फिल्म मेकर भामलाई ६० हजार डलरको सरफन्ड

बुधबार, ०८ जेठ २०७६, ०८ : १५ शुक्रवार
फिल्म मेकर भामलाई ६० हजार डलरको सरफन्ड

नेपाली फिल्म मेकर मीन बहादुर भामको नयाँ फिल्मले नर्वेको सरफन्ड जितेको छ । फ्रान्सको पेरिसमा भइरहेको कान्स फिल्म फेस्टिभलमा विश्वभरका फिल्ममेकर्सले निवेदन दिएका ५२ वटा फिल्मी परियोजनालाई पछाडि पर्दै भामको द इयर अफ कोल्ड (चिसो वर्ष)ले नर्वेजियन सरफन्ड जितेका हुन् । 
अब उनले ६० हजार अमेरिकी डलर पाउने छन् । 

यसैगरी अफगानिस्तानको द पोस्टम्यान, चीनको द स्ट्रेन्जर, इजिप्टको एज आई वान्ट, दक्षिण अफ्रिकाको हाउ टु स्टिल अ कन्ट्रीले पनि सरफन्ड जितेका छन् । यसअघि सो फिल्मले चलचित्रको स्क्रिप्टका लागि १ सय १४ वटा आवेदनलाई पछि पार्दै एसियन सिनेमा फन्ड जितेको थियो । सो सहयोग राशि १० हजार अमेरिकी डलरको थियो । 

भामले यसअघि कालो पोथी फिल्म निर्माण गरेका थिए ।
 

Leave A Comment