मीले उनले गरेको दुव्र्यवहारबारे बोलेका थिए । 

राजन खतिवडाको विज्ञप्ति
‘क्षमा याचना’

करिब २ साताअघि शुक्रवार साप्ताहिककले रङ्गमञ्चमा यौन दुव्र्यवहारको विषयमा छापिएको लेखमा म पनि एक आरोपित थिएँ । मैले सम्बन्धित आरोपीलाई भेटेर मबाट गल्ती भएको पाइएमा म माफी माग्न तयार छु भनेको थिएँ ।

सोहीअनुसार मैले यस बीचमा सम्बन्धित महिलाकर्मी, अभियानकर्ता र आरोपी सबैलाई भेटे । ममाथि आएको आरोप करिब ७–८ वर्ष अघिको कुरा भएकाले, मेरो भनाइबमोजिम त्यो समयमा मसँग काम गर्ने सहकर्मीले मसँग प्रत्यक्ष भेटेर मबाट भएको व्यवहार र मेरो कारणले उहाँहरुमा परेको असर स्पष्ट रुपमा राख्नुभयो । 

उहाँहरुको प्रत्यक्ष बयान सुनेपछि त्यस समय मेरो नराम्रो मनसाय थिएन । त्यसो हुँदाहुँदै पनि मबाट उहाँहरुमा परेको असरप्रति मैले पीडित र अन्य आठ जना साक्षीबीच आत्मालोचना गर्दै क्षमा याचना गरेँ । 
उहाँहरुले मसँग प्रत्यक्ष भेटेर आफ्ना कुरा राखेर साक्षात्कार गरी मलाई सचेत हुने अवसर दिनु भएकोमा आभार व्यक्त गर्दछु । उहाँहरुको साहसको सम्मान गर्दछु । यसरी आत्मालोचना गर्ने अवसर दिनुभएकोमा धन्यवाद ।

पुरुष भएका कारण अनि शक्तिमा रहँदाको स्थितिमा आफूबाट भएको व्यवहार र अरुलाई असर परेको ख्याल नगरेकोमा खेद छ मलाई । महिलाहरुप्रति हुने यस्ता व्यवहारको निन्दा गर्दै आफूले यस्ता गल्ती नदोहो¥याउने अनि सबै महिलाहरुलाई सम्मान गर्ने वाचा गर्दै मेरो कारण दुःख परेकाहरुलाई शान्ति मिलोस् भन्ने कामना गर्दछु । आगामी दिनमा अरुलाई सचेत बनाउने अभियानको काममा पनि सहभागी बन्नेछु ।


राजकुमार पुडासैनीको प्रायश्चित पत्र
‘मैले गरेको व्यवहार उत्पीडक र पीडादायी थियो’
गत चैत २८ गते प्रकाशित शुक्रबार साप्ताहिकमा छापिएको रङ्गमञ्चमा यौन दुव्र्यवहार शीर्षकको लेखमा मेरा अनुचित आचरणबारे अनु दाहाल र अन्य महिलाले भनेका कुराबारे मेरो धारणा दिन चाहन्छु । 
त्यस सम्बन्धमा मैले उहाँहरुसँग मेरो आचरणको बारेमा कुराकानी गर्ने मौका पाएँ । त्यसका लागि म उहाँहरुप्रति कृतज्ञ छु । कुराकानी पश्चात्, मेरो व्यवहारले महिलालाई असुरक्षित महसुस गराएको तथा असहज अनुभव गराएको छ भन्ने बुझेँ । 

मेरो आचरणका लागि म भित्री मनदेखि क्षमाप्रार्थी छु । मैले आफ्नो पदको फाइदा उठाएर गर्न नहुने सीमा उल्लंघन गरेँ । मेरो व्यवहार धेरैका लागि मानसिक यातनाको कारण बनेको छ । त्यसका लागि म जिम्मेवारी लिन्छु ।

म अनु दाहालसँग क्षमायाचना गर्दछु । उनीसँग मैले गरेको व्यवहार उत्पीडक र पीडादायी थियो र उनको मानसिक यातनाको कारण बनेको थियो । अन्य सार्वजनिक र व्यावसायिक कार्यस्थलजस्तै रङ्गमञ्च पनि सबैका लागि समावेशी र सुरक्षित स्थान हुनु अनिवार्य छ । 

मेरै व्यक्तिगत व्यवहारका कारण ‘बुधबारेमा फ्लप मंगलबारेमा हिट’ नाटक खेल्दाको उनको अनुभव यातनाग्रस्त भएकोमा म अत्यन्तै लज्जित छु । 

त्यो लेखमा आ–आफ्ना कथा उजागर गर्ने अन्य महिलासँग पनि म आत्मैदेखि माफी माग्दछु । साथै मेरो आचरणले जो–जसलाई अप्ठेरो पारेको छ सबैसँग पनि माफी माग्छु ।

मैले शुक्रवार साप्ताहिकलाई दिएको प्रारम्भिक टिप्पणी प्रतिरक्षात्मक र त्रुटिपूर्ण थियो । त्यसका लागि पनि क्षमायाचना गर्दछु । मैले आफ्नो मन राम्ररी केलाएपछि र आफ्ना व्यवहार सम्झिएपछि समस्या ममा र मेरो आचरणमा नै छ भन्ने बुझेको छु । मेरो व्यवहार आफ्नो शक्ति र अरूले ममाथि राखेको विश्वासको दुरुपयोगको उदाहरण थियो भन्ने बुझेको छु । 

मैले अनिवार्य आफ्नो व्यवहार परिवर्तन गर्नै पर्छ । त्यसका लागि म केही समय रङ्गमञ्चमा आफ्नो सहभागिता बन्द गरेर मेरो आपत्तिजनक आचरणका समस्याहरू समाधान गर्न सकारात्मक उपायहरू खोज्नेछु । सम्पूर्ण विवेक र इमान्दारीसहित आफ्ना समस्या हल गर्ने प्रयत्न गर्नेछु र त्यसका लागि आवश्यक सहायता खोज्नेछु ।

साथै उत्पीडनबारे महिलाहरूले आफ्ना अनुभव सार्वजनिक गर्दा ती बयानलाई नकार्ने, अस्वीकार गर्न खोज्ने सबै व्यक्ति, संस्था तथा प्रयत्नको म घोर भत्र्सना गर्दछु । उक्त लेखमा मैले गरेको दुव्र्यवहारबारे उनीहरूले आफ्ना अनुभव सबैका सामु नल्याएका भए म आफ्नो पद र शक्तिको निरन्तर दुरुपयोग सम्बन्धित आफ्नै आचरणबारे सचेत हुनसक्ने थिइनँ । 

मेरोबारे आफ्ना अनुभव सार्वजनिक गर्दा थुप्रै महिलाले उल्टै अनेक प्रकारका दुव्र्यवहार भोग्नुप¥यो । त्यो सबैका लागि पनि म जिम्मेवारी लिन्छु । म अन्तर्मनदेखि नै मैले चोट पु¥याएका महिलासँग क्षमायाचना गर्छु ।
स्रोत ः राजकुमारको फेसबुक
 

Leave A Comment