‘जे पे गर्दा पनि आइएमई पे’

सोमबार, १३ जेठ २०७६, ०८ : ०१ शुक्रवार
‘जे पे गर्दा पनि आइएमई पे’

मोबाइलबाट नै विभिन्न बिलको भुक्तानी गर्न सकिने मोबाइल वालेट एप आइएमइ पेले ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम ल्याएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त मोबाइल वालेट एप ‘आइएमई पे’ लाई आफ्नो फोनमा डाउनलोड गरी प्रमाणीकरण गरिएपछि बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइलको रिचार्ज, टिभीको रिचार्ज, हवाई जहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकारको टिकट, सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि लिएर रेस्टुरेन्टहरू तथा अन्य पसल तथा स्टोरहरूमा पनि रकम भुक्तान गर्न  सकिने कम्पनिले जानकारी दिएको छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाका अनुसार आइएमई पे को प्रमुख लक्ष्य मोबाइलबाट गरिने भुक्तानीलाई सजिलो बनाउनु हो । हाल आइएमई पे बाट गरिने भुक्तानीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको कम्पनीको दाबी छ । 
 

Leave A Comment