‘ब्राण्डिङ सुनको सुगन्ध हो’

शुक्रबार, ०३ जेठ २०७६, ०६ : ३७ शुक्रवार
‘ब्राण्डिङ सुनको सुगन्ध हो’

पत्रकारिता हुँदै व्यापारिक घरानामा आफ्नो करिअर बनाइरहेकी पोखराकी विमला थापा एमभी दुगड ग्रुपकी पीआर हेड हुन् । थापा अहिले दुगड ग्रुपअन्तर्गत ब्राण्डिङ, मार्केटिङ, इभेन्ट मेनेजमेन्ट, मिडिया क्षेत्रको जिम्मवारी सम्हालिरहेकी छिन् । मिडियाबाट व्यावसायिक घरानामा आएकी थापासँग शुक्रवारका लागि गरिएको कुराकानी :

स्कुलले जीवनमा के बन्ने लक्ष्य थियो ?
वकालत वा उड्डयन क्षेत्रमा काम गर्ने इच्छा थियो ।  एअर होस्टेज बन्छु भन्ने आत्मविश्वास पनि थियो । तालिम पनि लिएँ । एक वर्षमा यती एयरलाइन्समा अवसर पाएँ । उडानको क्षेत्रमा परिवारले चिन्ता व्यक्त गर्नुभयो । त्यसपछि यो क्षेत्रमा आएको हुँ ।

कसरी व्यावसायिक ग्रुपमा आउनु भयो ?
पत्रकारिताको विद्यार्थी भएकाले मेरो क्षेत्र सञ्चार हो । अहिले पनि एमभी दुगड़ ग्रुपमा मिडिया नै हेरिरहेकी छु । एक दशकको मिडिया अनुभवकै कारण यो अवसर पाएँ । पोखरामा फ्रिलान्सरको रुपमा कार्यक्रम चलाउँथे  । ठूला इभेन्टमा मलाई नै आमन्त्रण गर्थे । एमसीमा कमाएको सफलताले यो स्थानमा आउने अवसर मिल्यो । एमभी दुगड गु्रपका उपाध्यक्ष विवेक दुगडको प्रेरणाले यो क्षेत्रमा प्रवेश गरेको हुँ । जुनसुकै काम गरे पनि व्यावसायिक रुपमा काम गर्नुपर्छ । कुनै पनि विषयमा राम्रो काम गरे अवसर पाउने सम्भावना हुन्छ ।

कर्पोरेट क्षेत्रको करिअरलाई कसरी लिनु भएको छ ? 
कर्पोरेट क्षेत्र कठिन विश्वविद्यालय हो, यसमा कडा अनुशासन हुन्छ । निर्धारित समयतालिकामा बसेर काम गर्नुपर्छ । यो मेरो जीवनको दोस्रो इनिङ हो । कर्पोरेट क्षेत्र मेरा लागि कोशेढुंगा सावित भएको छ । 

एमभी दुगड़ गु्रपले के–के सेवा दिँदै आएको छ ?
दुगड ग्रुपको एक सय ३७ वर्ष पुरानो इतिहास छ । बैंक, इन्स्योरेन्स, हाईड्रोपावर र अटोमोबाइल्समा संलग्नता छ । हाम्रो ग्रुपको अहिले सनराइज बंैक, गुराँस लाइफ इन्स्योरेन्स र सानिमा बैंकमा मुख्य सेयर छ । अहिले हाइड्रोपावर र अटो मोबाइल्समा केन्द्रित छौं । ४७ वर्षदेखि अटो क्षेत्रमा टेवा पु¥याउँदै आएको छ । हाइड्रोपावरमा आक्रामक लगानी भैरहेको छ । २९ मेगावाटको लिखु ए, ७७ मेगावाटको लिखु एक र ५१ मेगावाटको लिखु दुई गरी जम्मा एक ५७ मेगावाट विद्युतका परियोजना सञ्चालनमा छन् । अटोमा हामीसँग रोयल इन्फिल्ड, महिन्द्राका कमर्सियल गाडीहरु, महेन्द्रका कन्स्ट्रक्सन गाडी, कन्स्ट्रक्सन इक्युपमेन्टमा रिटगन र एमकेजी, ट्याक्टरमा जोनडियर ट्याक्टर, तीन पाङ्ग्रामा हामीसँग पियाजियो छ भने पछिल्लो समयमा युवा माझमा चर्चित प्रिमियम ब्राण्ड भेस्पा र अप्रिलिया स्कुटर दुगड ग्रुपले बिक्री गर्दै आएको छ ।

