सामाजिक संवादको माध्यमबाट श्रम कानूनको सुधार : ढकाल

बिहिबार, ३० जेठ २०७६, ०४ : ४१ शुक्रवार
सामाजिक संवादको माध्यमबाट श्रम कानूनको सुधार : ढकाल

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वीजरल्याण्डको जेनेभामा सम्बोधन गर्दै प्रविधिको विकास, जलवायू परिवर्तन तथा भुमण्डलीकरणले आर्थिक रूपान्तरण तथा श्रम बजारमा भइरहेको परिवर्तनबाट आउने चुनौतिको सामना गर्न मानव संसाधनको विकासमा जोड दिनुपर्ने बताए । 

श्रम सम्मेलनको सो अधिवेशनबाट कामको भविष्य विषयमा पारित हुने शतवार्षिकी घोषणा कामको भविष्य सम्बन्धि चुनौतीको सामना गर्न कोशेढुङ्गा सावित हुने उनले बताए । 

उनले नेपालको निजी क्षेत्रले संवाद र सहकार्यको माध्यमबाट दीगो र समावेशी आर्थिक विकासको प्रवद्र्धन गरी बढीभन्दा बढी सम्मानजनक रोजगारी सिर्जना गर्न सकिने बताउँदै सामाजिक संवादको माध्यमबाट श्रम कानूनको सुधार र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न सफल भएको बताए । 

कामको भविष्य, व्यवसायको भविष्यस“ग गासिएको उल्लेख गर्दै उनले बस्तु तथ्यलाई ध्यानमा राखी व्यवसायिक नीति नियममा गरिने सुधार महत्वपूर्ण हुने बताए । 
सम्मेलनमा सरकार, रोजगारदाता र ट्रेड यूनियनको सहभागिता रहेको छ । 

Leave A Comment