फिजियोथेरापीका पक्षहरू

आइतबार, १६ साउन २०७३, १२ : १९ विवेक घिमिरे ‘विशद’ , Kathmandu
फिजियोथेरापीका पक्षहरू

फिजियोथेरापी हेल्थ केयर प्रोफेसन हो । प्राथमिक तहमा अपांगता, शारीरिक हानि (इम्पेरमेन्ट) सँग सम्बन्धित व्यक्तिहरूलाई निदान, परीक्षण  र मूल्यांकनका माध्यमबाट गतिशील बनाई कार्यात्मक क्षमता बढाउन सक्नु यस विधिको उद्देश्य हो । बिरामीलाई यथोचित विधिबाट गुणस्तरीय जीवनमा उतार्नु यस उपचार विधिको दायित्व हो । यस विधिको विशेषता विविध छन् । कुन अवस्थाबाट पीडित व्यक्ति हो र उसको हालको अवस्था कस्तो छ, त्यसको राम्ररी पहिचान गरेर मात्र उपचारको उपाय अपनाउनुपर्ने हुन्छ । अन्यथा प्रतिकूल प्रभाव पर्न पनि सक्ने हुँदा थेरापिस्टले यसमा निकै विचार पु¥याउनुपर्ने हुन्छ । अशक्तलाई सशक्त पार्न अभ्यस्त अभ्यासको आवश्यक पर्दछ फिजियोथेरापीमा ।

बिरामी व्यवस्थापन  
फिजियोथेरापी चिकित्सा विधि सामान्यगत रूपमा नभई व्यक्तिगत रूपमा फरकफरक हुन्छन् । कुनै पनि रोगका लक्षण व्यक्तिअनुसार फरक हुने भएकाले नै व्यक्तिगत रूपमा मूल्यांकन, परीक्षण तथा निदान गरेर मात्रै उपचार पद्धतिको विधि रोज्नुपर्ने हुन्छ । एउटै प्रकृतिको रोग भए पनि सबैलाई एउटै तरिकाले अभ्यास गराउन नमिल्ने पनि हुन्छ । कुनै पनि उपचार बिरामीको अवस्था नहेरी गर्नाले प्रतिकूल प्रभाव पर्ने हुँदा यसमा थेरापिस्टको दक्षता र कार्यकुशलताको जरुरी पर्दछ । शारीरिक शक्ति बढाउनु, शारीरिक समन्वयको विकास गर्नु, गतिशीलताको प्रवद्र्धन गराउनु, क्रियाशील क्षमताको विकास गराउनु फिजियोथेरापिस्टहरूको दायित्व हो । कुनै पनि रोगको उपचारमा एक विधाका स्वास्थ्य व्यवसायीमात्र संलग्न भई उपचार निर्धारण गर्नुभन्दा विभिन्न पक्षका स्वास्थ्य व्यवसायी बीचको सहकार्यबाट निर्धारण गरिएको उपचार विधि सार्थक र प्रभावकारी हुने गरेको छ । एउटा रोगको उपचार गर्दा अर्को रोगमा आघात पार्न नपाओस् भन्ने हेतुले यसो गरिन्छ ।
कस्ता रोगका लागि फिजियोथेरापी सेवा ?
#    मांसपेशी एवं हड्डीका विभिन्न रोगका लागि
#    विभिन्न पेशाका कारण हुने चोटपटक
#    खेलकुदमा हुने चोटपटक, जस्तैः लिगामेन्ट इन्जुरीहरू ।
#    रोग र उमेरका कारणले हिँडडुल गर्न समेत नसक्नेहरू ।
#    डिजेनेरेटिभ डिसअर्डर्स, जस्तैः आर्थराइटिसका रोगीहरू,
पार्किन्सन्स डिजिज, स्ट्रोक, मल्टिपल स्क्लेरोसिस, मेरुदण्डको चोट भएका
#    मुटु तथा फोक्सोका रोग, जस्तैः आस्थमा, हार्ट फेलियर
#     महिला स्वास्थ्यसम्बन्धी विभिन्न समस्या
#    डायबिटिज, उच्च रक्तचाप, ओस्टियोपोरोसिस, ढाड दुखाइ आदिका रोगीहरू
#    मानसिक स्वास्थ्यसँग सम्बन्धित शारीरिक असक्षमता भएकाहरू
#    नवजात शिशुमा देखिएका मस्तिष्क पक्षघात, डाउन्स सिन्ड्रोम, शारीरिक विकासमा आएको सुस्तता आदिमा फिजियोथेरापी उपचार अपरिहार्य हुन्छ ।

फिजियोथेरापी चिकित्साको कार्यक्षेत्र अस्पतालमा मात्र सीमित नभएर अन्य क्षेत्रमा पनि उत्तिकै आवश्यक छ । विशेष गरी यसको कार्यक्षेत्र हस्पिटल, इन्डस्ट्री तथा समाज जहाँ जुन अवस्थामा पनि हुनसक्छ । इन्डस्ट्रीमा फिजियोथेरापी अभ्यास विकसित राष्ट्रहरूमा मात्र देखिएको छ । विकासोन्मुख राष्ट्रहरूमा यसको महŒवको जनचेतना आवश्यक छ । आजको विश्वव्यापीकरणको युगमा थेरापी विधिलाई विश्वका प्रायः सबै मुलुकले अपनाउँदै आएको अभ्यास विधि भएकाले हाम्रो समाजका हरेक क्षेत्र र गाउँमा यसको प्रचार र प्रयोग पु¥याउनु आवश्यक देखिन्छ ।

 

Leave A Comment