स्वरोजगारका लागि सम्झौता

शुक्रबार, २७ बैशाख २०७६, ०४ : ३८ शुक्रवार
स्वरोजगारका लागि सम्झौता

राष्ट्रिय युवा परिषद्, एनएमबी बैंक लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालबीच वैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्ति लक्षित गरी नेपालको मौलिक पहिचान, कृषि, पर्यटन, वन, जडिबुटी, खनिज तथा जलश्रोत र विज्ञान–प्रविधिका क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने र युवा उद्यमशीलता प्रवद्र्घन गर्ने उद्देश्यका साथ त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यसअन्तर्गत तीनै पक्षहरुले आपसी सहकार्यमा नेपाल सरकार अर्थ मन्त्रालयको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ कार्यान्वयनमा सहयोग पु¥याउने र उद्यमशीलताका माध्यमबाट युवालाई उत्पादनसँग जोडी रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने योजना रहेको छ ।

Leave A Comment