दुई राजेशको मित्रता गीतमा

आइतबार, १६ साउन २०७३, ११ : ५४ शुक्रवार , Kathmandu
दुई राजेशको मित्रता गीतमा

धेरैलाई थाहा होला– अभिनेता राजेश हमाल र गायक राजेशपायल निकै मिल्छन् । नाम एकै भएकाले उनीहरू एकअर्कालाई ‘मित’ भनेर सम्बोधन गर्छन् । ‘दर्शन नमस्ते–३’ एल्बमको तयारीमा रहेका राजेशपायलले आफ्नो एक गीतमा हमालको स्वर समावेश गरेका छन् । गीतकार रत्न शम्शेर थापाले लेखेको मुक्तकलाई राजेशपायलले गाएका छन् । जसमा हमालको वाचन पनि समावेश गरिएको हो । मंगलवार बिहान राजधानीस्थित प्रज्ञा रेकर्डिङ स्टुडियोमा आफ्नो आवाज रेकर्ड गराए । रेकर्डिङका बेला गीतकार थापासहित संगीतकार हरि लम्साल, एरेन्जर किरण कँडेलसमेत सहभागी थिए । ‘गीत ५५ वर्षअघि पत्रिकामा प्रकाशित भएको रहेछ,’ हमालले भने, ‘उमेरले मभन्दा जेठो गीत वाचन गर्न पाउँदा खुशी छु । राजेशपायलसँगको मेरो दोस्तीको प्रमाण पनि हो यो सहयात्रा ।’ भिडियो तयार भएपछि गीत सार्वजनिक गरिने राजेशपायलले बताए । 

Leave A Comment