यहाँ आबद्ध गु्रपले बिक्री गर्दै आएका सामग्री किन प्रयोग गर्ने ?
यहाँको प्रश्नले मलाई मेरो बोस विवेक दुगडले भन्नु भएको एउटा वाक्य स्मरण भयो । ‘हामी सपना बेच्दैनाैँ’, यो वाक्यले सधैं घच्घचाइरहन्छ । झुटको व्यापार÷कारोबार कहिल्यै गर्नु हुँदैन । आफ्ना प्रोडक्ट बेच्न झुटो विज्ञापन कहिल्यै गर्दैनौं । मुलुकभर सेवा र सुविधायुक्त शाखा विस्तार गरेका छौं । हामीले बिक्री गर्ने सबै सेवा गुणस्तरीय र टिकाउ छन् । ब्रान्डेड कम्पनीका उत्पादन बिक्री गरिरहेका छन् । जुनमा प्रयोगकर्ताको कुनै कम्प्लेन छैन । हाम्रो सेवाप्रति सबै सन्तुष्ट छन् ।

व्यवसायमा ब्रान्डिङको के महत्व छ ?
ब्रान्डिङ भनेको कुनै पनि वस्तुको पहिचान अनि अस्तित्व हो । हामीलाई लाग्दैन कि रोयल इन्फिल्ड, महिन्द्रा, पिआजियो, भेस्पा÷अप्रिलिया जति पनि प्रोडक्टहरु छन्, त्यसलाई चिनाइ राख्नुपर्छ । ब्रान्डिङले त्यसको महत्व बुझाउँछ ।  ब्राण्डिङले सुनमा सुगन्ध थप्ने काम गर्छ । 

व्यावसायिक वातावरणलाई कसरी हेर्नुभएको छ ?
मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई पनि साझेदार बनाउनु पर्छ पछिल्लो समय निजी क्षेत्रले ठूलो लगानी गरेर विभिन्न योजनाहरु ल्याएको छ । अवसर दिए विकासका लागि टेवा पु¥याउन सक्छन् । सरकारले वातावरण सिर्जना गर्न सकेको छैन । बजारमा महँगी बढेको छ । एक जनाको कमाइले परिवार धान्न कठिन छ । व्यापार गर्न कठिन छ ।

यहाँको रुचि ?
ट्राभलिङ गर्न असाध्यै मनपर्छ । नयाँ ठाउँ घुम्नु, त्यहाँको लाइफ स्टाइललाई तस्बिरमा कैद गर्न, तस्बिरबाट कथा लेख्न मनपर्छ । ती कथालाई सोसल मिडियामा राख्ने गर्छु । रेडियोमा बोल्ने मेरो प्यासन हो । अहिले पनि काम गरिरहेको छु । 

सफलताका लागि के आवश्यक छ ?
हातको रेखामा भाग्य खोज्दै हुनुहुन्छ भने याद राख्नुस् । भाग्य तीनको पनि हुन्छ, जसको हात नै हुँदैन । सफलताको कुनै फर्मूला हुँदैन । मिहिनेतले सफलता मिल्छ । अहिलेका युवा धेरै अत्तालिएको देखिन्छ । जे कुराको पनि रिजल्ट तत्काल खोज्ने चलन छ । रुख रोप्नासाथ तुरुन्त फलको आस गरेर हुन्छ त ? धैर्यता लिनुपर्छ । 


 

Leave A Comment