केएमसीको आवासीय गोष्ठी

आइतबार, १९ जेठ २०७६, ०६ : २४ शुक्रवार
केएमसीको आवासीय गोष्ठी

अमेरिकास्थित स्टोनी ब्रुक विश्वविद्यालयसँगको सहकार्यमा काठमाडौं मोडेल कलेजले प्राज्ञिक उन्नयनका लागि दुईदिने आवासीय गोष्ठीको आयोजना गरेको छ । 

कार्यशालाकी प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले नेपालको शैक्षिक गुणस्तर वृद्धिमा काठमाडौं मोडेल कलेजले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी थिइन् । 

कार्यक्रममा ब्रुक विश्वविद्यालयका सह प्राध्यापक डा. श्याम शर्माले आफ्नो विश्वविद्यालय र केएमसीका शिक्षक शिक्षिकाहरुका बीचमा सहकार्यात्मक सम्बन्धमा जोड दिने बताए । मोर्गन स्टेट विश्वविद्यालयका सह प्राध्यापक डा. सिन्थिया डेबिटसनले प्राज्ञिक उन्नयनका लागि सूचना प्रविधिको प्रयोगमा जोड दिनुपर्ने र यसका लागि सहकार्य गर्न आफू तयार रहेको बताइन् ।

केएमसी एजुकेसनल नेटवर्कका प्रबन्ध निर्देशक रामेश्वर अर्यालले गुणस्तरीय शिक्षाका माध्यमबाट प्राज्ञिक श्रेष्ठता हासिल गर्ने केएमसीको लक्ष्य रहेको बताए । कार्यक्रममा कलेजका प्राचार्य सुरेन्द्र सुवेदीले कलेजको आगामी कार्ययोजना र शैक्षिक गन्तव्यबारे जानकारी दिएका थिए । 
 

Leave A Comment