पल–आँचल प्रेम चर्चा

शनिबार, १५ साउन २०७३, ०१ : २९ शुक्रवार , Kathmandu
पल–आँचल प्रेम चर्चा

म्युजिक भिडियोका चर्चित मोडल हुन्, पल शाह । उनी यतिबेला अभिनेत्री आँचल शर्माको प्रेममा रहेको चर्चा मनोरञ्जन वृत्तमा चलेको छ । पल र आँचल दुवै विकास आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नू ल ४’बाट ठूलो पर्दामा डेब्यू भएका हुन् । बुझिएअनुसार पल र आँचल ‘नाइँ नभन्नू ल ४’को छायांकनदेखि नै नजिक भएका थिए । उनीहरूको अफेयर त्यही बेलादेखि नै सुरु भएको स्रोत बताउँछ । स्रोतका अनुसार उनीहरू फुर्सद हुनासाथ भेट्ने गर्छन् । फिल्म पनि सँगै हेर्ने गर्छन् । हालै सलमान खानको फिल्म ‘सुल्तान’को ‘इभिनिङ शो’ पनि उनीहरूले काठमाडौँस्थित कुमारी हलमा सँगै हेरेका थिए । मुखमा मास्क लगाएर हल पुगेका पलले हलभित्र पनि मास्क खोलेनन् । तर, पलले आँचलसँगको प्रेमलाई स्वीकारेका छैनन् । उनले आफूहरू राम्रो साथी मात्र भएको बताइरहेका छन् । आँचलले भने यो विषयमा मुख खोलेकी छैनन् । 

Leave A Comment